ट्रेंडिंग:

>> दलित समुदायले कहिलेसम्म सहिरहने भेदभावको पीडा ? >> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो

रक्षाबन्धन, जनैपूर्णिमाको ऐतिहासिक महत्व

३ भाद्र २०८१, सोमबार
३ भाद्र २०८१, सोमबार

हरेक बर्षजस्तै घुमिफिरी यो बर्षको जनैपूर्णिमा अर्थात रक्षा बन्धन आज परेको छ । हिन्दु धर्मावलम्बीहरूले यो पर्वलाई निकै महत्वका साथ लिने गर्दछन । परापूर्व कालदेखि हरेक वर्ष श्रावण शुक्ल पूर्णिमा मान्ने सन्दर्भमा जनै पूर्णिमा, ऋषि तर्पणी वा रक्षाबन्धन पनि भन्ने गरिन्छ । धेरैजसो श्रावण महिनामा पर्ने भएकाले यसलाई श्रावणी पनि भन्ने गरिन्छ । त्यस्तै यो दिनमा अधिकांशले क्वाँंटी खाएर पर्व मनाइने भएकाले यो दिनलाई क्वाँंटी खाने पूर्णिमा पनि भन्ने गरिन्छ । यो चाडलाई सबै धर्मावलम्बी र जात जातिका मानिसहरूले समानरूपले मान्ने भएकाले यो चाडलाई धार्मिक समन्वयको चाडका रूपमा पनि लिइन्छ । हिन्दु, बौद्ध, शाक्त, बैष्णव आदी सबैले संयुक्त रूपमा यो चाडमा नौथरी गेडागुडीको क्वाँंटी खाएर मनाउने गर्छन जसमा ठूलो केराउ, सानो केराउ, गेडा मास, मस्याडङ, सेतो बोडी, कालो बोडी, बिभिन्न खाले सिमी, चना, बकुल्ला लगायत मिक्स गरेर दुई तिन दिन पहिले भिजाएर धेरैजसो ठाउँंमा उमारेर खाने गरिन्छ ।

यो दिनमा विभिन्न स्थानका बौद्धहरूले बहालहरूमा भगवान बुद्धका मुर्तिहरू, पौभा र पुराना बौद्धकालिन वस्त्र तथा सरसामान र अन्न समेत प्रदर्शन गर्ने चलन छ । यो पूर्णिमाका दिन ज्यापु किसानहरूले खेतमा गई भ्यागुतालाई भात खुवाउने गर्छन । त्यसैले यो दिनलाई भ्यागुतालाई भात खुवाउने दिनका रूपमा पनि लिइन्छ । यो पूर्णिमाका दिन हिन्दु धर्मालम्बीहरूले सबेरै उठेर गोबर, खरानी वा सेतो माटो जिउमा दलेर नुहाएर सप्तऋषिहरूलाई पुजा गर्ने र तर्पण गर्ने भएकाले यस दिनलाई ऋषि तर्पणी पनि भन्ने गरिन्छ । तागाधारीहरूले यो दिनमा विधिपूर्वक बनाइराखेको जनै र रक्षा सुत्रलाई विधिपूर्वक मन्त्र पढेर गुरु वा पुरोहितबाट श्रद्धा र भक्तिभावले जनै लगाउने र हातमा डोरो रक्षा सुत्र बांँध्ने गर्छन । जनै पूर्णिमाका दिन क्वांँटी दान गरेर पुण्य सञ्चय गरी आफूले पनि पौष्टिक तत्व भएको क्वाँंटी खाएर शरीरलाई स्वस्थ पारेर बलियो बनाउनु पर्छ भनि हाम्रा पुर्खाहरूले यो चलन चलाएको अनुमान गर्न सकिन्छ ।

यो समय भनेको असार, साउन महिना त्यसमा पनि दिनभर रोपाइँं गरेर शरिरमा लागेको सर्दी र कमजोरीलाई हटाउन हाम्रा पुर्खाहरूले यो क्वाँंटी खाने चलन बनाइराखेका हुन । तराईतिर भने यो दिन दिदी बहिनीहरूले आफ्ना दाजुभाईहरूलाई राखी बांँधिदिने चलन छ । यो चलनले दिदीबहिनी र दाजुभाईबीचको सम्बन्धलाई अझ प्रगाढ बनाइ दिन्छ भन्ने मान्यता रहेको छ । रक्षाबन्धनको विषयमा सुनिएका किम्वदन्ती अनुसार एकपटक देवता र दैत्यहरूका बीचमा १२ बर्षसम्म युद्ध भएछ । तर त्यस युद्धमा न दैत्यहरूले नैे जित्न सकेछन, न त देवताहरूले नै जित्न सके । युद्ध गर्दागर्दा देवताका राजा इन्द्र पनि थाकेछन् ।

