ट्रेंडिंग:

>> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ >> पुथाउत्तरगङ्गा- २ को वडा अध्यक्षमा माओवादीका घर्ती निर्बिरोध >> होमस्टे पाठशाला ‘सिरुवारी’ मा रुपन्देहीका होटल ब्यवसायीको भ्रमण >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदी आज नेपाल आउदै >> दुर्गा प्रसाईलाई अदालतमा पेश गरियो >> रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै

फोनिज, रजत वर्ष र सञ्चार अनुभव

२७ श्रावण २०८१, आईतवार
२७ श्रावण २०८१, आईतवार

नेपाल आदिवासी जनजाती पत्रकार महासंघले देशैभर फोनिजको रजत वर्षको अवसरमा विभिन्न कार्यक्रम गर्दै उल्लासपूर्ण ढंगवाट मनाउने संघीय समितिको निर्णय रहेको छ ।

यसै वमोजिम सातै प्रदेश जिल्ला र प्रदेश शाखाहरुले अगष्ट ११ साउन २७ गतेका दिन एकसाथ मनाउने गरी परिपत्र गरिएको छ । यसका साथै विभिन्न विदेश शाखाहरु समेत अगष्त ११ अर्थात साउन २७ गते फोनिजका लागि अविस्मरणीय दिन हो ।

आजको दिन सम्झन योग्य दिन फोनिजका लागि अग्रजहरुले स्थापना गरेको दिन स्वर्ण अक्षरले नाम लेखीएको दिन हो यो दिन र स्थापना गर्ने पात्र जो फानीजको गर्विलो ईतिहास लेखीएको छ । यो दस्तावेज हाम्रा लागि ठूलो ईतिहास निर्माण भएको छ ।

नेपाल पत्रकार महासंघको नयां नेतृत्व चयन गर्ने अधिवेशन र यसवाट आउने नेतृत्वका लागि पनि फोनिजको यो रजत वर्षले केही सार्थक काम गर्नु पर्ने वाध्यता र परिस्थिति वनेको छ । यसलाई आफ्नो सत्ताका रुपमा नेपाल आदिवासी जनजाती पत्रकार महासंघ फोनिजले समावेशी मुद्धालाई जोडतोडका साथमा उठाउने स्थापित गर्ने र पत्रकार महासंघ सवैको छाता संस्था जस्तो वनाउन पहलकदमी लिने विस्वास छ । यो अभियानमा पत्रकार सम्वद्ध सवै संस्थाहरुले साथ दिनेछन भन्ने आशावादी हुन सकिन्छ । यति लामो विरासत वोकिसकेको संस्था र यसले नेपाली सञ्चार जगतमा खेलेको भूमिका अतुलनीय छ ।

यो एक अभियान हो । अभियानमा आफ्नो अधिकार नेपालको संविधान वमोजिम र मानव अधिकारको मूल्य मान्यताको सिद्धान्तका आधारमा स्थापित गर्नु पर्ने आजको आवश्यकता हो । नेपाल आदिवासी जनजाती पत्रकार संघ अनिजवाट फोनिजमा रुपान्तरीत हुंदै गर्दा यसको दायरा विस्तारीत हुंदै गएको छ । आफ्ना अधिकार स्थापित गर्ने क्रममा सवैको समान अधिकारमा फोनिजले विना विभेद सवैसंग सहकार्य गर्ने र समतामुलक समाज निर्माणमा पैरवी गर्नु पर्नेछ ।

आदिवासी जनजाती पत्रकारहरु आदिवासी जनजाती कुलमा जन्मेर नेपाली सञ्चार माध्यममा काम गर्दै आएका पत्रकारहरुको संस्था फोनिज हो । यसमा विभिन्न जातीय पत्रकारहरुको संघवाट महासंघ भएको हो । नेपाली मिडियामा आदिवासी जनजातीको मुद्धाहरु राज्यका मूलधारमा आउन नसक्ने र मुद्धाहरु नआउने परिस्थिति भएकाले फोनिजको स्थापना हुनुपर्ने वाध्यता अग्रजहरुले आवस्यकता महसुस भएका कारण स्थापित भएको हो ।

