© २०२३
बुटवल, ५ भदौ ।
लायन्स क्लब अफ बुटवल स्टार्सद्वारा बुटवल उपमहानगरपालिका तामनगर स्थित दृष्टि बिहीन भजन तथा साँस्कृतिक समूहलाई मंगलबार एक कार्यक्रमका बिच सहयोग गरेको छ । क्लबले खाद्यान्न तथा आवश्यक सामग्रीहरु क्लब अध्यक्ष भूपेन्द्र अर्यालले दृष्टि बिहीन भजन तथा सास्कृतिक समूहका विष्णु ढकाललाई हस्तान्तरण गरेका हुन् ।
कार्यक्रममा क्लबका प्रथम उपाध्यक्ष राजन जिसिको जन्मोत्सवमा सहयोग गरिएको थियो । यस्तै कार्यक्रमा लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ पि का सेकेन्ड भिडिजी तथा क्लबका संथापक अध्यक्ष सन्दिप कसौधनले स्टार्सको नारा ‘जहाँ दुःख्छ त्यहाँ पुग्छ’ भन्ने नारालाई आत्मसाथ गर्दे अति गरिब तथा बिपन्न वर्गकामा सहयोग गर्ने मानविय सेवा भावले सामाजिक क्रियाकलापमा क्लबको योगदान उच्च रहेको भन्दै आगामी दिनमा पनि यसले निरन्तरता पाउने बताएका थिए ।
क्लबका पूर्व अध्यक्ष तथा जिएसटि कोर्डिनेटर आशिष कृष्ण श्रेष्ठ, द्वितिय उपाध्यक्ष डिएस भट्टराई, सचिव रामबहादुर शाही लगायतले बोलेका थिए ।