ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

अन्तर्राष्ट्रिय युवा दिवस नारामै सीमित : युवा विकास सूचकांकमा नेपाल १०८ औं स्थानमा

२८ श्रावण २०८१, सोमबार
२८ श्रावण २०८१, सोमबार

नेपाली राजनीतिमा लामो समयदेखि बढ्दै गएको राजनीतिक अस्थिरताले युवा पुस्तामा निराशपन देखिएसँगै भविष्यको खोजीमा लाखौको सङ्ख्यामा युवाहरु विदेशिन बाध्य भएका छन् । यस्तो किसिमको धमिलो राजनीतिले युवाकै भविष्य अन्धकारतिर धकेलिरहेको छ । कुनै पनि मुलुकले युवामा लगानी नगर्दा सम्म त्यो मुलको समृद्धि र विकास सम्भव हँुदैन ।

एकातिर महिनै पिच्छे लगातार सरकार परिवर्तन भइरहन्छ, भने अर्कोतिर दलहरू बिचमा सत्ताको लुछाचुडीसँगै दिनप्रतिदिन भ्रष्टाचार मौलाईरहेको छ भने अपराधिलाई समेत सरकारले संरक्षण गरिरहेको छ यस्ता कारण युवाहरूमा राजनीतिक प्रणालीप्रति निराशा बढेको छ । धेरैजसो युवाहरू राजनीतिक स्थायित्व हुने वा देशमा समृद्धि आउने बिषयमा विश्वस्त छैनन् । त्यसैले युवामा आशा जगाउन राज्य र युवा स्वयंले पहलकदमी गर्नु जरुरी देखिन्छ । अन्तर्राष्ट्रिय युवा दिवसको नारालाई सार्थकताका तुल्याउन पनि युवाहरुलाई राज्य संचालनका सबै तहमा समान सहभागिता गराउनु युवाका मुद्दालाई बिशेष प्रथामिक्तामा राख्नु र युवामा लागानी गर्नुनै आजको मुख्य आवश्यकता हो ।

आज अगस्ट १२ अर्थात २५ औं अन्तर्राष्ट्रिय युवा दिवस दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नाराका साथमा अन्तर्राष्ट्रिय रुपमै युवा दिवस मनाईदै छ । अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालेको झन्डै २० वर्ष पुगेको छ । बिश्वमा दिन प्रतिदिन बढ्दो डिजिटल प्रविधिको प्रयोगमा युवाहरुको पहुँच पुर्याउन आकर्षक नाराहरु त ल्याईन्छ । तर यी नाराहरुमा आधारित रहेर बजेट बिनियोजित गर्न भने नेपाल सरकार आफैँ चुकिरहेको बिगतमा पनि पाइन्छ र वर्तमानको अवस्था पनि उस्तै छ । अहिलेको अवस्थामा सरकारले तीनै तहको सरकारले युवालाई विदेश पलायन हुनबाट रोक्न कुनै त्यस्तो ठोस कार्यक्रम ल्याएको देखिदैन । ल्याएका कतिपय कार्यक्रमहरु जस्तै युवा उद्यमशीलता विकास, निजी क्षेत्रसँगको साझेदारीमा व्यवसाय विकास केन्द्रहरूको स्थापना, वित्तीय कोषको प्रभावकारी प्रयोग, युवा नवप्रवर्तन र युवालाई आर्थिक सहयोग उपलब्ध गराउने जस्ता कार्यक्रमहरु सरकारको अस्थिरताकै कारण कार्यान्वयन हुन सकिरहेको छैन र हरेक बर्ष त्यो बजेट प्रिज भैरहेको अवस्था छ र प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा युवाका मुद्दा अपेक्षाकृत रुपमा सम्बोधन हुन सकिरहेका छैनन् ।