फोनिज नेपाल पत्रकार महासंघको समानान्तर संस्था त होईन तर आवश्यक परेको खण्डमा पत्रकार महांसघले सहकार्य नगर्ने र हेपाहा प्रवृत्ति देखाउँदै गएको खण्डमा यसको सदस्यता वहिस्कार गर्ने सम्मको काम गर्न सक्ने सम्भावना पनि छ । यो चाहना फोनिजकर्मीको होईन महासंघ समावेशी चरित्रको वनाउन नसक्दाको परिणाम परिस्थितिले सृजना गर्न सक्ने परिस्थितिको कुरा हो । तर फोनिजले सवैको साझा अस्तित्वलाई स्वीकार गर्दछ ।

आदिवासी जनजातीहरुले लामो समयदेखि इमानका साथमा काम गर्दै आएको अवस्थामा नेपाली सञ्चार माध्यमहरुको दृष्टी पर्न सकेन यसको पैरवीका लागि पनि फोनिजको स्थापना भएको हो । यो संस्थाले नेपालको सवै जाती, भुगोल र वर्ग समुदायको आवश्यकताका आधारमा विभेद रहित पैरवी गर्छ ।

फोनिजको स्थापना २०५६ सालमा भएको हो । आज सम्मको यात्रामा धेरै उतारचढाव संग जुध्दै यात्रा तय गरेको छ । आदिवासी जनजाती पत्रकारहरु राज्यको मुलधारमा कमै मात्रामा उपस्थिति देखिन्छ । विगतको राज्य व्यवस्था यसको नीति र जातीय वर्ण व्यवस्था र यसका आधारमा वनेका व्यक्तिगत तजविजी कानुन र यसको कार्यान्वयन मुख्य कारक हुन् जसका कारण नेपाल विकासको सूचीमा निकै तल छ ।
तर विस्तारै नेपाली राजनीतिमा आएको उतारचढाव विभिन्न आन्दोलन र अभियानले मुलुकलाई विभेद रहित वनाउन पहलकदमी केही हदसम्म गरेको छ ।

फोनिज अभियानमा रुपन्देही जिल्ला सहित प्रदेश इन्चार्ज सम्म मेरो कार्यकाल

तत्कालीन अवस्थामा अनीज रुपन्देहीका वेलामा चौथो अविधेशनवाट मैले विभिन्न कष्टका वावजुद नेतृत्व सम्हाल्न पाएको थिएँ । सायद वडो संघर्षका विचमा नेतृत्व पाएको हुनाले पनि संस्थामा रहेर नेतृत्व सम्हाल्ने कुरामा चुनौती र अवसर दुवै कुराहरु मेरो हातमा थियो । यो चुनौतीलाई अवसरका रुपमा लिएको नेतृत्व क्षमताको विकास गर्ने र आदिवासी पत्रकारहरुलाई रुपन्देहीमा स्थापित गर्दे संस्थागत विकास र क्षमता अभिवृद्धिमा जोड दिने र नया पुस्तालाई पत्रकारितामा आकर्षण गर्ने अभिभारा सम्पन्न गरेको भन्ने लाग्छ । मेरो कार्यकालमा कोषाध्यक्षको भूमिकामा सुन्दर तरामुको विशेष सहयोग रह्यो भने सवै कार्य समितिप्रति आभारी छु ।

