© २०२३
सैनामैना, २८ साउन ।
नागरिकहरुलाई बैदेशिक रोजगारीमा पठाउँछु भनी ठगी गर्नेहरुको संख्या पछिल्लो समय बढदै गईरहेको छ । यसै क्रममा रुपन्देही जिल्ला सैनामैना नगरपालिका वडा नं.९ बस्ने बुद्धि बहादुर गुरुङ्ग, जित बहादुर गुरुङ्गबाट एजेन्ट मार्फत १४ लाख २५ हजार सैनामैना–९ बासगढी बस्ने रमेश गुरुङ्गबाट र स्याङ्जा निवासी रेशम गुरुङ्ग बाट ४ लाख ४५ हजार रकम लिईएको थियो ।
यसरी रकम लिई सम्पर्क बिहिन भएका भोजपुर जिल्ला षडानन्द –२ स्थायी ठेगाना भई हाल काठमाडौं बुढानिलकण्ठ बस्ने मन्दिरा राई बिरुद्ध पीडितहरुले सामाजिक अभियान्ता र पत्रकारको सहयोेगमा ०८१ साल जेठ २९ गते बैदेशिक रोजगार न्यायाधीकरणमा उजुरी दर्ता गराएका थिए । बैदेशिक रोजगार न्यायाधीकरणको निर्णय आदेशले यही साउन ४ गते मन्दिरा राईलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले पक्राउ गरेको थियो ।
पक्राउ परे संगै पीडक मन्दिरा राईले निजहरुको पैसा फिर्ता गरी मिलापत्र गरेको पिडितहरुले बताएका छन् । यसरी सर्वसाधारणलाई बिदेश पठाई दिन्छु भन्दै ठगी गर्नेलाई कानुनको कठघरामा ल्याउनको लागि महत्वपूर्ण सहयोग गरेकोमा सामाजिक अभियान्ता डोलराज भण्डारी, आनन्द गिरी पत्रकार दिनेश घिमिरे, बलाराम खनाल, बिप्लव खड्कालाई धन्यवाद दिए ।