ट्रेंडिंग:

>> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि गाईजको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक >> टेलिभिजन प्रसारक संघले भन्यो– लुम्विनी प्रदेशसभाले विभेदपूर्ण व्यवहार ग-यो >> गोर्खा ब्याईज क्लबको विजयी शुरुवात >> विद्यार्थीको अनुपातमा शिक्षक दरबन्दीको माग गर्दै गौरमा प्रदर्शन >> दुई महिनामै तीन सय मुद्दा >> शिक्षा दिवसको अवसरमा पदक र पुरस्कारको घोषणा >> नाथमलाई सातवटै प्रदेशमा विस्तार गर्छौं- मन्त्री पाण्डे >> नेप्सेमा सामान्य गिरावट, ५ अर्बको कारोबार >> रास्वपाको राष्ट्रिय भेलामा सभापति लामिछानेको प्रतिवेदनमाथि छलफलमा रोक >> रिक्की पोन्टिङ आइपिएल टिम पञ्जाव किंग्सको मुख्य प्रशिक्षकमा नियुक्त >> जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

पौने चार करोडको कोकिनसहित काठमाडौंबाट दुई जना पक्राउ

२९ श्रावण २०८१, मंगलवार
२९ श्रावण २०८१, मंगलवार

काठमाडौं। काठमाडौंबाट प्रहरीले कोकिनसहित तान्जानियन नागरिकलाई पक्राउ गरेको छ। तान्जानियन नागरिकसँग रहेको कोकिन भारततर्फ लैजान आएकी भारतीय महिलासमेत पक्राउ परेकी छिन्। प्रहरीले सोमबार नयाँ बानेश्वरस्थित दुई अलग होटलबाट कोकिनसहित भरिया र भारतीय महिलालाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा तान्जानियन नागरिक ५८ वर्षीय जुमा अब्दुल्ला एमजी र भारतीय महिला के जुचोबेनी सोपोई रहेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको कोटेश्वरको टोलीले सुरूमा तान्जानियन नागरिकलाई होटलबाट पक्राउ गरेको थियो। उनीमाथि प्रारम्भिक अनुसन्धान गर्दा कोकिन लिन आएकी महिला अर्को होटलबाट पक्राउ परेकी थिइन्।

ब्युरो प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिनेश आचार्यका अनुसार जुमाले बोकेको झोलाभित्र एक किलो १०४ ग्राम कोकिन बरामद भएको थियो। बरामद भएको कोकिनको अवैध बजार मूल्य तीन करोड ८७ लाख हुन आउँछ। तान्जानियन नागरिकले कोकिन निलेर आएका थिए। होटलबाट आएर दिसाबाट ‘अनलोड’ गरी भारतीय महिलालाई बुझाउने तयारी गरिरहेका थिए।

एसएसपी आचार्यका अनुसार तान्जानियन नागरिक इथियोपियाबाट दुबई हुँदै नेपाल आएका थिए। दुबईबाट कतार एयरको जहाजमा आइतबार मात्रै आएर उनी होटलमा बसेका थिए। आइतबार नै भारतीय महिला बागडोग्रा एयरपोर्टमा उत्रिएर बस चढेर काठमाडौं आइपुगेकी थिइन्। उनी स्थलमार्गबाटै कोकिन लिएर भारत जान लागेकी थिइन्।

दुबैमाथि लागुऔषध नियन्त्रण ऐन अनुसार जिल्ला अदालत काठमाडौंबाट थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालिएको छ। ती महिला भरियाले कसलाई लागुऔषध बुझाउन लागेकी थिइन् भन्ने खुलेको छैन। गत साउन २३ गते मात्रै लाटभिएन नागरिक ५१ वर्षीय इभार्स भाल्टर्स ६ किलो २४ ग्राम कोकिनसहित पक्राउ परेका थिए। उक्त कोकिनको अवैध बजार मूल्य २१ करोड ८ लाख रुपैयाँ हुन आउँछ।

लाट्भियाबाट फ्रान्स हुँदै दुबई ट्रान्जिट भएर ती नागरिक काठमाडौं आइपुगेका थिए। दक्षिण अमेरिकी मुलुकबाट भरियाहरू कोकिन बोकेर आउने गरेकोमा प्रहरीले पहिलोपटक युरोपियन नागरिकलाई पक्राउ गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?