पत्रकारितामा आदिवासी जनजातीको उपस्थिति कम नै छ । ठुलो भाग खोज्ने र संघर्ष गर्न नचाहने स्वभावले पनि आदिवासी जनजाती पत्रकारहरु यो क्षेत्रमा उपस्थितिन्युन छ । भएका हरुलाई पनि समुदाय स्तरमा र संगठनमा संरक्षण नहुंदा यसवाट विस्तारै पलायन हुदै गएका छन् । जिवीकोपार्जनका लागि यो क्षेत्र कठीन छ । राज्य संयन्त्र पत्रकारिता र मिडियाको विकासमा उदासीन छ ।

स्थापना कालमा स्व. देव वहादुर पाटा मगर, वहाँको अवसानपछि भिम प्रसाद गुरुङ्ग २ कार्यकाल र त्यसपछिको चौथो अविधेशन मेरो कार्यकाल रह्यो सोनु थापा २ कार्यकाल रहँदै गर्दा अवको नेतृत्व लिने अभाव र संघ संस्थामा लागेर काम गर्ने पात्रको खडेरी हँुदै गर्दा नयाँ पिडीहरुमा आकर्षण घटेको छ । रुपन्देही पत्रकारितामा अव्वल र उर्वर भुमीको रुपमा परिचित छ ।यस्तो परिस्थीतीमा पत्रकार महासंघ रुपन्देहीको सहकार्य फोनिज संग कती र कसरी भएको छ समीक्षाको विषय हो । आदिवासी जनजाती पत्रकारलाई क्षमता अभिवृद्धी देखि सहकार्यका कस्ता मोडलहरुमा महासंघको सहकार्य रह्यो ।

नेतृत्वले वुझ्ने र वुझाउने कुरा हो । स्व. देश वहादुर पाटाको सम्झनामा नियमित पुरस्कार राशी कोषको स्थापना गर्ने काम मेरो कार्यकालमा सवैको सहयोगमा गरेको हो । प्रथम पटक डाईरेक्टरी प्रकाशन लागु औषध प्रयोगमा कमी ल्याउन विभिन्न अन्तकृयाहरु यो पनि एउटा उपलव्धि हो । यसका अलावा जिल्ला प्रहरी कार्यालय रुपन्देही, प्रदेश इलाका तथा ट्राफिक प्रहरी सहित विभिन्न रुपन्देहीमा स्थापित संघ संस्थाहरु र विभिन्न व्यवसायको प्रत्यक्ष सहयोगमा फोनिजको सामाजिक अभियान सफल भएको हो ।

४ वर्षको कार्यकालमा मैले सकेको काम गर्ने अवसर पाए केही साथीहरु केही समय वरालीएता पनि अन्ततोगत्वा समाहित भएर आए कामले जितेपछि कसैको केही लाग्दैन रुपन्देहीमा फोनिज पत्रकारहरुको संस्थामा एउटा अव्वल संस्था हो ।
फोनिज अभियान सफल वनाउन तत्कालीन मेरो नेतृत्व र कार्यसमिती प्रति आभार प्रकट गर्दछु ।

सघीयताको मर्म र भावना अनुरुप लुम्विनी प्रदेशको नामाकरण नहुंदा प्रदेश ५ को प्रथम अध्यक्ष हुने अवसर पाए २०७५ देखी २०७७ सम्म काम गर्ने अवसर भएतापनि कोभिड संक्रमण ले सोचेको काम गर्ने अवसर पाउन सकिएन । लगत्तै २०७७ वाट नेतृत्व हस्तान्तरण गरी फोनिज लुम्विनी प्रदेशको इन्चार्जको रुपमा काम गर्ने अवसर प्राप्त भयो तर प्रदेश समिती त्यति कृयाशिल हुन सकेन अविधेशनमा सवैलाई नेतृत्वमा जान मन लाग्ने र पदाधिकारी वन्न मन लाग्ने तर काम गर्ने तौर तरिका सांगठनिक मर्म र भावना अनुरुप काम नगर्ने परम्पराले नेतृत्व जाम हुने र कृयाशिलता घट्ने र विभिन्न अवसरबाट फोनिज वन्चीत हुंदै गएको छ ।

