© २०२३
काठमाडौँ । बंगलादेशमा प्रदर्शनकारीले प्रधानमन्त्री निवासमा तोडफोड गरेर लुटपाट गरेका छन् । बंगलादेशमा शेख हसिनाले राजीनामा दिएपछि प्रदर्शनकारीहरू ढाकास्थित प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । प्रधानमन्त्रीको निवास प्रवेश गरेर प्रदर्शनकारीले प्रधानमन्त्री निवासका सामानहरू लागेका थिए ।
स्थानीय समाचार च्यानलमा देखाइएको तस्विरमा प्रधानमन्त्री निवासबाट सोफा, कुर्सी बोकेर मानिसहरु बाहिर निस्किदै गरेको देख्न सकिन्छ ।बंगलादेशमा गत महिनादेखि विद्यार्थीहरू आन्दोलनमा थिए, उनीहरूको पहिलो माग सरकारी जागिरमा आरक्षण खारेज गर्ने थियो । पछि उनले प्रधानमन्त्री पदबाट शेख हसिनाको राजीनामा माग गरेका थिए ।
प्रदर्शन चर्किएपछि हसिनाले राजीनामा दिएर देश छोडेकी छन् । उनी हेलिकप्टरबाट देश छोड्दै भारतको अगरतला शहर पुगेकी छन् ।प्रधानमन्त्री हसिनाले राजीनामा दिएर देश छोडेपछि सेना प्रमुख जनरल वकार उज जमानले राष्ट्रका नाममा सम्बोधन गर्दै जनतालाई शान्ति कायम राख्न अपील गरेका थिए । उनले देशमा अब अन्तरिम सरकार गठन हुने समेत बताएका छन् । उनले सेना र पुलिसलाई गोली नचलाउन आदेश दिएका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी