ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

नेपाली चाडपर्वका मिथकहरु

हामीले सबै जातजातिका चाडपर्व, रीतिरिवाजलाई सम्मान गर्न सिक्नुपर्दछ तर एउटा कुरा भने खट्किदो छ । हामीले हाम्रो देशमा विदेशी चाडपर्व वा उत्सवहरूलाई नाङ्गो तरिकाले भित्राउन थालेका पनि छौं । यदि हामीले यसरीे हाम्रो देशमा विदेशी चाडपर्वलाई नाङ्गो तरिकाले भित्राउन थाल्यौं भने हाम्रो मौलिक संस्कृति प्रद्ुषित हुन सक्दछ ।
६ कार्तिक २०७९, आइतबार
६ कार्तिक २०७९, आइतबार

दिल साहनी
संसारमा कुनै यस्तो जात जाति वा समुदाय छैन जसको कुनै चाडपर्व नहोस् । चाडपर्व मानिसको जीवनको अभिन्न अंग हो । चाडपर्वले मानिसमा हर्ष उल्लास पैदा गर्दछ र उनीहरूमा सामूहिक जीवनको आभास गराउँछ । कुनै चाडपर्व कहिलेदेखि र के कारणले प्रारम्भ भए त्यसको जरो पत्ता लगाउन कठिन छ । त्यसको इतिहास पत्ता लगाउन कठिन छ । भएपनि मान्छेहरूका धेरै चाडपर्वको पृष्ठभूमि धार्मिक नै हुन्छ । यही भएर एकपल्ट उतिबेलाको पेकिङ रिभ्युमा एउटा लेख छापिएको थियो । जसमा भनिएको थियो– चीनका हरेक चाडपर्वको पृष्ठभूमि धार्मिक रहेको हुन्छ । जुनसुकै चाडपर्वलाई जनताले धर्मसित जोडेर मनाइरहेका हुन्छन् । यस्ता धार्मिक पृष्ठभूमि बताएर मनाइने चाडपर्वले बैज्ञानिक वा भौतिकवादी चिन्तनलाई कमजोर पार्न खोज्दछन् । कमजोर पार्न सक्दछन् । मान्छेलाई अन्धविश्वासी बनाउँछन् । चीनमा मनाइने चाडपर्वले अन्धविश्वासलाई बढावा दिने काम गरिरहेका छन् । तैपनि हामी जनतालाई चाडपर्व नमनाऊ भन्न सक्दैनौ । चाडपर्वको परम्परालाई उन्मूलन गर्न सक्दैनौं । यसैले हामीले हरेक चाड पर्वलाई धर्मसित जोड्ने कुरालाई क्रमशः हटाउँदै र घटाउँदै लैजानु पर्दछ । त्यसको सामाजिक पक्षमा मात्र जोड दिनुपर्दछ । सामाजिक पक्षलाई मात्र महत्व दिनुपर्दछ ।

नेपालमा भौतिकवादी वा बैज्ञानिक बिचारमा विश्वास गर्ने माक्र्सवादी चिन्तककापनि यस्तै कुरा हुन सक्दछन् । नेपालका माक्र्सवादीहरू धार्मिक पृष्ठभूमि भएका चाडपर्व मनाउने कुरामा जनतालाई रोक्न सक्दैनन् । उनीहरू जनतालाई चाडपर्वमा सहभागी नहुनु भन्न सक्दैनन् । फेरि पनि उनीहरूलाई अन्धविश्वासी विचार र भावनाबाट क्रमिकरुपमा मुक्त गराउन भने सक्दछन् र मुक्त गराउन पनि आवश्यक हुन्छ ।
नेपालमा मनाइने तीज, दशै, तिहार र होली सबैभन्दा ठूला चाडपर्वमध्ये हुन् । यी सबै चाडपर्वलाई धर्मसित जोडिएको छ । धार्मिक कथा वा पुराणसित जोडिएको छ । उदाहरणको लागि तीजलाई शिव पार्वतीसित जोडिएको छ । दशैंलाई महिषासुर राक्षसको बध वा रावणको बधसित जोडिएको छ । तिहारलाई राम सीता र लक्ष्मणको १४ बर्षको बनवास पछि घरमा फर्केको दिनको सम्झनामा दीप जलाएर मनाइएको कथासित जोडिएको छ । होलीलाई होलिका दहनसित जोडिएको छ । यी सबै मिथक हुन् । मिथक इतिहास होइन । पुरै काल्पनिक कुरा हुन् । लेखक र कविको कल्पनाका उपज हुन् । माक्र्सवादी चिन्तक यही कुरा भन्दछन् । द्वन्द्वात्मक भौतिकवाद यही कुरा भन्दछ ।