तीन तहका सरकार आदिवासी जनजाती पत्रकारप्रति उदासीन

पछिल्लो समय तीन तहका सरकारहरुले मिडियामा विभिन्न ढंगवाट लगानी गर्ने अनुदान दिने वातावरण वनेको भएतापनि आदिवासी जनजाती पत्रकारहरु यसवाट वञ्चीत भएका छन् । सरकार संगको पहुंच नहुने आफुपनि निरन्तरता नदिने र विभिन्न प्रकृयामा सहभागी नहुंदा सरकार संगको सहकार्य निकै न्युन रहेको अवस्था छ । समानता र सहभागिता समावेशी चरीत्र नेपालको संविधान २०७२ ले मौलिक हक सहित विभिन्न समुदायलाई फुलाउने वातावरण भएका वेलामा पनि यसको व्यवहारिक कार्यान्वयन हुन अलि कठीन देखिएको छ ।
राज्यको चरीत्र सवैका लागि समान हक स्थापित गर्ने नागरिकद्वारा स्थापित एउटा संस्था हो । यो संस्थाको दृष्टीकोण समान हुन आवश्यक छ । सरकारी संयन्त्रमा आदिवासी जनजाती पत्रकारहरुको पहुंच नभएको अवस्थामा यसको संस्थागत विकास र आदिवासी जनजाती पत्रकारहरुको क्षमता विकास तथा संस्थागत विकास हुन सकेको छैन । सम्वन्धित निकाय समानता मौलिक हक र संविधान प्रदत्त अधिकारलाई विभिन्न कार्यक्रम मार्फत कार्यान्वयन आवश्यक छ ।

मिडियामा समावेशीता

नेपालको मूलधारका सञ्चार माध्यममा आदिवासी जनजाती पत्रकारहरुको उपस्थिति न्युन रहेको छ । पत्रकारितामा विस्तारै वामे सर्दै गरेको फोनिज र यसमा आवद्ध पत्रकारहरु औलामा गन्न मिल्ने अवस्था छ । पत्रकारितामा लागेकालाई यसमा टिकाउन र टिक्न अझ गाह्रो अवस्था छ ।

मिडियामा समावेशी सञ्चार नीतिका माधयमवाट यसको जगेर्ना गर्ने फोनिजको माग हो । हाल पत्रकार महासंघले ल्याएको शुद्धीकरणले भएका केही आदिवासी जनजाती पत्रकारहरु लाई समस्यामा पारेको अवस्था छ । पत्रकारिता संगै वाच्ने आधारमा केही काम गर्दे पत्रकारिता पेशालाई जोगाउन अभियान थालेका लाई शुद्धीकरणले समस्यामा पारेको छ । त्यती मात्रै नभएर उस्तै प्रकृतीका केही पत्रकार शुद्धीकरणमा परे त कोही परेनन् जस्को शक्ति उस्कै भक्ति शुद्धीकरणले न्याय दिन सकेन ।

विभिन्न सञ्चार माध्यममा आदिवासी जनजात्ी पत्रकारहरु कमै मात्रामा छन् । नेपाल पत्रकार महासंघको छाता संस्था संघ प्रदेश र जिल्लाले आदिवासी जनजाती पत्रकारहरुलाई सहयोग नगरेका कारण क्षमता अभिवृद्धी जस्ता कामहरु हुन सकेको छैन । रुपन्देहीका विभिन्न मिडियामा आदिवासी पत्रकारहरु न्युन उपस्थिति रहेको छ । आफैपनि पत्रकारितामा नलागेका र भएकाहरु पनि विभिन्न कारणले पलायन भएको अवस्था छ । सञ्चार जगतका लागि पनि यो त्यती राम्रो सूचक होईन ।

