ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

स्तनपान सप्ताह सकिँदै गर्दा भन्नैपर्ने कुरा

२३ श्रावण २०८१, बुधबार
२३ श्रावण २०८१, बुधबार

आज स्तनपान सप्ताहको अन्तिम दिन । स्तनपान भनेर सबैले बुझ्छन भन्ने पनि छैन । यो भनेको सबैले बुझ्ने भाषामा बच्चा जन्मीसके पछि आमाले बच्चालाई दुध चुसाउनु भनेको नै स्तनपान भनेर हामीले बुझ्नुपर्छ । कुनैबेला थियो अटोमेटिकली बच्चा जन्मेपछि आमाले दुध खुवाउँथे । यो दिवस मनाउनु सित पनि कसैलाई कुनै सरोकार थिएन । समय परिस्थिती सँगै बिस्तारै दुध चुसाउने आमाहरूमा कमी हुँदै गयो । जसका कारण बालबालिका अस्वस्थ हुँदै गए । त्यसकारण बालबालिकालाई दुध चुसाउन प्रोत्साहित गर्न यो दिवस मनाउन लागियो । अर्को कुरा आमाहरूले दुध चुसाएतापनि आमाको दुधको महत्व कति छ भन्ने धेरैलाई थाहा नै थिएन । दुधको महत्व जानकारी गराउन पनि यो दिवस मनाउन लागेको पाइन्छ । स्तनपान दिवस भनेर सप्ताहव्यापी मनाउनु भनेको सबै आमाहरूले यस्को महत्व बुझेर दुध चुसाउने काम गरुन भन्ने नै यसको उद्देश्य रहेको पाइन्छ । विश्व स्तनपान सप्ताह प्रत्येक वर्ष यही समयमा मनाइने एक उत्सव नै हो । यो उत्सव १२० भन्दा धेरै देशमा अगस्ट १ देखि ७ गतेसम्म प्रत्येक वर्ष आयोजना गरिन्छ । २४ जुलाई २०२१ सम्मको तथ्यांक अनुसार विश्व स्तनपान सप्ताह विश्वका १२० भन्दा बढी देशहरूले आयोजना गर्ने गरेको पाइन्छ । वल्र्ड अलायन्स फर ब्रेस्टफिडिङ एक्सनको रूपमा विश्व स्वास्थ्य संगठन र युनिसेफले एकैसाथ जीवनको पहिलो ६ महिनाका लागि पूर्ण स्तनपानलाई बढावा दिने लक्ष्य लिएर यो दिवस साताव्यापी रूपमा मनाउँदै आएको छ । यो उत्सवको उद्देश्य नयाँ आमा बाबुहरूको बीच जागरुकता पैदा गर्न र संसारभरीमा शिशु स्वास्थ्यमा सुधार गर्नु हो ।

विश्व स्तनपान हप्ता पहिलोपटक १९९२ मा वल्र्ड अलायन्स फर ब्रेष्टफिडिङ एक्सनद्वारा १ देखि ७ अगस्टसम्म उत्सवका रूपमा मनाइएको थियो । विश्वव्यापी स्तनपान संँस्कृतिलाई पुनः स्थापना गर्ने र जहिलेपनि स्तनपानका लागि समर्थन प्रदान गर्ने लक्ष्यसहित युनिसेफ, डव्लुएचओ, व्यक्ति संगठनहरू र सरकार लगायत उनीहरूका साझेदार संस्थाहरूले मनाउने गर्छन । वल्र्ड अलायन्स फार ब्रेष्टफिडिङ एक्सनले २०२१ का लागि स्तनपानको रक्षा एक साझा जिम्मेवारी भन्ने नारा घोषणा गरेको थियो । हुन त आफ्नो बच्चालाई स्तनपान गराउने कुरा सबैलाई जानकारी भएकै कुरा हो । तर यस बारेमा बिस्तृत रूपमा जानकारी पाउन पनि आवश्यक छ । प्रारम्भिक स्तनपान अर्थात बच्चा जन्मिएको एक घण्टाभित्र वा यसमा पनि जतिसक्दो छिटो स्तनपान गराउने अर्थात ६ महिनासम्म नवजात शिशुलाई आमाको दुध मात्र खुवाउने र बच्चा जन्मेको कम्तिमा २ वर्षसम्म अन्य खानेकुराको सँगसँगै आमाको दुधपनि प्रयाप्त मात्रमा खुवाने कुरामा सबै आमाहरूलाई परामर्श दिनुपर्ने यो दिवस को उद्देश्य रहेको छ ।

