© २०२३
नेपाल सरकार संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सम्मानीय राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा पुष्पलाल राष्ट्रिय पुरस्कार-२०८० (साहित्यतर्फ) बाट लामो समयदेखि साहित्य साधनामा क्रियाशील प्रगतिशील साहित्यकार चतुर्भुज आत्रेयलाई पुरस्कृत गरेको छ । एक लाख नगदसहित ताम्रपत्र,दोसल्लाबाट सम्मानित आत्रेयका आधा दर्जनबढी पुस्तक प्रकाशित छन् ।
रुपन्देहीमा रहेर साहित्य,कला, पत्रकारितामा गतिशील उनलाई राज्यले यो किसिमको पुरस्कारले पुरस्कृत तथा सम्मानित गर्नु सबैलाई खुसी लागेको प्रलेसका केन्द्रीय सचिव दलबहादुर गुरुङले बताए ।
उनीसँगै पुरस्कृत हुनेमा कम्युनिस्ट नेता सिद्धिलाल सिह,मरणोपरान्त डाक्टर विश्वनाथ सिहसमेत पुरस्कृत भएका छन् ।
पुरस्कारको संयोजन पुष्पलाल स्मृति प्रतिष्ठानले गरेको थियो ।