आदिवासी जनजाती महासंघ र एकल जातीय संस्थाहरु फोनिज संगको सहकार्य न्युन
देशभरमा सुचीकृत भएका आदिवासी जनजातीहरुले आदिवासी जनजाती पत्रकार र सञ्चार माध्यम संग सहकार्य कमै मात्रामा गरेको पाउन सकिन्छ । आदिवासी जनजाती पत्रकार हरुलाई यस्ता संस्थाले आफ्नो अनुकुल व्याख्या गर्ने गर्दछन् । विभिन्न समयमा खुलेका आदिवासी जनजाती मैत्री सञ्चार माध्यमहरु समस्यामा पर्दै गएपनि चासो नभएको विभिन्न तितो अनुभवहरु रहेको छ ।

सञ्चार माध्यममा समाचार आएन भन्ने गुनासो गर्ने तर आफ्नो भुमीका सुन्य हुने यस्तो परीस्थीती छ । देशभर विभिन्न भाषा भाषी र विभिन्न जातीहरु को मिडियामा सञ्चारलन र प्रवद्र्धनमा चासो छैन ।

रुपन्देहीमा रहेका ११ वटा जातीय संस्थाहरु फोनिज र आदिवासी जनजाती पत्रकारहरु संगको सहकार्य निकै कम छ । विभिन्न खालका आस्था विचार वोकेर अभियानमा लागेका जनजाती पत्रकारहरु रुपन्देहीमा छन् तर तिनीहरुलाई आस्थाकै आधारमा कार्यक्रमहरुमा समेत बोलाउँदैनन् विडम्वना यही हो । केही अमुक पार्टी जो आफुलाई आदिवासी मैत्री र आफुले मात्र आदिवासी जनजातीको मुद्धा उठाउने ठेक्का जन्मेदेखि नै बोकेर आएका छन् । यस्ता अतिवादी चिन्तन वोकेका अभियान्ता र राजनीतिज्ञ समाज वनाउनेहरुले उकास्ने भन्दापनि उधो गतिमा लैजाने र क्षतविक्षत वनाउने काम गरेका छन् । एकताको सुत्रलाई भत्काउने काम गरेका छन् । आदिवासी जनजाती लोकतन्त्रमा स्थापित विभिन्न विचार आस्था वोकेका पार्टीहरुमा लामवद्ध भएर लागेका छन् यो आजको आवश्यकता हो तर यसलाई कसैले पनि नजर अन्दाज गर्न मिल्दैन । आज एकल जातीय संस्थाहरु यस्तै सानो सोच विचारले खुम्चिदै गएका छन् । आदिवासी जनजाती समुदायको विकास आफ्नै कारण वाट पनि विचलीत भएको अवस्था लाई नकार्न मिल्दैन अरुलाई दोष थुपारेर पन्छीने प्रवृत्तीको अन्त्य आवस्यक छ ।

मिडियामा आदिवासी कन्टेन्ट 

देशभर आदिवासी पत्रकारहरु करीव २५ सय सख्यामा रहेको र वृद्धि हुंदै आएपनि गुणात्मक रुपमा यसको विकास हुन सकेको छैन । तथापि सकेसम्म आफ्ना विषयहरु उठान गर्दै आएका छन् ।
नेपाली सञ्चारहरु व्यवसायिक र एउटा मिसनमा लागेका वेलामा आदिवासी जनजातीहरु पनि यसका पाठक, श्रोता, र दर्शक हुन उनीहरु पनि आफ्ना कुराहरु सञ्चार माध्यममा आउन सकोस भन्ने चाहाना अवस्य पनि हुन्छन् । त्यसैले समुदायगत रुपमा सवैको आफ्नो चासो हुने गर्दछ ।

आदिवासी जनजाती पत्रकारहरु यहाको विवीधता, धार्मिक ,भाषिक, सांस्कृतिक सहित राजनैतिक र विभिन्न विविधताका कुराहरु गर्न चाहेपनि आदिवासी पाठक या श्रोताले यस्ता कुरा सञ्चार माध्यममा सुन्न हेर्न र पड्न पाएका छैनन् ।