दैत्यहरूलाई किन हराउन सकिएन भनी इन्द्र आश्चर्यमा परेछन र के गर्दा जित्न सकिन्छ भन्ने विचारले इन्द्रले आफ्ना गुरु वृहस्पतिकहाँं गएर उपायका लागि सल्लाह मागेछन् । हामीले जति युद्ध गर्दा पनि दैत्यहरूलाई हराउन सकेनौंँ । हजुरले कृपा गरेर हामीले जित्न सक्ने कुनै उपाय बताइदिनुहोस । मैले के गरेमा युद्ध जित्न सफल हुन्छु भनि इन्द्रले गुरु वृहस्पतिसंँग अनुनय विनय गरेछन । अनि वृहस्पतिले भनेछन– हे इन्द्र सबै देवताहरू साथमा लिई इन्द्राणीकहाँं गएर देवताहरू सबैलाई र आफुलाई पनि रक्षाका लागि व्रत गर्नुपर्यो भनेर इन्द्राणीलाई व्रत गराउनु पर्यो, जब व्रत समापन हुन्छ, त्यस समयमा जुन धागो प्राप्त हुन्छ त्यही धागोले इन्द्रको दाहिने हातमा बांँधी दिनाले तपाईंहरूको अवश्य नै युद्धमा विजय हुनेछ ।

गुरु वृहस्पतिको यस्तो आज्ञा पाएपछि सम्पूर्ण देवतासहित इन्द्राणीकहांँ गएर इन्द्रले सबै कुरा भनेछन् । इन्द्राणीले पनि सम्पूर्ण देवताको रक्षाका लागि विधिपूर्वक व्रत बस्छिन । व्रत सकिने बित्तिकै इन्द्रको दाहिने हातमा रक्षा सुत्र धागो बाँंधेर निधारमा टीका प्रसाद लगाईंदिँंदै भन्छन– निर्धक्क भएर युद्धमा जानुहोस । अवश्य पनि विजयी हुनुहुनेछ । यसरी इन्द्रले रक्षा सुत्र बांँधेर युद्धमा गएछन् । पुनः देवता र दैत्यको बीचमा युद्ध शुरु हुन्छ तब दैत्यहरू नै चकित हुन्छन । अन्तत देवताहरूकै विजय हुन्छ । त्यही समयदेखि विजयको प्रतिकको रूपमा यो पर्व मनाउँंदै आइरहेको भन्ने चलन छ । त्यस्तै अर्को किंवदन्ती अनुसार प्राचीनकालमा श्रावण महिनामा ठूलाठूला ऋषिहरू गाउँंगाउँं र नगरमा गएर मानिसहरूका बीचमा प्रेम, सद्भाव र आत्मीयता फैलाउन उपदेश दिने गर्दा रहेछन् । श्रावणी अर्थात जनै पूर्णिमाका दिन रक्षा बन्धन गर्ने ती ऋषिहरूले विभिन्न गाउंँमा गएर ठूलाठूला यज्ञ गरेर गृहस्थी मानिसहरूलाई त्यस यज्ञमा भाग लिन लगाउने र भक्तजनहरूले पनि अति नै श्रद्धा राखेर ऋषिबाट गुरु मन्त्र लिने गर्दा रहेछन ।

ऋषिहरूले पनि मन्त्र दिनु अघि मानिसहरूले सत्य, प्रेम र सदभावमा सधै बस्नुपर्ने उपदेश दिँंदा रहेछन । यसका साथै भक्तजनहरूले पनि गुरुको उपदेश जीवनभरी पालना गर्ने छु भनि सत्य बाचा बोल्दा रहेछन् । त्यही बाचाबन्धनलाई सधै पालना गर्छु भनि सत्य बाचा बोल्दा रहेछन । त्यही बाचा बन्धनलाई सधै पालना गर्छु भनि सम्झना गराई राख्न नै हरेक बर्ष ऋषिहरू मानिसहरूका घरघरमा गई हातमा रक्षा सुत्र बाँधिदिने र जनै धारण गरिदिने चलन रहेको हो र यसलाई परम्पराका रूपमा मनाउंँदै आएको हो भन्ने पनि गरिन्छ ।

दानवहरूका महाबली राजालाई जुन सत्यले बाँंधिदिए त्यही सत्यले बाँधिराख्न रक्षा सुत्र बँंधिदिएको हँुं । हे रक्षा सुत्र । तिमी पनि अचल भई बस्नु भनी रक्षा सुत्र बाँधेका यजमान सत्यमा अचल भएर बस्छ भन्ने अर्थमा रक्षा सुत्र बाँंधिदिने हो । रक्षा सुत्र बाँंधिदिँंदा यस्तो मन्त्र पढिन्छ । येनबद्धो बली राजा दान मिन्द्रो महाबल । तेन त्वां प्रतिबध्यानागि रक्षे मांँ चलमाँ चल । त्यस्तै जनै लगाइदिँंदा पनि यसरी मन्त्र पढने गरिन्छ । यज्ञो पवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात । आयुष्य मग्यं प्रतिमुन्च भुभुं यज्ञापवीतं बलमस्तुतेज ।। आजसम्म पनि यो परम्परा चल्दै आइरहेको छ । यही परम्परा अनुसार ब्राह्मण वा पुरेतले यजमानको हातमा रक्षा सुत्र बांँधिदिने र पुरानो जनै फेरेर नयाँ जनै लगाइदिन्छन । यजमान सध्रै सत्यतामा बसोस भनि गुरु पुरेतहरूले आशिर्वाद दिइरहन्छन । सधै यजमानको जीवन सुखमय भएर जीवन सफलतापूर्वक अघि बढिरहोस् भनि पुरेतहरूले आशिर्वाद दिइरहन्छन । पछिल्लो समय कहींँ कतै भान्जाहरूले मावलीमा र ज्वाइँले ससुरालमा यो रक्षा डोरो बाँधिदिने, नयाँ जनै दिने र टिका दक्षिणा लिने चलन पनि रहेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%