ट्रेंडिंग:

>> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास

रामचन्द्र क्षेत्री र केडिया रोटरी सदस्य

१ भाद्र २०८१, शनिबार
१ भाद्र २०८१, शनिबार

बुटवल ।

रोटरी क्लव अफ बुटवल चौतारीले केडिया ग्रुप अर्गनाइजेशनका अध्यक्ष ताराचन्द्र केडिया र बुटवल उपमहानगरपालिका वडा नम्बर ११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीलाई क्लवको मानार्थ सदस्यता प्रदान गरेको छ । दुईजनालाई मात्र मानार्थ सदस्यता प्रदान गर्न सकिने मापदण्ड बमोजिम क्लवले केडिया र क्षेत्रीलाई मानार्थ सदस्यता प्रदान गरेको हो ।

शनिबार क्लवको २१५ औं नियमित बैठकका अवसरमा दुवैजनालाई मानार्थ सदस्यताको प्रमाणपत्र प्रदान गरिएको क्लवका अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) ले जानकारी दिए । उनले उहाँहरुको प्रवेशले रोटलाई अगाडि बढ्न थप प्रेरणा मिलेको बताए।

त्यस अवसरमा बोल्दै केडिया ग्रुप अर्गनाइजेशनका अध्यक्ष ताराचन्द्र केडियाले रोटरी क्लव अफ बुटवल चौतारी सिंगो समाजको लागि प्रेरणाको स्रोत बनोस् भनी शुभकामना दिए । उनले क्लवले समाजमा छुट्टै पहिचान कायम गर्ने विश्वास समेत व्यक्त गरे ।

अर्का मानार्थ सदस्य बुटवल–११ का वडाअध्यक्ष रामचन्द्र क्षेत्रीले निश्वार्थ भावनाका साथ क्लवले समाजका लागि गरेको योगदानको स्मरण गर्दै आगामी दिनमा सामाजिक कार्यका लागि आफूले पनि हातेमालो गरेर अगाडि बढ्ने बताए । उनले क्लवले अगाडि सारेका योजनाहरुमा आफूले पनि साथ दिन् बताए ।

पश्चिम नवलपरासीका जिल्ला न्यायाधीश हरि पंगेनीले आफुमा पनि समाजसेवा गर्ने हुटहुटी रहेको भन्दै क्लवले विभिन्न क्षेत्रमा गरेको योगदानबाट आफू पनि प्रभावित भएको बताए ।

त्यस अवसरमा अभिभावक महासंघ लुम्बिनी प्रदेशका महासचिव झविन्द्र पौडेलले क्लवले सबै वर्ग र क्षेत्रका नागरिकलाई समेटेर अगाडि बढ्नुपर्ने सुझाव दिए ।

क्लवका चार्टड प्रेसिडेन्ट विष्णु घिमिरेले यो वर्ष क्लवले २ लाख ५० हजारको अक्षयाकोष स्थापना गरेको र जसबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने निर्णय गरिएको जानकारी गराउँदै एम्बुलेन्स खरीदको प्रक्रिया पनि अन्तिम चरणमा पुगेको जानकारी दिए । त्यस्तै उनले ह्वील चेअर वितरणको योजना पनि रहेको जानकारी दिए ।

क्लवका अध्यक्ष नुमलाल पौडेल (नुमेन्द्र) ले आफ्नो कार्यकालमा क्लवको सचिवालय भवन निर्माणदेखि एम्बुलेन्स खरीद गरी सितगंगा नगरपालिका वडा नम्बर ६ अर्घाखाँचीलाई हस्तान्तरण लगायत अन्य विभिन्न योजनाहरु अगाडि बढाइएको बताए । बैठकमा रोटरीयनहरु खगेन्द्र बेलबासेले पनि आफ्नो धारणा राखेका थिए । त्यस अवसरमा रोटरीमा नयाँ प्रवेश गरेका व्यक्तिहरुलाई रोटरी क्लव अफ बुटवल चौतारीको सदस्यता प्रमाणपत्र प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?