ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

लायन्स इन्टरनेशनल ३२५ पीको प्रथम क्यबिनेट मिटिङ्गः सामाजिक उद्यमशीलतामा जोड

२८ श्रावण २०८१, सोमबार
२८ श्रावण २०८१, सोमबार

बुटवल, २८ साउन ।

लायन्स क्लब ईन्टरनेशनल ३२५ पी नेपाल का प्रथम क्यबिनेट मिटिङ्ग तथा पदस्थापना कार्यक्रम भैरहवामा सम्पन्न भएको छ । लामो समय देखि विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको लायन्स अन्तर्राष्ट्रिय जिल्ला परिषद ३२५ पि नेपाल २०२४÷२५ को प्रथम क्यबिनेट मिटिङ्ग सामाजिक उद्धमशिलता अन्तर्गतको कार्यक्रम गरेको हो ।

कार्यक्रममा बोल्दै लायन्स क्लवका इन्टरनेशनल डाइरेक्टर बालकृष्ण बुर्लाकोटीले सामाजिक उद्यमशिलताको महाअभियानमा सबैले साथ दिनुपर्ने बताएका थिए । लायन्स वादमा आवद्ध भएका सबै सदस्यहरुको मेहनतको कारण अहिले विश्वमा लायन्स क्लव एउटा नमुना सामाजिक क्लवको रुपमा स्थापना भएको बताउँदै उनले यो सामाजिक क्षेत्रको महाअभियानमा सबैले साथ दिनुपर्नेमा जोड दिएका थिए ।

लायन्सका सम्पूर्ण क्याबिनेट अफिसरलाई सपथ ग्रहण गराउँदै उनले क्लवको अभियानमा पूर्णरुपमा साथ दिएर लाग्न जोड दिएका थिए ।

कार्यक्रममा पिआइडी जिएटी क्सीटुसनल एरिया लिडर इसामे ईन्जिनियर संजय खेतानले सामाजिक सेवा सहित अवको क्लवले उद्यमशिलतामा जोड दिनुपर्ने बताएका थिए । उनले सफलता प्राप्त गर्नको लागि दीर्घकालिन उद्देश्य स्पष्ट हुनुपर्ने भन्दै यसको लागि आजैको मितिबाट सुरुवात गर्नुपर्नेमा जोड दिएका थिए । सामाजिक सेवा गर्नेलाई सदैव सफलता प्राप्त हुने भन्दै उनले सामाजिक उत्तरदायित्व सहितको सेवामा लाग्न आग्रह गरेका थिए ।

रुपन्देही जिल्लाका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले पछिल्लो समयमा सामाजिक विकृती समेत देखा परेको भन्दै यसलाई सबै मिलेर समास्याको समाधान गर्नुपर्नेमा जोड दिएका थिए । आफुभन्दा मान्यजनप्रति सद्भाव, सेवा, सत्कारमा लाग्न आग्रह गर्दै उनले सदैव सहयोगी भावनाले काम गर्नुपर्नेमा जोड दिएका थिए ।

लिडर सिप टेनर खुस्बु वलीले डिजिटल युगमा नौलो र फरक सुबिधा सहित हाम्रो भविष्य बारे र हामीले कसरी आफ्नो घर, परिवार, साथीभाई र वरिपरी तथा समाजमा कसरी सामाजिक उद्धमशिलता मार्फत समावेशिता बढाउन र हरेक सदस्यहरुसँग भएका फरक क्षमतालाई, विविध प्रतिभालाई, सानोसानो काम मार्फत र स– सानो लघु उद्धमका मार्फत प्रोत्साहित गर्न मद्दत गर्न सकिन्छ भन्नेबारे बारेमा कार्यक्रमका जोड दिएकी थिईन् ।

लायन्स इन्टरनेशनल ३२५ पि नेपाल डिष्ट्रिक गभर्नर पुरुषोत्तमभक्त प्रधानाङ्गले हरेक सदस्यहरुलाई सामाजिक उद्धमशिलता मार्फत कसरी तपाई र समाजमा सकारात्मक प्रभाव ल्याउन सकिन्छ र आर्थिक विकास गर्न सकिन्छ भन्ने योजना सहित नयाँ थिम अगाडि सारिएको बताएका थिए ।

उनले लायन्स अन्तर्राष्ट्रिय जिल्ला परिषद ३२५ पी मार्फत यो बर्ष केही अन्तत्र्रिmया र तालिम, केही सहयोगका काम लिएर विभिन्न दृष्टिकोण सहित संगठनात्मक बलमा रूपान्तरण गर्न, कार्यस्थल वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा जिएटी एरिया लिडर खगेन्द्र सिटौला, एलसीआएफ एरिया लिडर राजन लम्साल मल्टीपल काउन्सील चेयरपर्सन रमेश कुमार लामाले आआफ्नो धाराणा राखेका थिए ।

यस्तै कार्यक्रममा मल्टीपल डिष्ट्रिक मार्केटिङ्ग कोर्डिनेटर अरुण प्रताव राणा, डिष्ट्रिकका निवर्तमान गभर्नर अर्जुनमान सैजु, फष्ट भिडिजी बालाराम भट्टराई, सेकेन्ड भिडिजी सन्दीप कसौधन लगायतले आ आफ्नो भनाई राखेका थिए ।

डिष्ट्रिक ३२५ पि का १४ सय बढि सहभागिता रहेको एरिया चिफ ३ एव कार्यक्रम संयोजक शान्ती पाठक पाण्डेले जानकारी दिईन् । कार्यक्रममा पाण्डेले आफुलाई कार्यक्रम आयोजना गर्दा सहयोग गर्ने विभिन्न संघ संस्था तथा क्याविनेट अफिसरहरु र अन्य व्यक्तिरुलाई सम्मान समेत गरेकी थिईन् । निवर्तमान सचिव. विनोद खरेलले नयाँ समितिका सचिव माधव खनालाई कार्यभार प्रदान गरेका थिए । यस्तै निवर्तमान कोषाध्यक्ष दिनेश श्रेष्ठले वर्तमान कोषाध्यक्ष प्रकाश श्रेष्ठलाई कोषाध्यक्षको प्रतिवेदन सहित पद हस्तानान्तरण गरेका थिए । नयाँ कोषाध्यक्ष श्रेष्ठले चालु बर्षको डिष्ट्रिकको आय–व्यय प्रस्तुत गरेका थिए ।

सोही कार्यक्रममा विभिन्न विधामा उत्कृष्ठ क्याबीनेट अफिसरहर, क्लव तथा क्लवका अध्यक्षहरुलाई अवार्ड प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?