ट्रेंडिंग:

>> ‘भ्यालेन्टाइन डे’ मा तानसेनमा सडक खाना महोत्सव >> स्कलर्स होममा साहित्य अभिमुखीकरण >> नाडा लुम्बिनीको सप्ताहब्यापी कार्यक्रम >> प्रेस सेन्टर नेपाल रूपन्देहीद्वारा २१औं स्थापना दिवसमा दीप प्रज्वलन >> कफी पर्यटनः कति संभव >> पुर्वराजा शाह कपिलवस्तुमा >> अध्यादेशमार्फत जनता सन्तुष्ट, सरकारको कामप्रति सकारात्मक प्रतिक्रिया: प्रधानमन्त्री >> नेप्से परिसूचक २४.५० अङ्कले वृद्धि >> बराबरीमा रोकिए थ्री स्टार र चर्च ब्वाइज >> साउदी क्लब अल हिलाल छाडेर नेयमार हिडे, कता जाने टुंगो लाग्न बाँकी >> माघ १९ मा बुटवलमा फोहोर उठाउने दौड प्रतियोगिता >> कार्यव्यवस्था समितिको बैठकमा कांग्रेस र माओवादी बीच नोकझोक >> सामाजिक सञ्जालको नियन्त्रणका लागि सरकारले नयाँ विधेयक दर्ता गर्यो >> एमाले संसदीय दलको बैठक जारी >> समाजवादी मोर्चाको अन्तर्क्रिया सुरू >> ओलम्पिक खेलमा ट्रान्सजेन्डर खेलाडी माथि प्रतिबन्धको सम्भावना >> प्यालेस्टाइनको पक्षमा बोल्दा स्विटजरल्याण्डमा पत्रकार पक्राउ, तीन दिन पछि रिहा >> विदेश पठाइदिन्छु भन्दै लाखौं ठगी गरेको आरोपमा चार जना पक्राउ >> लोकतान्त्रिक सांस्कृतिक अभियान लिएर देश दौडाहामा निस्कदै >> कार्यव्यवस्था परामर्श समितिको बैठक सिंहदरवारमा जारी >> स्रोत नखुलेको १० लाखसहित बारामा दुई जना पक्राउ >> रोट्र्याक्टको नयाँ नेतृत्वको लागि प्रकाश शर्मा निर्वाचित >> रुकुम आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा उद्घाटन >> कपिलवस्तुको कृष्ण नगरबाट १ किलो चरेस सहित एक महिला पक्राउ >> कपिलवस्तुमा आत्महत्या रोक्न दुई हप्ते सचेतना अभियान >> एक सय जना महिलालाई एक हजार सात सय कुखुरा वितरण >> राष्ट्रपति पौडेलद्वारा दीप प्रज्वलन गरि सोनाम ल्होसारको शुभारम्भ >> ११ बजे मन्त्रीपरिषद बैठक बस्दै >> वडाको प्रशासनिक भवन निर्माण गरिने >> नेपालको राजनीतिक अस्थिरताका विविध पक्षहरू >> भारतबाट नब्बे हजार मेट्रिक टन गहुँ आयात गरिँदै >> मधेशमा दाइजोविरुद्ध अभियानको खाँचो >> बुटवल तिनकुनेमा डिडिसीको बिक्री काउन्टर >> ‘भन्सार कानून संसोधनबिना खुल्ला सीमा व्यवस्थापन असंभव’ >> रोकिएन ‘मोडिफाई बाईक’ आतंक थाक्यो कि, लोभियो प्रहरी ? >> प्रदेश राजधानीः देउखुरी पर्यटन >> मानसिक रोग विभाग युसिएमएस भैरहवाको २४ औं वार्षिकोत्सवमा गोष्ठी >> देशमा पश्चिमी वायुको सामान्य प्रभाव, कस्तो रहला दिनभरको मौसम ? >> सत्तापक्षको बैठक: अध्यादेशमा एउटै मत राख्ने, हिउँदे अधिवेशन प्रभावकारी बनाउने >> मदारबाबा दरगाहथानः आस्था साझा, भूगोल विवाद ! >> बैतडीका बिष्ट बुटवल जङ्गलमा मृत फेला >> बाल विवाह विरुद्धको अभियानमा मुख्यमन्त्री आचार्यको प्रतिबद्धता >> नेप्से १०.६१ अंक घटेर २६३३ अंकमा कायम >> अवरुद्ध कर्णाली प्रदेश संसद मंगलबार बस्ने >> सम्पत्ति शुद्धीकरण निवारणमा सम्बन्धित निकायबीच समन्वय अपरिहार्य : प्रधानमन्त्री >> सेनाको हेलिकप्टर लिएर तेह्रथुम पुगेका प्रचण्डले भने – माटोको माया नगर्ने प्रवृत्तिले विदेश जाने क्रम बढ्यो >> ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा बारामा एकको मृत्यु, चालक फरार >> घोराहीको न्यायिक समितिद्वारा पहिलो अर्धवार्षिकमा ४६ विवाद मिलापत्र >> हिउँदे अधिवेशन माघ १८ गतेदेखि सुरु >> सभामुख घिमिरेले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक
कर्णालीमा संघीयताको सात वर्ष उपलव्धिहीन