मगर दिवस, ल्होसार, भुम्या पर्व, माघ्या सकराती, साकेला, उधौली उभौली, सहीत यस्ता विभिन्न पर्वहरुमा मात्र अलि चर्चा परिचर्चा भएको पाएको देखिन्छ । अन्यथा आदिवासी जनजातीका अधिकार स्थापित गर्ने कुरा यसका माध्यमवाट नेपाललाई समविकासमा पुर्याउने कुराहरु आउन सकेको छैन । नेपालले पक्ष राष्ट्र भएर गरेका विभिन्न सन्धीहरु कार्यान्वयन नभएका कुराहरु र यसको असरहरुका वारेमा सञ्चार माध्यममा वहसको विषय भएको छैन ।

सञ्चार माध्यमको विकास गर्न सवै समुदायको चासो र सरोकारका विषयहरु पनि पस्कन सकेको खण्डमा सञ्चार कन्टेन्टमा पनि समावेशी वन्न सक्छ र व्यवसायिकतामा पनि यसले ठुलो मद्धत गर्दछ । मुलुकमा करीव ३७ प्रतिशत आदिवासी समुदायको वाहुल्यता भएको कुरा जनगणनाले पनि स्पष्ट पारेका वेलामा मिडियामा कन्टेन्टको खडेरी छ भन्ने लाग्दैन । आदिवासी जनजातीको आफ्नो छुट्टै भाषा रहेको छ यस्ता विविधता नेपाली सञ्चारका लागि अझ उपयोगी वन्न सक्छ । संयुक्त राष्ट्र संघले दिगो विकासको लक्ष्यलाई पनि यसको मापदण्डका रुपमा राखेकाले नेपालले सन्धीमा हस्ताक्षर गर्ने तर कार्यान्वयन नगर्ने परम्परा यथावत छ । मुलुकमा रहेको विविधता हाम्रो सम्पत्ति हो सञ्चारमा आउने विविधता युक्त कन्टेन्टले समाजलाई एकाकार वनाउने सरकारले सोचेको समृद्ध नेपाल निर्माणमा ठुलो योगदान दिन सक्छ । कुनैपनि समुदाय वर्ग, क्षेत्र पछाडी रहेर एक्लै रेस जितेको भान हुन सक्छ । तसर्थ समावेशी कन्टेन्ट आजको दुनीयाको आवश्यकता हो । सञ्चारलाई जोगाई राख्न सवैको आवाज सुन्न, देख्न र हेर्न आवश्यक छ ।

विभिन्न प्रकृतिका सञ्चार माध्यमहरुमा आफ्नो अनुभव

२०५६ वाट रेडियो मदनपोखरामा मैले सञ्चार यात्रा प्रारम्भ गरेको दिन हो आजका दिन सम्म रजत आजका दिनसम्म आउदा मेरो सञ्चार यात्राले पनि जित वर्ष मनाएको छ । । यसरी आफ्नै घरदैलोमा खोलेको रेडियोले मलाई पनि केही गर्ने मौका दियो । केही समय काम गरेपछी वुटवल एफएम २०५९ वाट सञ्चालनमा आएको हो । यस संस्थामा पनि मैले विभिन्न ढंगवाट काम गर्दे २०६८ वाट विदा लिए । यसरी सामुदायिक भावनाबाट ओतप्रोत रेडियो र व्यवसायिक भावना वाट सञ्चालीत सञ्चार माध्यममा काम गर्ने मौका पाए ।

यो संगै एवीसी टेलिभिजनमा व्युरो प्रमुखका रुपमा काम गर्दा एउटा छुट्टै रमाईलो अनुभव गर्ने मौका पाए । लुम्विनी टेलिभिजनमा इम्मोड च्यानलकै रुपमा सुका माना घ्युको कथाले एउटा पुस्तालाई समायोजन गर्न सकेको पाका पुस्ताको अनुभव थियो ।

