© २०२३
बुटवल, ०२ भाद्र ।
ईलाका प्रहरी कार्यालय बुटवलमा सबैभन्दा बढि लागूऔषध र जबरजस्ती करणीका मुद्दा बढ्दैै गएको पाइएको छ । गत आर्थिक बर्षमा ५ सय ८५ वटा मुद्दा दर्ता भएकोमा सबैभन्दा बढि जरबजस्ती करणी र लागू औषधका मुद्दा भएको प्रहरीको भनाइ छ ।
रूपन्देहीमा सबैभन्दा बढि मुद्दा दर्ता हुने कार्यालयमा ईलाका प्रहरी कार्यालय बुटवल रहेको छ । अघिल्लो आर्थिक बर्षमा ०७९ /०८० मा ५ सय ३५ मुद्दा दर्ता भएकोमा गत बर्ष बढेर ५ सय ८५ पुगेको हो । बुटवल प्रहरीले सबै भन्दा धेरै मुद्दा लागुऔषध सम्बन्धित चलाएको पाइएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलले एक बर्षमा ४८ वटा लागुऔषधका मुद्दा दर्ता भएकोमा घटनामा सँलग्न ६९ जना बिरुद मुद्दा दर्ता गरेको हो । जसमा पुरुष ३५ छन् भने १ जना महिला रहेका छन । प्रहरीले उनीहरूको साथबाट ५७ ग्राम ८० मिलीग्राम ब्राउनसुगर, १७ किलो ३ सय ६० ग्राम गाँजा, ५ केजी अफीम ५ सय ४१ पिस टि टि २ सय ४ ट्याब्लेट बरामद गरेको हो ।
पछिल्लो समय समाजमा बिकृतीका रूपमा रहेको जवरजस्ती करणीका मुद्दा समेत धेरै रहेको देखीन्छ । प्रहरीले एक बर्षमा जवरजस्ती करणी गरेको अभियोगमा ५२ जना बिरुद मुद्दा दायर गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक बिजयराज पण्डितले बताए । यो संख्या बढ्दो अवस्थामा रहेको उनको भनाई छ ।
त्यस्तै मानिसको हत्या कर्तव्य ज्यान सम्बन्धित ६ बटा मुद्दा दर्ता भएकोमा ८ जना बिरुद्ध जिल्ला अदालत रूपन्देहीमा मुद्दा दर्ता भएको प्रहरीको तथ्यांकमा रहेको छ । बुटवल प्रहरीले बिभिन्न समयमा बिभिन्न अपराधिक कार्यमा संलग्न भई जिल्ला अदालत बाट कैद तथा जरीवाना सजाय फैसला भएका तर लुकिछिपी बस्दै आएका ६७ जना फरार प्रतिबादीलाई पक्राउ गरी अदालतमा हाजीर गराएको छ ।
उनीहरू उपर फैसला भएबमोजिम ६४ लाख ३४ हजार ९ सय ६२ जरीवाना असुल भएको छ भने ३८ बर्ष ५ महिना ११ दिन कैद सजाय भुक्तान हुने भएको छ । बिभीन्न जिल्लामा अपराध गरी बुटवल आसपास लुकीछिपी बस्दै आएका बिभीन्न जिल्लाका १ सय १७ जनालाई फरार प्रतिवादीलाई पक्राउ गरी सम्बन्धित जिल्ला पठाईएको प्रमुख पण्डितको भनाइ छ । त्यस्तै भन्सार चोरी तस्करी भएर बुटवल भित्रीएका बिभिन्न सामान तथा १४ वटा सवारी साधन १८ जना मानिसहरू नियन्त्रणमा लिएर कारवाही सोरूप कुल ८७ लाख १३ हजार ३ सय १७ बराबरको सामान भन्सार चलान गरिएको छ ।
प्रहरीले समाजमा ठूलो आवाज निकालेर चलाउने ध्वनीप्रदुषण गराउने ३४ बटा मोटरसाईकलको स्वरूप परिवर्तन गरेकालाई नियन्त्रणमा लिएर कारवाही स्वरुप यातायात ब्यबस्था कार्यालय सवारी बुटवल पठाएको छ जस अनुसार मोटरसाईकल धनीलाई जनही १० हजार जरीवाना भएको प्रहरीको भनाई छ ।
इलाका प्रहरी कार्यलय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक बिजय राज पण्डितले मुद्दाको सँख्या बढदो अवस्थामा रहेको बताए । समाजमा हुने हरेक घटनाहरूको न्युनीकरण गर्न प्रहरी एक्लै सम्भब नहुने र समाजका सबै पक्ष घटना हुन नदिने कुरामा सचेत हुन जरुरी रहेको भन्दै प्रमुख पण्डितले भने–‘लागूऔषध जबरजस्ती करणी जस्ता घटनाहरूलाई जनचेतना मुलक कार्यक्रमहरू मार्फत समेत न्युनीकरणमा सहयोग पुग्ने छ ।’