© २०२३
अफ्रिका ।
नाइजेरियाका सुरक्षाकर्मीले अपहरणमा परेका २० मेडिकल बिद्यार्थीलाई सकुशल फिर्ता ल्याउनका लागि पहल गरिरहेका छन् ।
नाइजेरियाली पुलिस र सुरक्षा एजेन्सीहरूले देशको पूर्वी भागमा अपहरणमा परेका २० मेडिकल विद्यार्थीहरूको रिहाइ सुरक्षित गर्न काम गरिरहेको जनाएका हुन् । मेडिकल विद्यार्थीहरू वार्षिक सम्मेलनमा भाग लिन जाँदै गर्दा बिहीबार साँझ बेनु राज्यमा अपहरणमा परेका थिए ।
क्याथोलिक मेडिकल एण्ड डेन्टल स्टुडेन्ट्सको महासंघले एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरू एनुगु सहरमा आयोजित सम्मेलनमा जाँदै गर्दा उनीहरूलाई अपहरण गरिएको हो ।
नाइजेरियन मेडिकल स्टुडेन्ट्स एसोसिएसनका महासचिव फर्च्युन ओलेले दुई विश्वविद्यालयका २० मेडिकल विद्यार्थी र उनीहरूसँगै यात्रा गरिरहेका एक डाक्टरलाई अपहरण गरिएको जानकारी दिएका थिए । उनीहरुको रिहाइको बदलामा फिरौती मागेको जनाइएको छ ।
नाइजेरियन मेडिकल एसोसिएसनले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा मा पोस्ट गरेको प्रहरी महानिरीक्षकलाई पत्रमा महासचिव बेन्जामिन एग्बोले अपहरणमा परेका १२ विद्यार्थी जोस विश्वविद्यालयका र आठ जना मैदुगुरी विश्वविद्यालयका रहेको बताए। ।