आमाको दुधमा शिशुको शारीरिक तथा मानसिक विकासका लागि चाहिने सम्पूर्ण तत्वसहित ८७ प्रतिशत पानी, ७ प्रतिशत गुलियो पदार्थ, ४ प्रतिशत चिल्लो पदार्थ र १ प्रतिशत प्रोटिन हुन्छ । यसले शिशुलाई झाडापखाला, विभिन्न खाले एलर्जी तथा अन्य रोगहरूको संक्रमणबाट बचाउंँछ । आमाको दुधले शिशुलाई कुपोषण हुनबाट बचाउँंछ भने बालबालिकाको मृत्युदरमा १६ प्रतिशत र नवशिशुको मृत्युदरलाई २५ प्रतिशतले घटाउंँछ । स्तनपान गराउनाले आमा र शिशुबीच विशेष सम्बन्ध कायम गर्छ भने आमालाई मधुमेह, स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सरको जोखिम पनि कम गर्दछ ।

सन २०२३ मा विश्व स्तनपान सप्ताहको विषयवस्तु स्तनपान र काममा केन्द्रित छ । २०२३ को नाराले कार्यस्थलमा स्तनपानलाई वढावा दिन प्रेरित गरेको छ । स्तनपानमैत्री कार्यस्थलको सुनिश्चितता सबै सरोकारवालाहरूको प्रतिबद्धता भन्ने यसको मुख्य थिम रहेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार आधा बिलियम भन्दा बढी कामदार महिलालाई राष्ट्रिय कानुनमा आवश्यक मातृत्व सुरक्षा दिइएको छैन । केवल २० प्रतिशत देशहरूले रोजगारदाताहरूलाई विश्राम र स्तनपानका लागि सुविधाहरू प्रदान गर्न आवश्यक ठानेका छन । आफना शिशुलाई नियमित रूपमा ६ महिनासम्म स्तनपान गराउन हरेक आमालाई प्रेरित गर्दै एक हप्तासम्म स्तनपान सप्ताह मनाउने गरिएको छ । स्तनपानको महत्व प्रवर्धन गर्न मनाइने यो वार्षिक अभियान हो । आमा र बच्चा बिचको निकटता बढाउने अवसरको रूपमा यो दिवसलाई लिने गरिएको छ । स्तनपानको फाइदा के छ भन्ने जिज्ञासा हुन सक्छ । गर्भधारणको प्रक्रियासँंगै आमाको स्तनमा दुध बहन थालेको हुन्छ । पहिलो बिगौती दुध बच्चाका लागि अमृत समान मानिन्छ । यसले बच्चामा धेरै रोगहरूसंँग लडन सक्ने प्रतिरोधात्मक क्षमता बढाउन मद्दत गर्छ । आमाको दुध बच्चाको लागि शुद्ध खाना हो, पचाउन पनि सजिलो हुन्छ र सजिलै उपलब्ध गराउन सकिन्छ । बच्चाको बृद्धि विकासका लागि आवश्यक सबै प्रकारका पोषक तत्वहरू आमाको दुधमा हुने गर्दछ । यसमा एन्टिबडीसमेत हुने भएकोले विभिन्न संक्रमणबाट बचाउँंछ । स्तनपानले महिलामा मोटोपन, दम तथा एलर्जीको जोखिमलाई कम गराउँंछ । आमाको दुधले संज्ञानात्मक विकासको लागि पनि महत्वपूर्ण भूमिका खेल्दछ ।

