ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

पश्चिम नेपाल बस प्रा.लि.द्वारा मृतक ब्यवसायीका परिवारलाई १७ लाख प्रदान

२५ श्रावण २०८१, शुक्रबार
२५ श्रावण २०८१, शुक्रबार

बुटवल, २५ साउन ।

दुर्घटनामा परी निधन भएका आफ्ना शेयर सदस्यको परिवारलाई बिमा रकम वापत १७ लाख रुपैयाँ प्रदान गरिएको छ । पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.द्वारा शेयर सदस्य लु १ ख ८७८७ नम्बरका गाडी धनी भैरहवा निवासी जानकी देवी पाण्डेको परिवारलाई सो रकम प्रदान गरिएको हो । बिहीबार एक कार्यक्रका बिच मृतक पाण्डेका छोराहरु अखिलेश कुमार पाण्डे र कमलेश कुमार पाण्डेलाई उक्त रकम हस्तान्तरण गरिएको थियो ।

यति ठुलो रकम राहत वापत ब्यवसायीको परिवारलाई प्रदान गरिएको पहिलो पटक भएको प्रा.लि.ले जनाएको छ । आफ्नै घरको छतबाट खसेर गम्भीर घाईते भएकी सिद्धार्थनगर ३ भैरहवा निवासी पाण्डेको उपचारका क्रममा युनिभर्सल मेडिकल कलेजमा निधन भएको थियो । पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.का शेयर सदस्य समेत रहेकी पाण्डेको निधन पश्चात मृतकका परिवारलाई ब्यवसायी कल्याणकारी कोष मार्फत २ लाख रुपैयाँ र बिमा वापतको १५ लाख गरी कुल १७ लाख रुपैयाँ प्रदान गरिएको अध्यक्ष दधिराम खरेलले बताएका छन् ।

अध्यक्ष खरेलका अनुसार कुल २२ सय २ शेयर सदस्य रहेको प्रा.लि.ले ब्यवसायीको निधन पछि परिवारलाई राहत होस भन्ने उद्देश्यले ब्यवसायीहरुको २२ लाखसम्मको बिमा तथा राहत रकमको ब्यवस्था संस्थाले नै गरेको छ । अध्यक्ष खरेल भन्छन—पश्चिम नेपाल बस ब्यबसायी प्रा.लि.ले स्थापना गरेको सहकारी मार्फत आफ्ना शेयर सदस्यहरुको ब्यावसायिक सुरक्षा र सदस्यका परिवारहरुको हकहितका लागि आर्थिक सहयोग गर्ने उद्देश्यले बिशेष ब्यवस्था गरेको छ ।

आफ्ना सदस्य ब्यवसायीहरुको पेशागत सम्मान र हकहित संरक्षणलाई मुख्य प्राथमिकतामा राख्दै पश्चिम नेपाल बस ब्यवसायी प्रा.लि.ले पछिल्लो समय मरणोपरान्त समेत परिवारलाई रकम प्रदान गर्दै आईरहेको छ । ब्यवसायीका साथै परिवारको जिवनयापनमा समेत सघाउ पुर्याउने उद्देश्यले सहकारी मार्फत रकम वितरण गर्ने ब्यबस्थगा गरिएको प्रवन्ध संचालक रामचन्द्र भुसालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?