२०६८ वाट समुदायमा केही गर्ने हुटहुटीले आदिवासी जनजाती समुदायको प्रत्यक्ष संलग्नतामा रहेको स्व. मनवीर गर्वुजाको अगुवाईमा सामुदायिक रेडियो समावेशी स्थापना र निरन्तर सञ्चालन गर्दै आउने अवसर पाए । संस्थापक सचिव र स्टेशन प्रवन्धकका रुपमा काम गर्दै आएको छु । यो संस्था सञ्चालनमा पनि निकै कठिनाई र चुनौतीहरु छन् । तत्कालीन मेयर शिव सुवेदीको नेतृत्वले केही सहयोग गरेपनि हाल खेलराज पाण्डेको नेतृत्वले केही सामग्री खरीदमा सहयोग गरेको छ यसप्रति आभार प्रकट गर्दछु । स्थानीय सरकारले स्थानीय स्तरका मिडिया जोगाउनु आवस्यक छ ।

यसरी काम गर्ने शिलशिलामा २०७२ देखि राष्ट्रको गौरव नेपाल टेलिभिजनमा संवाददाताको रुपमा काम गर्दे आएको छु ।

यसरी रेडियो, टिभीमा विभिन्न खालका अनुभव र अध्ययनले पहिलो पटक लुम्विनी प्रदेश सरकारले परिकल्पना गरेको सञ्चार समन्वय परिषद लुम्विनीको स्थापना र यसको प्रथम अध्यक्षको रुपमा तत्कालीन मुख्यमन्त्री लिला गिरीको सरकारले नियुक्ती गरेको र केही समय राजनैतिक अस्थिरताले समस्या भएता पनि हाल ततकालीन अर्थमन्त्री तथा हालका मुख्य मन्त्री चेतनारायण आचार्यको अग्रसरतामा सञ्चार परिषदको बजेट व्यवस्थापन, कार्यालय व्यवस्थापन सम्मको कामहरु अगाढि वढाउने काम प्रकृयामा छ । मिडिया बचाउनका लागि सञ्चार माध्यम र पत्रकार आफै लाग्नु पर्ने छ । सञ्चार परिषदको कृयाशिलताको आवश्यकता यसैको खातिर हो ।

यसै सन्दर्भमा लुम्विीनी प्रदेशमा भएको वजेट एकीकृत रुपमा एकद्वार प्रणालीवाट वितरण गर्न भन्दै प्रदेशका सञ्चार माध्यमहरुले गरेको आन्दोलन र मागले सञ्चार माध्यम व्यवस्थीत गर्ने र पत्रकारिता पेशालाई वलियो वनाउने अभियानमा सञ्चार परिषदको समन्वय र सयोजकत्वमा वनेको कार्यदलले मिडिया व्यवस्थापनमा योगदान दिने अभियान छ । यो अनुभवले अगाढी वढाउन पक्कै पनि मद्धत गर्नेछ । कार्यदलले सञ्चार मन्त्रालयको सहकार्यमा केही लिखीत रुपमा आफ्ना मागहरु पेश गर्नेछ र पेश गरीएका मागहरु सम्वोधन हुनेछ । यसो भएमा आज सम्मको अनुभव सार्थकतामा परीणत हुनेछ ।

संस्थागत सहभागिता र अनुभव

सामान्यतया रेडियो मदनपोखरा मेरो लागि कोषे ढुंगा सावित भएको छ । गाउँघरमा खोलेको रेडियोमा विभिन्न सिपहरु सिक्ने अवसर पाउन सकियो । केही वर्षको अनुभवले गाउँ छोडेर वुटवल आउने अवसर पाए केही फड्को मार्ने कोशिस भयो ।