पछिल्लो समय देशमा बढ्दो बेरोजगारीका कारण युवामा उद्यमशीलता विकासमा आकर्षण, रुचि र स्वरोजगारीको चाहना पनि बढेको देखिएको छ । उद्यमशीलता विकासले आर्थिक वृद्धि, सामाजिक आर्थिक मुद्दा सम्बोधन गर्न र दिगो विकासलाई प्रवद्र्धन गर्न मद्दत गरिरहेको छ । तर युवाको लगानिमा सहकार्य गर्न सरकार तयार नहुदाँ पनि समस्य उत्पन्न भएको पाइन्छ ।

नेपालमा विशेष गरी पर्यटन, कृषि, जैविक खेती, नवीकरणीय ऊर्जा, सूचना प्रविधि र सफ्टवेयरको विकास, ई–कमर्स र अनलाइन सेवा, माइक्रो हाइड्रो, सौर्य ऊर्जा उत्पादन तथा सेवा र स्थानीय शिल्प कौशल सङ्कलन जस्ता क्षेत्रमा उद्यमशीलता विकासका अवसर सम्भावना धेरै देखिन्छ र युवाको आकर्षण पनि यिनै क्षेत्रमा बढी देखिन्छ तर यी क्षेत्रमा लगानी गर्न सरकार तत्पर नरहेको कारण पनि विदेशमा श्रम बेच्न बाध्य छन युवा जनशक्ति ।

हरेक वर्ष झण्डै सात लाख युवा विदेशिने गरेको तथ्यांकहरूले देखाउँछन् । यो निकै डरलाग्दो तथ्यांक हो । युवाहरूलाई उद्यमशीलता र स्वरोजगारका माध्यमबाट मुलुकभित्रै आशा, भरोसा र विश्वास जगाएर मात्र त्यो बिदेश जाने लहरलाई कम गर्न सकिएला । ठोस रूपमा युवालाई देशभित्र रहने वातवरण र माहोल सिर्जना गर्नुपर्छ । यसका निम्ति सहुलियतपूर्ण कर्जा, स्टार्टअप र उद्यमशीलता प्रवद्र्धन गर्ने सरकारले प्रभावकारी कदम चाल्नै पर्छ ।

नेपालमा संघीयता आएसँगै युवाका बिषयलाई सम्बोधन गर्ने गरी नीतिगत दस्तावेज ‘राष्ट्रिय युवा नीति–२०७२’ र ‘युथ भिजन–२०२५’ तथा दशवर्षे रणनीतिक योजना जारी गरी कार्यान्वयनमा ल्याइयो । सोही नीति अनुसार नेपालमा १६–४० उमेर समूहलाई युवा मानिएको छ । युवाको क्षेत्रमा काम गर्न बनाईएका संरचनाहरु पनि सरकारले प्रयाप्त स्रोत र साधन दिन नसक्दा शिथिल अवस्थामा रहेका छन् ।

२०७८ अनुसार नेपालमा युवा जनसंख्या ४२.५६ प्रतिशत अर्थात एक करोड २४ लाख १२ हजार १७३ रहेका छन्  । २०६८ सालको जनगणनामा युवा ४०.३५ प्रतिशत अर्थात एक करोड छ लाख ८९ हजार ८४२ रहेका थिए । पछिल्ला दुई जनसङ्ख्याको तुलना गर्दा २.२१ प्रतिशतले नेपालमा युवाको संख्या बढेको देखिन्छ । जनसाङ्ख्यिक हिसाबले युवाको जनसङ्ख्या धेरै रहेको छ । देश विकासका लागि युवा अर्थात् श्रम गर्ने उमेर समूहको जनसङ्ख्या उल्लेख्य हुनु नेपालका लागि राम्रो सूचकाङ्क हो । यसरि हेर्दा नीति निर्माण र नेतृत्व वा राज्य संचालनमा पनि युवाको सहभागिता बढ्दो क्रम देखिनेछ । संघमा १२ प्रतिशत, प्रदेशसभामा २० प्रतिशत र स्थानीय तहमा ४१ प्रतिशत युवाको सहभागिता रहेको छ ।

