ट्रेंडिंग:

>> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ >> सांसद शाक्य आईपियोको दिगो स्थायी विकास समितिमा उम्मेदवारी दिने >> राष्ट्रपति र कार्यबहाक प्रधानमन्त्रीका बीचमा पहिलो भेटवार्ता

प्रकृतिप्रेमी बुद्व सर

२६ श्रावण २०८१, शनिबार
२६ श्रावण २०८१, शनिबार

बुद्वबहादुर बस्नेत सरले बुटवल बहुमुखी क्याम्पसमा प्राध्यापन गर्न थालेको पनि रजत वर्ष कटिसक्यो । त्रिभुवन विश्वविद्यालयले उनलाई २५ वर्षसम्म अटुट शिक्षण–सेवा गरेवापत यसै वर्ष दीर्घसेवाबाट सम्मानित हुने अवसर दिएको छ ।
अर्थशास्त्र विषयका उपप्राध्यापक बस्नेत सर,बुटवल बहुमुखी क्याम्पसमा मानविकी संकायतर्फको चारपटक सहायक क्याम्पस प्रमुख र तीन महिना निमित्त क्याम्पस प्रमुख समेत बनेर आफ्नो शैक्षणिक एवम् व्यवस्थापकीय क्षमता प्रदर्शन गरिसकेका छन् ।
उनीसँग क्याम्पस सञ्चालक समितिको सदस्य–सचिव र परीक्षा प्रमुख बनिसकेको गतिलो अनुभव छ । शालीन,अध्ययनशील र मिलनसार व्यक्तित्वका रूपमा आफ्नो पहिचान बनाईसकेका उनले साविक दोभान गाविस, वडा नं.५ को वडाध्यक्ष भएर जनसेवकका रूपमा आफूलाई स्थापित गराई सकेका छन् ।

अर्थशास्त्रमा एमए,कानूनमा स्नातक र एक वर्षे बिएड् गरेका उनले यतिबेला बुटवल बहुमुखी क्याम्पसबाहेक कहिंकतै प्राध्यापन र नीजि एवम् संस्थागत कलेजहरूमा लगानी गरेका छैनन् । आफ्नो क्याम्पसलाई नै सरस्वतीको मूलमन्दिर मानेका छन् ।
क्याम्पसको निर्माण तथा मूल्याङ्कन समितिका अध्यक्ष बनेर गतिशीलरूपमा अघि बढिरहेका छन् ।
फुर्सदमा घरको काममा व्यस्त हुन्छन् । पत्रपत्रिका र पुस्तक पढ्न ओैधी रुचि राख्ने बस्नेत सरले देश,विदेशको राजनीतिक,आर्थिक एवम् सामाजिक परिवेश बुझ्न टेलीभिजनको सहारा लिने गरेको बताउँछन् ।

बुटवलको गोलपार्क नजिकै उनको घर छ । घरको छतमा उनले तीन वर्षदेखि कृषिकर्म गरेका छन् । करिव ५० वटा ड्राईगनफ्रुटका बोट लगाएका छन् । गतवर्ष ६/७ वटा बोटहरूले फल दिएपनि यसवर्ष २० बढी बोटले फल दिन थालेपछि फ्रुट खाँदाखाँदा हैरान भएको बस्नेत सरले बताए । छिमेकी,पाहुना,ईष्टमित्रहरूलाई फ्रुट बाँड्दै ईष्ट राख्न पाईएको कुरा समेत उनले सुनाए । उनको छतको बारीमा Miya zaki जातको आँप पाईन्छ । जुन जातको आँपको एउटा बेर्ना किन्दा एक हजार आठ सय खर्चिएको बताए । उनका बारीमा बेलौती,एप्पल बयर,कागती, अनारलगायतका फलफूल र मौसमी तरकारीहरू घिरौैला,लौका,भिन्डीसमेत फलेका छन् । अर्थ बुझेका उनलाई मौसमी तरकारीले यो आर्थिक संकटका बेला आर्थिक भारबाट जोगाएको छ ।

पहँला,राता,हरिया फूलहरू फुलेको देख्दा बस्नेत सरलाई आनन्द लाग्छ र प्रकृतिप्रेमी भएको महसुस् हुन्छ रे !
क्याम्पसबाट फर्केपछि दैनिकरूपमा विरुवामा पानी राख्ने,गोडमेल गर्ने र आवश्यकता अनुसार प्राङ्गरिक मलहरू समेत राख्ने गरेको सुनाए ।
उनी भन्छन् – सानो परिवारलाई छतको बारीमा फलाएको तरकारी,फलफूलले आर्थिक भारमात्र घटाएको छैन । श्रम,सीप र समय खर्चिएर स्वाबलम्वी बन्न समेत सिकाएको छ । सबैले यसो गर्न सकेमा तरकारी,फलफूलको आयात घट्न सक्थ्यो कि !
उनकी श्रीमती कमला जीसीले पनि फुर्सदमा बस्नेत सरको तरकारी बारीमा सहयोग गर्छिन् । तिनाउ गाउँपालिकाकी कर्मचारी उनले आफूहरूलाई बारीको उत्पादित तरकारीले धेरै राहत मिलेको बताईन् ।

प्रकृतिमा रमाउन रुचाउने बस्नेत सरले सिद्धबाबा मन्दिरको अध्यक्ष रहँदासम्म सिद्धबाबा धार्मिक वनमा वृक्षरोपण, गोडमेल र दालचिनी रोपण गरि आर्थिकउपार्जन हुने विरुवामा जोड दिएको भेटिन्छ ।
सुरुसुरुमा अंगुरखेती र कुखुरापालन गरी नमूना कृषकका रूपमा समेत आफूलाई उभ्याएका बस्नेत सरले यतिबेला बिएडमा अध्ययनरत विद्यार्थीलाई शिक्षण विधि पढाउँछन् । पढाउनमा नामी बुद्व सरलाई उनको क्याम्पसमा नचिन्ने विरल्लै होलान् !
खोज,अध्ययन र अनुसन्धानमा विशेष रुचि राख्ने बस्नेत सरले एकक्षण पनि आफूलाई खालि राख्न रुचाउँदैनन् ।
उनले आफ्नो बारीमा लगाईएका हरेक बोटबिरुवाको फुल्ने,फल लाग्ने र उत्पादन हुने समय,लाग्न सक्ने रोग र रोकथामका बारेमा राम्रो हेक्का राख्ने गरेका छन् ।व्यवसायिक फलफूल तथा तरकारी खेती नगरेपनि उत्पादनले घरखर्चलाई पुराउँदै आएका बस्नेत सरले आफूले जानेको ज्ञान,सीप र क्षमता अरूलाई समेत बाँड्न चाहन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

50% 50% 0% 0%