तीज, दुर्गा पूजा, दीपावली तथा होली आदिलाई हिन्दुहरूको चाडपर्व मानिन्छ तर सबै हिन्दुहरूले एकै प्रकारले यी चाड पर्व मनाउँदैनन् । वास्वतमा भारतमा दुर्गा पुजालाई बंगाली र नेपालीको चाड भनिन्छ । तर फरक के छ भने बंगालीले नेपालीले जस्तैे मौलो स्थापना गरेर बलि दिएर दशैं मनाउँदैनन् । मौलो स्थापना गरेर बलिदिनु नेपालीको मौलिक परम्परा हो । दशैमा बंगालीहरूले नेपालीहरूले जस्तै ठूला बडाका हातबाट टिका लगाउँदैनन् । आसामी मारवाडीले पनि दुर्गा पुजा मान्दछन् । तर उनीहरू बंगाली र नेपालीे जस्तै धुमधामसित मनाउँदैनन् । बंगालीले दीपावली मनाउँछन् तर उनीहरूले राजस्थानीले जस्तै धुमधामसित मनाउँदैनन् । तीज राजस्थानीले पनि मनाउँछन् तर नेपालीले जस्तै मनाउँदैनन् । नेपालीले भने सबै चाडपर्व यहाँसम्मकि अरुका चाडपर्व पनि धुमधामसित मनाउने गर्दछन् ।

हिन्दुहरूमा पनि भारतीय हिन्दु्हरू र नेपाली हिन्दुहरूका चाडपर्वमा आकास पातालको फरक पाइन्छ । नेपालीहरूले तीज आउनृुभन्दा लगभग एक महिना अगाडिबाट नाँच्दै गाउँदै र यहाँसम्मकि दर खाँदै मनाउँदै गरेका हुन्छन् र तीज गएको लगभग एक महिनासम्म तीज मनाउँदै गइरहेका छन् । पहिले त होइन अहिले तीज नेपालीहरूको सबैभन्दा लामो चाडपर्व हुन पुगेको छ । दशैं त त्यसै पनि दशदिनसम्म अझ पन्द्रदिनसम्म मनाइने गरिन्छ । भैलो खेलले गर्दा तिहार पनि लम्बिदै गएको छ । होलीपनि लम्बिने खतरा बढको छ ।

हामीले हाम्रा चाडपर्वलाई सामाजिक परम्परा, मूल्य र मान्यताको आधारमा मनाउनृु ठीक हुन्छ । जस्तै तीजलाई विवाह गरेर टाढा गएका दिदीबहिनी चेली बेटीलाई माईत बोलाएर खुलाउने पिलाउने र नाचगान गरेर मनोरञ्जन लिने दिने तथा दुःख सुखका कुरा गर्ने चाडपर्वको रुपमा मनाउने । दशैंलाई आफू भन्दा ठूलालाई भेट्ने, उनको हातमा टिका लगाउने र आर्शीवाद (शुभकामना) लिने । यसले हामीलाई आफूभन्दा ठूलालाई सम्मान गर्ने कुरा सिकाउँछ । साथै दशैलाई हामी टाढिएका परिवारलाई नजिक ल्याउने चाडपर्वको रुपमापनि लिन सक्दछौं । भेटघाट गर्ने अवसरको रुपमापनि लिन सक्दछौं । तिहारलाई हामी दिदीबहिनीको हातको टिका लगाउने र उनीहरूलाई सम्झिने र सम्मान गर्ने चाडपर्वको रुपमापनि लिन सक्दछौं । यस चाडपर्वले पनि हाम्रो सामाजिक जीवनलाई जीवन्त पार्दछ । होली बसन्तऋुतुमा पर्दछ । बसन्त ऋतु बर्षभरिको सबभन्दा रमाइलो समय हो । यस्तो अवस्थामा रमणीय बसन्तऋतुलाई रंगको चाडपर्वको रुपमा मनाउनु उचित हुने देखिन्छ । यसरी हेर्दा हामी हाम्रा चाडपर्वलाई हाम्रो सामाजिक जीवनसित जोडेर पनि मनाउन सक्दछौं भन्न सकिन्छ । यसको सामाजिक महत्व छ भन्न सकिन्छ ।