फेरिए मन्त्री, फेरिएन विकास

२४ श्रावण २०८१, बिहीबार
२४ श्रावण २०८१, बिहीबार

सुर्खेत, २४ साउन ।

कर्णाली प्रदेश सरकार गठन भएको सात वर्षको अवधिमा भएका सात वटा विकासका काम भन्न कठिन छ, अधिकांश महत्वाकांक्षी योजना ल्याइए तर, कार्यान्वयन तहमा पुग्न सकेनन् । तर, यो अवधिमा सरकार भने निकै फेरिए । सत्ताको मोहका कारण नाागरिकसँग चुनावमा गरिएका वाचा भने लत्याइदिएका छन् । चर्चामै आउनको लागि सरकारमा रहेका बेला केही महत्वकांक्षी योजना ल्याएतापनि हाल ती योजना अलपत्र अवस्थामा छन् । विशेष गरी अध्ययनबिनै हचुवाकै भरमा लोकप्रियताका लागि नयाँ कार्यक्रम घोषणा गर्ने हुँदा ती कार्यक्रमहरु कार्यान्वयनतर्फ जान नसकेको अवस्था छ । त्यसैगरी पटक पटक नयाँ सरकार गठन भइरहनु र अघिल्लो सरकारले ल्याएको बजेटको पछिल्लो सरकारले अपनत्व नलिँदा यस्ता लोकप्रिय कार्यक्रमहरु कार्यान्वयन हुन सकेका छैनन् । अर्गानिक कर्णाली घोषणा, बैंक खाता छोरीको सुरक्षा जिवनभरिको, एक विद्यालय एक स्वास्थ्यकर्मी लगायतका महत्वपूर्ण कार्यक्रमहरु अहिले ओझेलमा छन् ।

बरु यो अवधिमा प्रदेशले चार÷चार वटा प्रदेश प्रमुख र मुख्यमन्त्री पाइसकेको छ भने ४५ जना मन्त्री बनिसकेका छन् । ४० सदस्यीय प्रदेश सभा रहेको कर्णालीमा सरकार स्थापनाको पहिलो कार्यकालमा दुई मुख्यमन्त्री र २१ मन्त्री बने भने दोस्रो कार्यकालको डेढ वर्षको अवधिमै दुई मुख्यमन्त्री र २० जना मन्त्री बनेका छन् ।

कर्णाली प्रदेश सरकार गठनको सुरुवातमा नेकपा एमाले–माओवादी बिचको सत्ता समीकरणमा सरकार बनेको थियो, जसको मुख्यमन्त्री माओवादीका महेन्द्रबहादुर शाही बने । नेकपाको सरकार सत्तामा रहेको बेला प्रतिपक्षान नेपाली कांग्रेस थियो ।

पहिलो कार्यकालमा कर्णालीमा नयाँ तथा केन्द्रमै प्रभाव पर्ने गरि केही राजनीतिक अभ्यास भए । एमालेका चार जना सांसदले दलको ह्वीप उल्लघंन गरेर ‘फ्लोर क्रस’ समेत गरे । त्यसपश्चात तत्कालिन मुख्यमन्त्री शाहीलाई समर्थन गरेको कारण ६ महिना पछि प्रत्यक्षतर्फ एक सिट जितेको नेपाली कांग्रेसका संसदीय दलका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बने ।

यसरी आफुले चुनेका प्रतिनिधिहरु विकास निर्माणका कामहरु भन्दा पनि सरकार फेर्नमै व्यस्त बनेपछि नागरिकहरुमा निरासा छाइरहेको छ । नागरिक अगुवा पिताम्वर ढकालले आफुहरुले चुनेका प्रतिनिधिहरु बढीजसो सरकार निर्माणमै रुमलिएको बताउँछन् । ‘प्रदेश सरकार पनि संघकै छायाँ सरकार जस्तो देखियो’ उनी भन्छन् , ‘नागरिकका चाहनाअनुरुप काम गर्न नसकेको अवस्था छ ।’

नागरिक मात्र होइन प्रदेश सभामा प्रतिनिधित्व गर्ने सांसद समेत प्रदेश सरकार बनेको उपलब्धि भनेको सरकार निर्माण मात्र रहेको बताउँछन् । राप्रपाकी सांसद सन्तोषी शाहीले सांसद भएको दुई वर्षको अवधिमा सरकारबाट गतिलो कुनै काम पनि नदेखिएको बताउँछिन् । ‘जनमानसमा एउटा छुट्टै आसा थियो प्रदेश सरकारप्रति तर, दिन प्रतिदिन खस्किदै गएको छ’ शाही भन्छिन्, ‘मैले सांसद भएदेखि नजिकबाट देखेको कुरा पनि यही हो मन्त्री को बन्ने भन्नेमा मात्र होडबाजी छ , विकास र नागरिकका आवश्यकतासँग कुनै पनि मतलव नै छैन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?