स्तनपानबाट आमालाई हुने फाइदाहरूमा सुत्केरी भए लगत्तै गराइने स्तनपानले बच्चा जन्माइ सकेपछिको पाठेघर खुम्चिने प्रक्रियालाई बढावा दिई रक्तश्रापमा कमी ल्याई कहिलेकाहीँ ज्यान जोगाउन पनि मद्दत पुर्याउँंछ । बच्चा जन्मेपछि धेरैजसोमा भविष्यमा हुन सक्ने स्तन तथा अन्य क्यान्सरको जोखिममा न्यूनीकरण, बच्चासंँगको आत्मिय बन्धनको विकास र यी धेरै फाइदाहरू संँगसँंगै घर परिवारसँंगको सम्बन्धको विकास, परिवारको आर्थिक तथा सामाजिक विकासमा पनि महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । २०२३ मा स्तनपान दिवसको नारा थियो– स्तनपान गरौं काम गरौं भन्ने नारासहित यो दिवस मनाइयो । कार्यस्थलमा स्तनपानका लागि सुरक्षित वातावरण निर्माण गर्ने र स्तनपान गराइरहेका आमाका लागी विदाको व्यबस्था गर्ने आवश्यकताबारे २०२३ को नारा तय गरिएको थियो ।

विश्व स्वास्थ्य संगठन र युनिसेफले सरकार र रोजगारदातालाई आमाहरूलाई स्तनपान गराउन आवश्यक समय, ठाउँं र समर्थन प्रदान गर्ने परिवार अनुकूल नीति लागू गर्न आव्हान गर्दै आएको छ । स्तनपानलाई शिशुको सबैभन्दा पुरानो र पहिलो खोप समेत भन्ने गरिन्छ । दुधमा रोग निरोधक तत्व हुन्छ । जसले नवजात शिशुको रोगसँंग लडन सक्ने क्षमता विकसित गर्न मद्दत गर्छ । बच्चा जन्मेपछि जतिसक्दो छिटो स्तनपान गराउनु पर्छ । शिशुलाई ६ महिनासम्म स्तनपान मात्र गराउनु पर्दछ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर ६ महिना मुनिका ४४ प्रतिशत शिशुलाई मात्र स्तनपान गराइन्छ । यस्तै स्तनपानको अभ्यासलाई सुधार गरिएमा वार्षिक रूपमा आठ लाख बिसहजार शिशुको ज्यान जोगाउन सकिन्छ । स्तनपान नगराउँंदा वार्षिक झण्डै तिन सय खर्ब रकम खर्च हुने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ । स्तनपानले शिशु र आमा दुवैको स्वास्थ्यमा फाइदा पुग्ने गर्छ । शिशुको वृद्धि, बिकास र रोग प्रतिरोधात्मक क्षमताको विकासका लागि स्तनपान महत्वपूर्ण हुने गर्छ । चिकित्सकका अनुसार स्तनपानले शिशुलाई कष्ट र तनावबाट समेत मुक्त गराई आराम प्रदान गर्दछ । यो बर्ष नेपाल सरकारले आमाको दुधको भण्डारण गर्ने ब्यवस्था मिलाउने भएको छ । आमा बच्चा दुबैको फाइदाका निम्ति पनि स्तनपान निकै महत्वपूर्ण छ । स्तनपान गराउँदा आमाको सौन्दर्यता बिग्रन्छ भन्नेहरू स्तनपान गराउँदा अरू राम्रो हुनेमा बिश्वस्त हुनुपर्छ । आमा बच्चा दुबै स्वस्थ हुने कुरालाई नबिर्सी आमाहरूले स्तनपान गराउने तिर ध्यान दिउँं ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?