ट्रेंडिंग:

>> स्थानीय तथा पश्चिमी वायुको प्रभाव : कहाँ-कहाँ छ वर्षाको सम्भावना ? >> शिक्षकका माग सम्बोधन गर्न शिक्षा मन्त्रालयले ७ बुँदे प्रस्ताव मन्त्रिपरिषद् लैजाँदै, आन्दोलन टुंगिने सम्भावना >> बालविवाह न्युनीकरणका लागि बरघरलाई अभिमुखीकरण >> वन्यजन्तु सप्ताहमा संरक्षणकर्मीलाई सम्मान >> घरेलु टोली बाँकेलाई हराउँदै रौतहट लुम्बिनी कपको सेमिफाइनलमा >> बालबिबाह न्यूनीकरणमा महत्वपूर्ण भूमिका खेल्न सरकारलाई आग्रह >> वालिङमा बौद्धिक विमर्श, राजनीतिक मतभेदले विकास रोकिएको निष्कर्ष >> सामाजिक संजालमा हातहतियार प्रदर्शन गरी त्रास फैलाउने पक्राउ >> उपाधिका लागि देवदह र आयोजक वेष्ट्रन भिड्ने >> मणिमुकुन्द भलिवल कप : गुजराँत एकेडेमी र गल्कोट भलिवल क्लब बिजयी >> जितगढी उत्सव: ऐतिहासिक किल्लालाई विश्व सम्पदा सूचीमा सूचीकृत माग >> सिंहदरबारभित्रै प्रदर्शन गरेका राजेन्द्र लिङ्देनसहितका नेताहरू रिहा >> अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै >> नेपाल प्रहरीमा १० डीआईजीको बढुवाकाे दौड सुरु, तीन समूहबीच प्रतिस्पर्धा >> महिला एकदिवसीय क्रिकेट विश्वकपमा पाकिस्तान टोली भारत नजाने >> रवि लामिछानेकाे तर्फबाट सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको निवेदन >> कमजोर बैंकिङ प्रतिवेदनले सेयर बजार ओरालो, नेप्से १६.६८ अंकले घट्यो >> शिक्षक आन्दोलनको प्रभाव, कर्णालीका विद्यालयहरु सुनसान >> गणतन्त्रमाथि कुनै खतरा छैन : प्रचण्ड >> लिङ्देन र ज्ञानेन्द्र शाही सिंहदरबारबाट पक्राउ >> एमालेले वैशाख ११ लोकतन्त्र दिवसको अवसरमा युवा भेला विशेष हुने >> जितगढी विजय उत्सव (लाइभ) >> ज्ञानेन्द्र शाही सिंहदरबारमै ‘नजरबन्द’, आन्दोलनमा जान पाएनन् >> संबैधानिक निकायका ५२ नियुक्तिमाथि सर्वोच्च अदालतमा सुनवाइ जारी >> सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर) >> माइतीघर देखि बानेश्वरसम्म तीन समुहको प्रदर्शन जारी >> शिक्षा ऐन नआएसम्म आन्दोलन नरोकिने भन्दै शिक्षक महासंघले आइतबार पनि काठमार्डौंमा प्रदर्शन >> वाणिज्य बैंकहरूको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, नाफामा थोरै उकालो >> बदाम तेल एक, फाइदा अनेक >> भट्टको मुद्दा न्यायधिस फुयाँल र पाण्डेको इजालसमा >> शुक्रबारकै भाउमा सुनचाँदीको मुल्य >> रौतहटमा ५४९ सवारी दुर्घटना ३८ को मृत्यु,९०० बढी घाईते >> कोहलपुरमा फेन्सी पसलमा आगलागी >> अमेरिका भर ट्रम्प बिरूद्द हजारौंको प्रदर्शन >> गौतमबुद्ध विमानस्थलमा नियमित सञ्चालनका लागि पहल गरिरहेका छौं : मुख्यमन्त्री आचार्य >> राप्रपाका सिमित नेताले मात्रै निषेधित क्षेत्र तोड्ने >> तिलोत्तमामा १५ दिने नेपाल भाषा प्रशिक्षण सम्पन्न >> ‘आदिवासी जनजातिको माग मुद्दा सम्बोधन गर्न आवश्यक’ >> नेपाली सेनाको पदयात्रा तानसेनमा >> परियोजनाको उपलब्धि परीक्षणमा केन्द्रीय टोली दाङमा >> कंगोमा डुंगामा आगलागी हुदाँ मृत्यु हुनेको संख्या १४८ नाघ्यो >> जितगढीको ऐतिहासिकता >> नेपालीमाथि हुने दुव्र्यवहारका घटना रोक >> जितगढी किल्लामा ‘विजय उत्सव’ >> जितगढी के हो के भयो, के हुनुपर्छ ? >> आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना >> राप्रपालाई गृह मन्त्रालयको चेतावनी– निषेधित क्षेत्र तोडे कारबाही हुन्छ >> सिलगुरी एफसीविरुद्ध सहज जित निकाल्दै पुलिस सेमिफाइनलमा >> माछा पालक किसान र दाना उत्पादक कम्पनी विच अन्तरक्रिया >> अर्थमन्त्री पौडेल हस्तक्षेपकारी बजेटको पक्षमा : रकम कटौती हुने भएपछि धेरैजसो मन्त्रालय असन्तुष्ट

