ट्रेंडिंग:

>> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति >> सडक आन्दोलनका विषयमा रास्वपाभित्र चर्को विवाद, सुमनालगायतका नेताहरु आन्दोलन रोक्नुपर्ने पक्षमा >> विभिन्न हातहतियारसहित दुई जना पक्राउ

राप्तीका अधिकांश होटल,पसल मापदण्ड विपरित

२५ श्रावण २०८१, शुक्रबार
२५ श्रावण २०८१, शुक्रबार

लमही,२५ साउन ।
दाङको राप्ती गाउँपालिकाका भालुवाङ र पाखापानी बजारका अधिकांस पसल मापदण्ड विपरित भएको पाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुर दाङको सहकार्यमा ती बजारको अनुगमन गर्दा अधिकांस पसल मापदण्ड विपरित सञ्चालन भएको पाइएको हो ।

२ दिनको अनुगमनको क्रममा भालुवाङ पुल्चोक बजार र पाखापानी बजार क्षेत्रका कुल ४६ वटा पसलको अनुगमन गरेको छ । जसमा ३६ वटा होटल, ३ वटा मासु पसल, १ वटा बथ स्थल, ४ वटा किराना पसल र १ वटा डेरी, १ वटा कोल्डड्रिङ गरि ४६ वटा पसलहरूको अनुगमन गरेको छ ।

पछिल्लो समय देशका विभिन्न जिल्लामा हैजा, झाडापखाला, डेंगी लगायतका रोगको संक्रमण फैलिरहेको र होटल, मासु पसल, बथ स्थल, डेरी, गल्ला तथा किरानाहरूमा हुने अखाद्य वस्तुहरूको प्रयोगले मानव स्वास्थ्यमा असर गर्नुका साथै सेवाग्राहीहरू ठगिने समस्यालाई मध्यनजर गरी बजार अनुगमन थालिएको बजार अनुगमन समितिका सदस्य तथा आर्थिक विकास समितिका संयोजक दामोदर आचार्यले जानकारी दिए । अनुगमनको क्रममा अधिकांश होटलहरूमा खाने तेलको गुणस्तरमा ह्रास देखिएको छ भने अखाद्य वस्तु फेला परेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरिक्षक सुर्दशन गोसाईले जानकारी दिए । त्यसै गरि फुट कलर हालेको, म्याद नाघेका सामानहरू फेला परेको र सरसफाईमा कमी देखिएको खाद्य निरिक्षक गोसाईले बताए । फेला परेका अखाद्य वस्तुहरूको तत्कालै नस्ट गरिएको छ भने त्यस्ता बस्तु भेटिएका पसलका सञ्चाकहरूलाई पहिलो पटकका लागि सचेत गराइएको खाद्य निरिक्षक गोसाईले जानकारी दिए ।

गाउँपालिकाकी उपाध्यक्ष तथा अनुगमन समितिकी संयोजक कमलापती चौधरीको नेतृत्वमा खटिएको अनुगमन टोलीमा गाउँपालिकाका कर्मचारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय तुलसीपुरका खाद्य निरीक्षकहरू, इलाका प्रहरीकार्यालय भालुवाङका प्रहरी, स्वास्थ्यकर्मी र पत्रकार लगायतको सहभागीता रहेको थियो । अनुगमन अझै केही दिन सम्म सञ्चालन हुने गाउँपालिकाले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?