ट्रेंडिंग:

>> तराई–मधेस जागरण अभियानका लागी वैशाख ३ गते प्रचण्ड भैरहवा आउँदै >> पुर्व आईजीपी राणाको अन्तिम बिदाई (फोटोफिचर) >> सुडानमा बिद्रोही हमलामा परी ज्यान गुमाउनेको संख्या १०० नाघ्यो >> झापामा एमालेले सभा गर्दा १२ लाख ६५ हजार खर्च >> वीरगन्जमा साम्प्रदायिक तनाव नथामिएपछि कर्फ्यु मध्यरातिसम्म लम्ब्याइयो >> दशौ राष्ट्रिय खेलकुद प्रतियोगिता स्थगित >> रवि लामिछानेको मुद्दा ढुंगानाको इजालासमा >> आन्दोलनरत शिक्षकको आत्मसम्मानको ख्याल प्रधानमन्त्रीबाट भएनः महर >> एआइले खायो गुगल, अमेजन जस्ता कम्पनीमा कार्यरत हजारौं कर्मचारीको जागिर >> कुवेतले नेपाललाई दियो १७५ रनको लक्ष्य >> यी चार प्रकारका बिरामीले सजिवन खानु हुन्न >> नेपाल टस हारेर ब्याटिङमा, युएइले ब्याटिङ गर्ने >> फाेनिजकाे अध्यक्षमा लक्की चाैधरी र महासचिवमा समिर बलामीलगायत सर्वसम्मत >> कुबेत बिरूद्दको खेलमा टस जितेर नेपाल फिल्डिङमा >> वर्षको अन्तिम दिन सुनको मुल्यमा रेकर्ड, प्रति तोला १ लाख ८६ हजार >> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ?

थाइल्याण्डमा २३ बर्षमा एकै परिवारबाट तेस्रो प्रधानमन्त्री

१ भाद्र २०८१, शनिबार
१ भाद्र २०८१, शनिबार

काठमाडौँ । थाइल्याण्डको संसदले पाइतोङटार्न सिनावात्रालाई प्रधानमन्त्रीमा निर्वाचित गरेको छ । उनी पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्राकी छोरी हुन् । ३७ वर्षीय पाइतोङटार्न देशको ३१औँ प्रधानमन्त्री बनेकी छन् । उनी थाइल्याण्डको इतिहासमा सबैभन्दा कान्छी प्रधानमन्त्री हुनुका साथै यो पद सम्हाल्ने दोस्रो महिला पनि बनेकी छन् ।

यिङलक थाइल्याण्डको प्रधानमन्त्री हुने देशको पहिलो महिला थिइन् । उनी प्योटोङटार्नकी काकी हुन् । पाइतोङटार्न सिनावात्रा परिवारबाट प्रधानमन्त्री हुने तेस्रो नेता हुन् । थाक्सिनका भिनाजु सोमचाई वोङ्सावत पनि सन् २००८ मा थाइल्याण्डको प्रधानमन्त्रीको रूपमा काम गरेका थिए । थाक्सिन सन् २००१ मा थाइल्याण्डको प्रधानमन्त्री बनेका थिए । थाक्सिन सिनावात्रालाई कूद्वारा सत्ताबाट हटाइएको थियो ।

पाइतोङटार्न सत्तारुढ दल ुफु थाईु की नेतृ हुन् । यद्यपि, पाइटोङटार्न अझै सांसद छैनन् । संसदमा सिनावात्राको पक्षमा ३१९ मत परेको थियो भने विपक्षमा १४५ मत परेको थियो । २७ सांसदले मतदान गरेनन् । सदनमा ४९३ सांसद छन् । पाइतोङटार्नलाई बहुमत प्राप्त गर्न २४८ मत आवश्यक थियो । शुक्रबार संसदमा ४८९ सांसद उपस्थित थिए ।

पाइतोङटार्न सिनावात्रा २०२३ देखि फेउ थाई पार्टीको अध्यक्ष छन् । उनी सन् २०२३ को अप्रिलमा भएको निर्वाचनमा पनि प्रधानमन्त्री पदका लागि उम्मेदवार थिइन् । उनको नेतृत्वमा पार्टी चुनावमा दोस्रो स्थानमा रह्यो । अघिल्लो साता संवैधानिक अदालतले प्रमुख प्रतिपक्षी दल मुभ फर्वार्ड पार्टीलाई खारेज गरेको थियो । साथै यसका सबै नेताहरुलाई १० वर्ष प्रतिबन्ध लगाइएको छ । गत वर्ष भएको निर्वाचनमा मुभ फरवार्ड पार्टीले सबैभन्दा बढी सिट जितेको थियो ।

पाइतोङटार्नका बुबा, पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई सन् २००६ मा सैन्य विद्रोह गरेर सत्ताबाट हटाइएको थियो । उनीमाथि भ्रष्टाचारका धेरै आरोप लगाइएको थियो । अदालतको फैसलापछि उनी निर्वासनमा गए । उनले देश छोडे । यसपछि थाक्सिनले आफ्नी बहिनी यिङलकलाई अगाडि राखे । उनी २०११ मा प्रधानमन्त्री बनेकी थिइन् ।

थाक्सिनले बहिनीको सहयोगमा देश बाहिर बसेर सरकार चलाएको आरोप लागेको थियो । सिङ्गापुरमा मन्त्रीहरुसँगको यस्तै एउटा भेटको रेकर्डिङ सार्वजनिक भएको थियो । यसमा थाक्सिनले आममाफी विधेयकबारे निर्देशन दिएको बताइएको छ । यो विधेयक पारित भएको भए थाक्सिन सफाइ पाएर सहजै स्वदेश फर्किन सक्थे । रेकर्डिङ भाइरल भएपछि थाई राजनीतिमा निकै हंगामा मच्चिएको थियो । यिङलकलाई अदालतले सन् २०१४ मा पदबाट हटाएको थियो । यिङलकमाथि पनि भ्रष्टाचारको आरोप लागेको थियो ।

थाइल्याण्डमा २ दिनअघि मात्रै अदालतले श्रेष्ट थाविसिनलाई प्रधानमन्त्री पदबाट हटाएको थियो । उनीमाथि आपराधिक रेकर्ड भएका वकिललाई क्याबिनेटमा समावेश गरेको आरोप लागेको थियो। अदालतले प्रधानमन्त्रीको यो कदम नैतिकताको उल्लङ्घन भएको भन्दै दोषी ठहर गरेको थियो । प्रधानमन्त्री श्रेष्ट एक वर्ष मात्रै सत्तामा रहन सक्थे । उनी २२ अगस्त २०२३ मा थाइल्याण्डको प्रधानमन्त्री बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

admission