सुरु भयो नेपालकै ठूलो अटो शो : विद्युतीय सवारी साधनमा आकर्षण

११ भाद्र २०८१, मंगलवार
११ भाद्र २०८१, मंगलवार

काठमाण्डौं, ११ भदौ ।

नेपालकै ठुलो नाडा अटो शो २०२४ सुरू भएको छ । काठमाडौंको भृकुटीमण्डपमा मंगलबार उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्घाटन गरेसँगै नाडा अटो शो सुरू भएको हो

उद्घाटन कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले सरकारले सवारीसाधन बेच्ने मात्र नभएर अब उत्पादनतर्फ लाग्नु पर्ने समय आएको बताए । ट्रेडिङबाट उत्पादन उन्मुख हुनु नेपालको अटोमोबाइलका लागि सुखद् भएकोे बताउँदै मन्त्री पौडेलले अटो मोबाइल्सको क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने बताए । मन्त्री पौडेलले भने, ‘अटो क्षेत्रका लागि नीतिगत सुधारसहित अघि बढने अहिलेको सरकारको योजना छ । ‘अब सवारीसाधन बेच्ने मात्र होइन, अब अटो उत्पादनतर्फ लाग्नुपर्छ, राज्यले यसमा साथ दिन्छ’– उनले भने । मन्त्री पौडेलले विद्युतीय सवारी (ईभी) को साधनको हकमा सरकारले चाँडै नै उचित नीति लिने पनि बताए ।

यस्तै नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालका अध्यक्ष करण चौधरीले अटोमोबाइल क्षेत्रलाई सरकारले प्राथमिकता दिनुपर्ने बताए । उनले भने, ‘अटोमोबाइल क्षेत्रलाई नीतिगत स्थिरता र दीर्घकालीन योजना आवश्यक छ। हाइब्रिड र इभी सवारीसाधनहरूको प्रवर्द्धनका लागि सरकारको स्थिर नीति अपरिहार्य छ ।’ उनले नाडामा सवारीसाधन खरिद वा बुकिङका लागि मात्र नभइ यसबारे रूचि राख्ने सबैले भ्रमण गरी बजारको पछिल्लो ट्रेन्डबारे समेत जानकारी लिन सक्ने बताए । नाडा अटो शो मा सवारीसाधन तथा तिनको पाटपूर्जा प्रदर्शनी, तिनका विशेषताहरूदेखि फाइनान्सिङको प्रबन्धबारे जानकारी र बुकिङ समेत गर्न सकिने अध्यक्ष चौधरीले जानकारी गराए ।

नाडा अटोमोबाइल्स एशोसियसन अफ नेपालको आयोजनामा हरेक वर्ष सवारीसाधनको प्रदर्शनी नाडा अटो शो हुँदै आएको छ। मंगलबारदेखि सुरू भएको अटो शो २०२४ भदौ १६ आइतबारसम्म चल्ने छ। ६ दिनसम्म चल्ने अटो शोमा यसपटक विद्युतीय सवारीसाधन लक्षित छन् । नजिकिदोँ चाडपर्व समेतलाई लक्षित गरी नेपालका सवारीसाधन बिक्रेताहरूले शुरु गरेको नाडा अटो शो को यो १६औं श्रृंखला हो । विगतका शोहरूमा जस्तै यस वर्ष पनि नाडा अटो शोमा विभिन्न ब्राण्डका दुई पाङ्ग्रे तथा चार पाङ्ग्रे गाडीसँगै विभिन्न अटोमोबाइल कम्पोनेन्ट, टायर, ट्युव, लुब्रिकेन्ट तथा एसोसरिजका स्टलहरू रहने आयोजकले जनाएको छ । प्रदर्शनीमा २४ चार पाङ्ग्रे, १९ दुई पाङग्रे र १२ हल्का व्यावसायिक सवारी साधनका ब्राण्डहरू प्रदर्शन गरिने छन् । अटो शोमा नबिल बैंक, ग्लोबल आइएमई बैंक, हिमालयन बैंक, लक्ष्मी सनराइज बैंक, महालक्ष्मी विकास बैंक, सानिमा बैंक र माछापुच्छ्रे बैंकले सहभागी जनाउँदै छन् । यी बैंकहरूले आकर्षक स्किमसहित अटो शोमा सवारी खरिद गर्ने ग्राहकहरूलाई सहज फाइनान्सिङको सुविधा प्रदान गर्नेछन् ।

