ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

स्वर्ण पदक विजेता खत्रीलाई सम्मानको ओइरो

२९ श्रावण २०८१, मंगलवार
२९ श्रावण २०८१, मंगलवार

रोल्पा, २९ साउन ।
मलेशियाको क्वालालाम्पुरमा सम्पन्न छैठौ हिरोज ईन्टरनेशनल तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक विजेता रोल्पाका हेमन्त खत्रीलाई सम्मान थाप्न भ्याई नभ्याई भएको छ । स्वर्ण जितेर गृह जिल्ला फर्किएका खत्रीलाई स्थानीय सरकार, विभिन्न संघ संस्था, संचारगृह लगायतले सम्मान गरिरहेका छन ।

उनलाई लुम्विनी प्रदेश प्रमुख कृष्णवहादुर घर्तीमगरले सम्मान गरेका थिए । यसैगरि सुनिलस्मृती गाउँपालिका रोल्पा, जिल्ला व्याडमिन्टन संघ रोल्पा, सत्प्रयास समूह रोल्पा, व्रम्हाकुमारी ईश्वरीय विश्वविद्यालय रोल्पा, लायन्स क्लव अफ रोल्पा, नेपाल रेडक्रस सोसाईटी रोल्पा जिल्ला शाखा र तेक्वान्दो संघ रोल्पाले सम्मान गरेका थिए । उनलाई रेडियो मालश्री, रेडियो जलजला लगायतका संचार माध्यमले समेत सम्मान गरेका थिए ।

सम्मानीत खेलाडी खत्रीले खेल क्षेत्रमा सरकाले ध्यान दिनुपर्ने बताएका छन । आफनो क्षेत्रका जुन खेल राम्रो छ सोही खेललाई बढावा गर्नु पर्ने उनको भनाई छ । खेल क्षेत्रलाई स्थानीय तहमा अब्बल बनाउन सके रोल्पा जिल्लाबाट पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा मेडल प्राप्त गर्न सक्ने खेलाडी उत्पादन हुने खत्रीले वताए ।

अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा नेपालले तेक्वान्दो खेलवाट सबभन्दा धेरै पदक ल्याउने गरेको बताउँदै देशको शिर उचो राख्न तेक्वान्दो खेलले महत्वपुर्ण भूमिका खेलेको वताए । हरेक खेलमा अनुशासनका साथै स्वस्थ जिवन, आत्म सुरक्षा र बौद्धिक विकासका लागी खेलिने खत्रीको भनाई छ । खेल क्षेत्र नेपालका तीन वटै तहका सरकारको ध्यान जानु पर्ने खत्रीको भनाई छ । खेल क्षेत्रको लागि नेपालका तीन वटै तहका सरकारहरूले प्रयाप्त बजेटको व्यवस्था नगरेको भन्दै खेल क्षेत्रको विकासका लागि उचित रकम र आवश्यक पूर्वाधारको व्यवस्था गर्नु पर्ने धारणा व्यक्त गरे ।

हरेक माध्यमिक विद्यालयहरूमा खेल प्रशिक्षक व्यवस्था गर्न सके स्थानीय क्षेत्रमा खेललाई अझै व्यवस्थित बनाउन सकिने खत्रीले औल्याए । खेललाई निरन्तरता दिन सके स्थानीय हुँदै जिल्लास्तर, प्रदेश र केन्द्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुगि नेपालको सान उच्च बनाउन सकिने धारणा व्यक्त गरे ।

जिल्ला खेलकुद विकास समिति रोल्पाको उपाध्यक्ष समेत रहेका खत्री जिल्ला तेक्वान्दो संघ रोल्पाका अध्यक्ष समेत हुन । खेल क्षेत्रका साथै अन्य विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध रहेका खत्री मलेसियावाट खेल जितेर आए यता लगातार सम्मानीत भईरहेका छन । खत्री रोल्पा नगरपालिका वडा नंं १० का स्थायी वासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?