मिडियाको निरन्तरता रेडियो मदनपोखरा नै हो । त्यसपछि वुटवल एफएम केही समय काम गरेपछि सिफ्ट ईन्चार्जको रुपमा काम गरे त्यहांवाट विस्तारै विभिन्न तहहरुमा काम गर्ने मौका पाए ।

दुई रेडियोले एवीसी न्युजमा व्युरो प्रमुख हुने अवशर पाए त्यती वेला किरण मरहठ्ठाको सहयोग राम्रो सहयोग पाए हाल वाहा अमेरीकामा हुनुहुन्छ । लगत्तै केही समय काम गरेपछी रेडियो समावेशी स्थापना गर्न थालियो । आदिवासी जनजाती न्यायका लागि सञ्चार अभियानद्वारा सञ्चालित रेडियोको स्थापना गरी सस्थापक सचिव तथा स्टेशन प्रवन्धकको भुमिकामा निरन्तर रहदै आएको छु । यो संस्था चुनौतीका वावजुद सञ्चालन हुदै आएको छ । यो सञ्चालनमा समस्या पहुंचको अभाव पनि हो ।

यसरी सुरुमा पत्रकारिताको संस्थामा नेपाल आदिवासी जनजाती पत्रकार संघ अनीजको अध्यक्षको रुपमा संस्थागत काममा जोडीन सकेको थिए । लगत्तै नेपाल आदिवासी जनजाती पत्रकार महासंघका रुपमा विकसीत भएको हो ।

यसपछि फोनिजको प्रदेश ५ मा पहिलो अध्यक्षको रुपमा नेतृत्व लिने र काम गर्ने मौका पाएको हो भने २ वर्ष पछि फोनिज लुम्विनी प्रदेशको इन्चार्जका रुपमा आजका मिति सम्म काम गर्दै आएको छु । पत्रकारिताको अन्य संस्थाहरुमा २०७३ देखि सामुदायिक रेडियो प्रशारक संघको केन्द्रीय सदस्य हुदै २०७६ वाट उपाध्यक्ष पदमा रही सामुदायिक सञ्चारको विकासमा काम गर्दे आएको छु । भने प्रेस चौतारी नेपालमा केन्द्रीय सदस्यका रुपमा संस्थागत विकास र पत्रकारिताको विकासमा आफ्ना समयहरु खर्चेको छु । मगर पत्रकारको केन्द्रीय सचिव हुदै सञ्चार जगतमा विभिन्न संघ संस्थामा रहेर काम गर्दा समुदाय मैत्री कामले संस्थागत नेतृत्व गर्ने र यसका माध्यमवाट समुदायको विकास गर्ने अभियानमा निरन्तरता दिएको छु । वर्तमान अवस्थामा आर्थिक मन्दीले सुस्ताएका बेलामा सञ्चार माध्यम प्रत्यक्ष मारमा भएकाले कष्टपुर्ण रहेको जगजाहेर छ ।

यसरी हाल लुम्विनी प्रदेश सरकारले नियुक्त गरेको सञ्चार समन्वय परिषदमा अध्यक्षको रुपमा काम गर्ने मौका पाएको तर विभिन्न राजनैतिक अस्थिरताले काम गर्न समस्या हँुदै आएपनि हाल केही सहजता भएको छ । यसरी विभिन्न संस्थाका माध्यमबाट समाज परिवर्तनमा पहिलो संस्थागत खुड्किलो फोनिज रुपन्देही मेरो लागि अविस्मरणीय छ । सञ्चार यात्राको २५ वर्षमा फोनिज रुपन्देहीले आजको दिनमा स्व. देव पाटा स्मृती पत्रकारिता पुरस्कारले मलाई पुरस्कृत गरेकोप्रति सवैमा आभार प्रकट गर्दछु ।

(लेखक गाहा सञ्चार समन्वय परिषद लुम्बिनीका अध्यक्ष, अकोरावका उपाध्यक्ष र फोनिज लुम्बिनी प्रदेशका इन्चार्ज हुन् ।)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?