टाटा ईभी मुख्य प्रायोजक र शिखर इन्स्योरेन्स र सर्बो लुब्रिकेन्ट सहप्रायोजक रहेको नाडा अटो शोमा साना ठुला गरि १ सय ३० वटा स्टल रहने छन् भने ९५ वटा अटोमोबाइल ब्रान्ड तथा अटो कम्पोनेन्ट कम्पनीहरूको सहभागिता रहने आयोजक नाडाले जनाएको छ । अटो शो अवधिभर करिब ७५ हजार अवलोकनकर्ता आउने अपेक्षा आयोजकले गरेका छन् । नेपालको अटोमोबाइल क्षेत्रलाई प्रभावित गरेको हालको आर्थिक मन्दीलाई, नाडा अटो शोले उद्योगलाई पुनर्जीवित गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा ब्यवसायीहरुले गरेका छन् ।

विद्युतीय सवारी साधनमा आकर्षण

यसवर्ष पनि नाडाले विद्युतीय सवारी साधानमा जोड दिएको छ । यस वर्षको ‘नाडा अटो शो’ मा करिब २ दर्जन नयाँ विद्युतीय सवारी मोडल प्रदर्शनीका लागि राखिएको आयोजकले जनाएको छ । यस वर्ष पनि विद्युतीय र हाइब्रिड सवारीसाधनहरूको प्रदर्शन विशेष आकर्षणको रूपमा रहेको छ।प्रायः सबै ब्रान्डका सवारीसाधनहरूले विद्युतीय सवारीसाधन नेपाली बजारमा ल्याएका छन् । यस वर्षको नाडा अटो शोमा बिवाईडीको एम–सिक्स, टाटा पन्च ईभी, डिपल एल जेरो सेभेन, हुन्डाईको क्रेटा फेस लिफ्ट अवतार ११ प्रदर्शनीमा राख्न लागिएको छ । भिनफाष्टको भीएफ फाईभ, केई, जिकर, लुमिनलगायतका ब्राण्डहरु नाडा अटो शोमा प्रदर्शनीमा राखिने भएको छ । गत वर्षको नाडा आटो शोमा पनि विद्युतीय सवारीले वर्चस्व राखेको थियो ।
निजी सवारीसाधनमात्र होइन सार्वजनिक सवारीसाधनमा समेत इभीको प्रयोग बढ्दै गएको छ । स्वच्छ ऊर्जामा आधारित भएकाले इभीप्रति नेपाली उपभोक्तामाझ आकर्षण त बढेको हो । तर, नेपालको पहाडी भूभागमा उकालोका सडक तथा चार्जिङ स्टेशनको पर्याप्तताको अभाव, सहरी क्षेत्रकै समेत ड्रेनेजको समस्याले इभी साँच्चिकै किफायती र लागत प्रभावी हो कि होइन भन्ने प्रयोगका आधारमा प्रमाणित हुन बाँकी नै छ ।

गत आर्थिक बर्षमा ९५ करोडको विद्युतीय सवारी साधन आयात

भन्सार विभागको तथ्यांक अनुसार नेपालले गत आर्थिक वर्षमा अर्थात २०८० साउनदेखि २०८१ असार मसान्तसम्म तीन अर्ब ९५ करोड रुपैँया बराबरका विद्युतीय सवारी साधन आयात गरेको छ ।

यसमध्ये ३ करोड ६६ लाख रुपैयाँ मूल्यका ११ विद्युतीय बस आयात भएका छन् भने १ अर्ब २१ करोड रुपैयाँ मूल्यका तीन सय ३६ मिनीबस आयात भएका छन् । यसका अतिरिक्त १ अर्ब ६६ करोडका पाँच सय ३७ माइक्रो बस र १ अर्ब तीन करोड रुपैँया मूल्यका चार सय ४६ ओटा जीप, कार तथा भ्यान आयात भएका छन् ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%