आजभोलि केही मगर समुदायमा मुख्यतः दशैंं क्षेत्री बाहुनले गोर्खाको खडका मगर राजालाई मारेर विजयप्राप्त गरेको उपलक्ष्यमा रातो अछेता लगाएर मनाउने चाड पर्व हो, यसैले यस चाडपर्वलाई मनाउन हुृन्न भन्ने कुरा गरेको पनि चाल पाइन्छ । केही मगरले दशै मनाउन छोडेको पनि देखिन्छ । मलाई जस्तै हिन्दु बाउन क्षेत्रीले दशंै दुर्गाले महिषासुर राक्षसलाई मारेको उपलक्ष्यमा वा रामले रावणमाथि विजय प्राप्त गरेको उपलक्ष्यमा मनाउन थालिएको चाडपर्व हो भन्नु र केही मगर अगुवाहरूले दशै खडका मगर राजाको हत्यापछि क्षेत्री बाउनले विजयको रुपमा राता अछेताको टिका लगाउन थालेको भन्ने र रातो रंग मगर राजाको रगतको प्रतीक मानिएको भन्ने कुरामा कुनै भरपर्दो विश्वसनीय आधार भएको रहेको भेटिन्न । मलाई लाग्दछ– दशैंका बेलामा ठूला बडाको हातबाट चामलका राता अछेता निधारमा लगाउनु र कानमा वासी जमरा लगाउनृु नेपालीको मौलिक विशेषता हो । नेपालीहरूको मौलिक संस्कृति हो । यो चलन भारतीय हिन्दुमा हुँदैन । यसैले उनीहरू नेपालीलाई मान्छेले खानलाई चामलका दाना पाउँदैन नेपालीहरूले निधारमा चामलका टिका लगाएर हिंड्छन् भन्छन् । जवकि अछेता नेपालीको ठूलो सम्पत्ति हो । त्यसरी नै हामी नेपालीले तीज मनाउने कृुरा कुनै अन्य हिन्दुसित मिल्दैन । ठीक त्यसरी नै हामी नेपालीले तिहार मनाउने कुरापनि अरु हिन्दुसित मिल्दैन । तिहारमा दिदीवहिनीको हातबाट टिका लगाउने प्रचलन अरु हिन्दुमा छैन । अरु हिन्दुहरू तिहारमा तोरन टाँंग्ने, कागतिहार, कुकुर तिहार, गाई तिहार र भाई तिहार जस्ता तिहार मनाउँदैनन् । यसैले हामी भन्न सक्दछौं हाम्रा चाडपर्वले हाम्रै विशेषता बोकेका छन् । हाम्रै मौलिकता बोकेका छन् । हाम्रै समाजको विशेषता बोकेका छन् । फेरि हाम्रो नेपाली समाजमा गुरुङ, मगर, राई, लिम्बु, तामाङ, थारु, थकाली, मधेसी आदिका अलगअलग विशेषता बोकेका चाडपर्वहरू पनि छन् । नेवार समुदाय त चाडपर्वको दुृष्टिले सबैभन्दा बढी धनी छन् । इन्द्र जात्रा, रातो मछिन्द्रनाथ जात्रा, घोडे जात्रा आदि नेवारी चाडपर्व हुन् । हाम्रो देशमा धार्मिक दृष्टिकोणले बौद्ध धर्म सम्बन्धी चाडपर्वहरू छन् । बुद्ध पूर्णिमा, लोसार आदि पनि बुद्ध धर्मसित सम्बन्धित चाडपर्व हुन् । त्यसरी नै हाम्रो मुस्लिम चाडपर्व पनि धुमधामले नै मनाइन्छ । जसमा रमादान, ईद आदि पर्दछन् । थारु समुदायको लागि माघी सबभन्दा ठूलो चाड हो । छठ पर्व मधेसी समुदायको ठूलो चाडपर्व हो । क्रिस्तानहरूको सबभन्दा ठूलो चाडपर्व क्रिसमस हो । यो दिसम्बर महिनाको २५ तारिखमा पर्दछ । नेपालमा मनाइने सबै चाडपर्व नेपाली संस्कृतिका अभिन्न अंग तथा सम्पत्ति हुन् । यी चाडपर्वलाई समय अनुकूल परिमार्जन गर्दै लैजानुपर्ने अहिलेको हाम्रो आवश्यकता हो । हामीलै कसैका पनि चाडपर्वलाई हेलाहोचो गर्नुहुँदैन । हामीले सबै जातजातिका चाडपर्व, रीतिरिवाजलाई सम्मान गर्न सिक्नुपर्दछ तर एउटा कुरा भने खट्किदो छ । हामीले हाम्रो देशमा विदेशी चाडपर्व वा उत्सवहरूलाई नाङ्गो तरिकाले भित्राउन थालेका पनि छौं । यदि हामीले यसरीे हाम्रो देशमा विदेशी चाडपर्वलाई नाङ्गो तरिकाले भित्राउन थाल्यौं भने हाम्रो मौलिक संस्कृति प्रद्ुषित हुन सक्दछ । जस्तो कि भ्यालेन्टाइन डे हाम्रो मौलिक परम्परा, दिवस वा चाडपर्व होइन । यसले पनि हाम्रो मुलुकमा प्रवेश पाउँदैछ । निश्चितरुपमा यो स्वागतयोग्य कुरा होइन । यसले हाम्रो मौलिक संस्कृति र सामाजिक जीवनमा नकारात्मक प्रभाव पार्न सक्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?