© २०२३
बुटवल टुडे, ८ साउन। वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशले अधिकृतस्तर आठौंसम्मको सरुवा शुक्रवार सार्वजनिक गरेको छ। मन्त्रालयले सार्बजनिक गरेको सरुवा लिष्टमा दुई बर्ष भन्दा बढी अबधीका सबै अधिकृत र रेन्जरहरु सरुवामा परेको देखिएको छ । मन्त्रालयले २ बर्ष अबधी पुगेका १२४ जना वन अधिकृतहरु सरुवा गरेको हो।
लामो समयसम्म एकै जिल्लामा बसेर काम गरिरहेका धेरै अधिकृतहरु सरुवामा परेका छन। वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी समालेका मन्त्री बादशाह कुर्मीले नितिगतरुपै निर्णय गरि यो तवरको सरुवा भएको जानकारी दिए । एकै स्थान र जिल्लामा बसेर काम गर्दा कामको प्रभावकारीता पनि घटेर जाने र जिल्लामा समस्याहरु पनि सृजना हुने गुनासोका आधारमा आफुहरु यो निर्णयमा पुगेको मन्त्री कुर्मी बताउछन । दोस्रो चरणमा वनरक्षक तहसम्म नै यस प्रकारको सरुवा गर्ने योजनामा मन्त्रालयले छलफल गरिरहेको उनको भनाई छ ।
गत बर्ष पनि मन्त्रालयले ७ बर्ष बढी अबधी काम गरेका अधिकृतहरु सरुवा गरेको थियो । मन्त्रालयले वन प्रशासनलाइ व्यवस्थित र चुस्त बनाउन गरेको यो निर्णय मन्त्रालयस्तर भएको पहिलो निर्णय हो । हालसम्म २ बर्षे हद कुनै मन्त्रालयले मातहतका अधिकृतलाइ लगाउन सकेको छैन । सरुवाका लागि ऐनमा उक्त कुरा समाबेश भएपनि कार्यान्वयन भने यो नै पहिलो देखिन्छ । सुशासन र चुस्त प्रशासनका लागि यो तवरको सरुवा प्रशंसनिय रहेको जानकारहरुले बताएका छन ।