ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

दुध उत्पादक किसानलाई एक करोड बढी प्रोत्साहन रकम

२९ श्रावण २०८१, मंगलवार
२९ श्रावण २०८१, मंगलवार

सुर्खेत, २९ साउन ।

कर्णाली प्रदेश सरकारले एक वर्षको अवधिमा दुध उत्पादक किसानलाई प्रोत्साहनबापत एक करोड बढी रकम उपलब्ध गराएको छ । सरकारले गत आर्थिक वर्ष २०८०÷०८१ मा उक्त रकम उपलब्ध गराएको हो । प्रदेशभर एक वर्षको अवधिमा ३७ लाख ९१ हजार चार सय २९ लिटर दुधमा एक करोड २३ हजार प्रोत्साहन रकम अनुदानवापत उपलब्ध गराइएको भूमी व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जनाएको छ । जसबाट तीन हजार सात ७६ कृषक लाभान्वित भएका छन् ।

दूध उत्पादक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले प्रोत्साहन रकम उपलब्ध गराइएको हो । साविक कर्णालीका पाँच जिल्लामा प्रति लिटर १० रुपैयाँ र अन्य जिल्लामा पाँच रुपैयाँका दरले रकम उपलब्ध गराइएको हो ।

प्रोत्साहन कार्यक्रम अन्तर्गत सबैभन्दा धेरै सुर्खेतका दूध उत्पादक किसान लाभान्वित भएका छन् । मन्त्रालयले गत आर्थिक वर्षमा सुर्खेतका दुई हजार ४१ कृषकलाई ४९ लाख २९ हजार रुपैयाँ प्रोत्साहन रकम प्रदान गरेको मन्त्रालयको तथ्यांक रहेको छ । दूध उत्पादन गरेवापत सल्यानका ६ सय ४१ किसानले १३ लाख ३४ हजार प्रोत्साहन रकम प्राप्त गरेका छन् । यस्तै रुकुम पश्चिमका चार सय ७७ किसानलाई १५ लाख, जाजरकोटका ७१ किसानलाई चार लाख २३ हजार, दैलेखका चार सय ३४ किसानलाई १० लाख ५३ हजार रुपैयाँ दूध उत्पादन गरेवापात प्रोत्साहन रकम प्रदान गरिएको मन्त्रालयले जनाएको छ ।

यस्तै, कालिकोटका एक सय चार किसानलाई सात लाख, हुम्लाका आठ किसानलाई ८५ हजार तीन सय ६० रुपैयाँ दुग्ध उत्पादक किसानलाई प्रोत्साहन अनुदान बापत प्रदान गरिएको मन्त्रालयले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ । मुगु र डोल्पामा भने दूध उत्पादक किसान नभएकाले प्रोत्साहन रकम वितरण गरिएको छैन ।

मन्त्रालयका प्रवक्ता धनबहादुर कठायतका अनुसार प्रदेशभरका कृषकलाई प्रोत्साहन गर्नको लागि कार्यक्रम अगाडी बढाइएको जनाए । ‘पालिका स्तरका डेरीहरुमा दुध उपलब्ध गराएका कृषकहरुको मात्र तथ्यांक समावेश भएको छ । यसमा व्यक्तिगत रुपमा घर तथा पसलमा दुध बिक्री गर्ने कृषकहरुको तथ्यांक समावेश गरिएको छैन’ कठायतले भने, ‘दुध उत्पादन गर्ने सबै कृषकहरुलाई कार्यक्रममा समावेश गरेर अघि बढ्ने लक्ष्य छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?