ट्रेंडिंग:

>> सामाजिक कार्यमा जुट्न नगरप्रमुख पाण्डेयको आग्रह >> प्रकाशन तथा प्रशारण संघ लुम्बिनीमा कुवँर >> मानसिक स्वास्थ्यको समाचार संप्रेषणमा संवेदनशिलता आवश्यक    >> प्रेस चौतारीको महाधिवेसनको तयारी पुरा, अध्यक्षमा पाण्डे र राई भिडदैँ >> आजवाट सुरु हुदैँ आइपीएल, कोलकोत्तामा उदघाटन खेल >> जेआर क्रिकेट क्लबलाई ईलिटको साथ >> विश्वकर्मा युवा समाजद्वारा स्वर्णकार सुपर सिक्स क्रीकेट प्रतियोगिता हुंदै  >> राष्ट्रिय दल बन्न चार सर्त पूरा गर्नुपर्ने, एउटै चिन्हमा चुनाव लड्न नपाइने >> स्थानीय सरकार सञ्चालन ऐनमा विद्यालय शिक्षाका अधिकार >> सीमा तस्करको गोदामबाट नै सामान जफत >> गणेशको लोभिलो ‘कृषि उद्यम’ >> जनकपुरमा आज राप्रपाको खबरदारी सभा >> आजको मौसमः पाँच प्रदेशमा प्रदेशमा बर्षा हुन सक्ने >> आजवाट प्रथम पानी सम्मेलन हुदैँ >> रुपन्देहीमा अब डेक्सा स्क्यान मेशिन >> ६८ औं सहकारी दिवसः बाँकेमा सप्ताहव्यापी कार्यक्रम गरेर मनाइने >> लुम्बिनी प्रदेश लिग फुटबलको उपाधि बर्दियाले हात पार्यो >> नेपालगन्जमा सुख्खा बन्दरगाहको माग गर्दै अर्थमन्त्रीलाई ज्ञापन पत्र >> एन्फा देविनगरमा सुविधा सम्पन्न शौचालय >> धनुषामा प्रहरीको हवाई फायर >> काठमाडौं महानगरले चैत १२ गतेबाट स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सर निःशुल्क परीक्षण गराउने >> जबरजस्ती करणी आरोपमा राइस मिल व्यवसायी पक्राउ >> प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार प्रदान >> बबईमा सवारी साधनका नम्बर प्लेट पहिचान गर्ने डिजिटल प्रविधिको जडान >> पिएम कपमा आर्मी ६ विकेटले विजयी >> प्रचण्डको स्वागतमा बिरगञ्जका मेयर राजेशमान सिंह >> क्रान्तिका लागि तयार रहन रविको अपिल >> बुटवलमा सुरु भयो मिडिया सम्मेलन >> लन्डनको एअरपोर्टमा आगलागी हुदाँ २४ घन्टा बन्द, १३५१ उडान प्रभावित >> इन्डोनेसियामा ज्वालामुखी बिष्फोट, आसपासका सबै उडान रद्द >> स्वदेशी वस्तुको प्रयोग वृद्धि गर्न प्रधानमन्त्रीको आग्रह >> युद्धविराम भंग भएको तीन दिनमा मारिए ५९० प्यालेस्टाइनी >> प्रहारीको मौनता लुम्बिनीको कक्ररहवा-कालिदह नाकामा तस्करी मौलाउँदै >> रविले दर्ता गरे पाटन अदालतमा निवेदन, सोमबार तोकियो पेशी >> सिराहाका सिडियो हटाएर कपिलबस्तुबाट पठाइयो >> नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक जारी >> युसिएमएस भैरहवामा निःशुल्क दन्त परीक्षण समपन्न >> लगातार नयाँ रेकर्ड कायम गरेको सुनको भाउ आज तल झर्यो, कतिमा हुँदैछ किनबेच ? >> निशुल्क स्वास्थ्य शिविरले महिलाहरुमा सचेतना बढायो >> वेपत्ता भएका भारतीय पर्यटक भटिएनन् >> चीनले ४ जनालाई फाँसी दिएपछि क्यानडा आक्रोशित >> ‘व्यवसायी टिकाउनको लागि सहकार्य गरौं’ >> सरकारसँग समस्या समाधान हुँदैनः अध्यक्ष शेर्पा >> अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको ६० बर्ष पूरा >> चैतमा चमत्कार, साउनमा सन्नाटा ! >> बुटवलको पहिचान ‘रात्रीकालीन बजार’ >> महेशपुरमा लक्ष्य भन्दा माथि पुग्यो राजस्व >> डढेलो रोक्न सावधानी फैलाउँदै वनका अधिकारी >> नेपाल बैंक लिमिटेड खस्यौलीद्वारा वित्तीय साक्षरता >> फुटबलको गौरवः ‘तिलोत्तमा गोल्डकप’

प्रदेश अस्पताललाई प्रतिष्ठान बनाउन पहल गर्छु : मन्त्री भण्डारी

३२ श्रावण २०८१, शुक्रबार
३२ श्रावण २०८१, शुक्रबार

सुर्खेत, ३२ साउन ।

कर्णालीका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले प्रदेश अस्पताललाई प्रतिष्ठानका रूपमा स्तरवृद्धि गर्न पहल गरिने बताएका छन् । कर्णाली प्रदेश अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने विषयमा कुनै समस्या नभएको भण्डारीले स्पष्ट पारे । आज अस्पतालले आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा प्रदेश सरकारको आन्तरिक आम्दानी कमजोर भएको अवस्थालाई प्रष्ट पार्दै प्रदेश सरकारलाई आर्थिक व्ययभार नबढ्ने गरी प्रतिष्ठानका लागि पहल गरिने प्रतिवद्धता जनाए । त्यसका लागि आवश्यक प्रक्रिया भने पुरा गर्नुपर्ने उनको भनाई छ ।

अस्पतालबाट प्रदान हुने सेवा प्रवाहमा राम्रो प्रयास भएको बताउँदै मन्त्री भण्डारीले सेवाग्राहीको आवश्यकतालाई ध्यान दिन निर्देशन दिएका छन् । अस्पतालको सेवा प्रवाहमा राम्रो देखिए पनि सेवाग्राही अझैपनि विश्वस्त हुन नसकेका प्रति सचेत हुनुपर्ने उनको भनाई थियो । सेवा प्रदायक निकायका व्यक्तिले सेवाग्राहीसँग गरिने व्यवहारमा सुधार गर्नुपर्ने मन्त्री भण्डारीको सुझाव थियो । सार्वजनिक सेवा र वस्तु प्रवाहमा कमजोरी नगर्न आग्रह गर्दै सरकारका तर्फबाट गरिने महत्वपूर्णं कार्यसम्पादनमा पदमा नहुँदा पनि सहयोग गर्ने प्रतिवद्धता मन्त्री भण्डारीले जनाए ।

प्रदेश अस्पतालका निर्देशक प्राध्यापक डाक्टर डम्बर खड्काले गरीब जनताको अवस्थालाई हेरेर त्यस अनुरूपको कार्ययोजना बनाउन आग्रह गरे । स्वास्थ्य संरचनाका लागि सरकारका योजनाहरू प्राथमिकतामा नपरेको उनले औल्याए ।

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले अस्पताल व्यवस्थापनका लागि विगतको तुलनामा बजेट घटेको बारे जानकारी गराउँदै त्यसतर्फ ध्यानाकर्षण गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?