युवा विकास र सशक्तीकरणको सूचकांकलाई आधार मानेर सन् २०२३ को विश्व युवा विकास सूचकांक प्रतिवेदनमा पहिलो नम्बरमा एसियाली राष्ट्र सिंगापुर छ भने नेपाल १०८ औं स्थानमा रहेको छ । युवाका लागि शिक्षा, स्वास्थ्य, रोजगारी, अवसर, राजनीतिक र नागरिक सहभागिता जस्ता मापदण्डलाई आधार मानेर उक्त प्रतिवेदन तयार गरिएको हो । युवाहरुलाई नेतृत्व विकासको माध्यमबाट राष्ट्रिय विकासको मूलधारमा नसमेटी सर्वाङ्गीण राष्ट्रिय विकासको परिकलपना सार्थक हुदैन ।

संयुक्त राष्ट्र सङ्घको आह्वानमा विश्वभरि सन् २००० देखि अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाइँदै आइएको छ । सर्वप्रथम पोर्चुगलको लिस्वनमा १९९८ अगस्ट ८ देखि १२ सम्म भएको विश्वस्तरीय युवा मन्त्रीहरूको सम्मेलनले युवासम्बन्धी प्रस्ताव पारित गरेको थियो । सोही प्रस्तावका आधारमा १७ डिसेम्बर १९९९ मा भएको राष्ट्र सङ्घको साधारणसभाको प्रस्ताव नं ५४ र १२० ले अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने घोषणा ग¥यो । सोही घोषणाका आधारमा सन् २००० अगस्ट १२ देखि अन्तर्राष्ट्रिय युवा दिवस मनाउन थालिएको हो । नेपालमा पनि सन् २००४ बाट युवा दिवस मनाइँदै आइएको छ । युवाले आफूसँग जोडिएका विषयमा खुलेर बहस तथा अन्तक्र्रिया गर्दै आएका छन् । विश्वभरका सरकारले पनि युवाप्रति आफ्नो दायित्व र प्रतिबद्धता जनाउने गर्छन् । नेपालमा पनि युवाप्रति सरकारको दायित्व रहेका प्रतिबद्धता जाहेर हुँदाहुँदै पनि तदनकूलको परिणाम आउन सकेको छैन ।

नेपालसँग कसरी युवाको इन्टरनेट र प्रविधिमा पहुँच बढाउने र सिपयुक्त बनाउने भन्ने मुख्य चुनौतीको बिषय हो । नेपाली युवालाई विश्वबजारमा कसरी प्रतिस्पर्धी बनाउन सकिन्छ तदनकुलको प्रविधियुक्त शिक्षा प्रणालीको विकासमा जोड दिनु पर्छ । अब सरकारले देशभरि निःशुल्क तथा सहज रूपमा अनलाइन शिक्षा प्लेटफर्म, वेबिनार र ई–लर्निङका प्याकेज तयार पार्नु पर्छ । युवालाई घरबाटै उच्चस्तरीय शिक्षा हासिल गर्न व्यवस्था मिलाउनु पर्छ । जसले युवाको ज्ञानलाई विस्तार गर्दै, रोजगार र व्यावसायिक दक्षता बढाउन मद्दत पुग्ने छ । डिजिटल साक्षरताका कार्यक्रमले हरेक ग्रामीण क्षेत्रका युवालाई जोड्नु पर्छ । जसले युवालाई प्राविधिक ज्ञान मात्र होइन, सबल नेतृत्व क्षमता र उद्यमशीलता सहयोग पु¥याउने छ । यसरी हेर्ने हो भने, युवाको ऊर्जा, सिर्जनशीलता, र नेतृत्व क्षमतासँगै, डिजिटल प्रविधिको उपयोगले नेपाललाई समृद्धि र दिगो विकासको मार्गमा अग्रसर बनाउन सरकार जिम्मेवार बन्नु पर्छ । तव मात्र यस बर्षको उत्कृष्ट नारा दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ सफल होला ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?