ट्रेंडिंग:

>> चारदेशीय टी–२० शृङ्खलाको फाइनलमा नेपालले आज कुवेतसँग खेल्दै >> सुदूरपश्चिम लोक सेवा आयोगले पहिलोपटक खुलायो थारु कोटा >> नेपालका पुर्व आईजीपी राणाको निधन >> संगितमा उचाई बटुल्दै नन्दु >> जसले छाडे निर्माणको १ करोड बढी रकम >> वनस्पति संरक्षण गर्न साताव्यापी सचेतना >> युद्धविराम भंग पछि इजरायली हमलामा ५०० प्यालेस्टाइनी बालबालिकाको हत्या >> गृहिणीको श्रमको सम्मान कहिले ? >> आर्थिक गतिरोध र मुलुकको खस्कँदो अन्तर्राष्ट्रिय साख >> रोकिएन बैदेशिक रोजगारीको पीडा >> पर्यटक तान्दै रिडीको हनुमान बाटीका >> ट्रम्पको कर नीतिका मास्टर माइन्ड स्टीफन मिरोन, जसले हल्लाईरा’छन् विश्व >> स्कुलमा भरिदै ‘मधेशी छोरी’ >> ठूलाखर्क सेवा समाज रुपन्देहीद्वारा सहयोगदाताहरुलाई सम्मान >> पूर्वी भेगमा छिटफुट वर्षा, पहाडी ठाउँहरुमा हिमपातको सम्भावना >> तीन दिनदेखि शिक्षकहरू र शिक्षा मन्त्रालयबिच छलफल, निस्केन निकास >> तीन लाख राशीको मणिमुकुन्द कप इन्डो–नेपाल पुरुष भलिवल हुँदै >> अब अन्तरविश्वासको नवीन काँग्रेस बनाउनुपर्छः महामन्त्री शर्मा >> बिसिए यु–१३ प्रिमियर लिगको अक्सन सम्पन्न >> उपाधिका लागि आयोजक भुपु र सिम्रिक भिड्ने >> नेवा सेवा समितिको अध्यक्षमा डिल्ली श्रेष्ठ >> ट्रिनेटी युवा क्लब वालिङलाई उपाधि >> प्रदेश स्तरीय फुटबलको उपाधि बर्दियालाई >> राप्ती नदीमा डुवेर एक युवतीको मृत्य, एक युवती गम्भीर घाइते >> ७७ जिल्लामै नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक पुग्यो >> तिलोत्तमा व्यापार संघद्वारा शुभकामना आदानप्रदान >> औषधि ब्यवसायीको अभिमुखिकरण तथा शुभकामना आदानप्रदान >> हङकङसँगको खेल वर्षाले प्रभावित हुँदा नेपाल फाइनलमा >> विनयी खोलामा आएको बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध >> बुटवलमा युनिक डेन्टलको तेस्रो शाखा >> बुटवलबाट पाल्पा तर्फ आउँदै गरेको कार सिद्धार्थ राजमार्गमा पुरियो >> निःशुल्क स्वास्थ्य शिविरमा आठसय भन्दा बढीले सेवा लिए >> शिक्षकका माग पूरा गर्न समाजवादी मोर्चाको आग्रह >> रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट >> एन्जिला चलचित्र किन हेर्ने ? >> सामाजिक सञ्जाल दर्ता नभए बन्द हुन्छ: सञ्चारमन्त्री गुरुङ्ग >> दस्तावेजीकरणको लागि थारुहरूको अध्ययन गर्दै: थारु आयोग >> टी–२० शृङ्खलाको लिग चरणको अन्तिम खेलमा आज नेपाल हङकङसँग खेल्दै >> अरब सागरबाट जलवाष्पयुक्त हावा भित्रियो, यी प्रदेशमा वर्षा हुने >> रुपन्देही क्रिकेट एकेडेमी र नवज्योती विजयी >> घरआँगनमै निःशुल्क स्वास्थ्य सेवा, स्थानीय हर्ष  >> नेपालमा स्थायी सरकारका लागि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री आवश्यक–महामन्त्री शर्मा >> लुम्बिनी प्रदेशका ६ जिल्लामा वन व्यवस्थापन कार्यक्रमको अनुगमन >> १० तस्विरमा एमालेको जागरण सभा >> सिम्रिक फाईनलमा >> तिलोत्तमामा चौथो एमजीके अन्तराष्ट्रिय कराते च्याम्पियनसीप हुँदै >> प्रधान सेनापति राष्ट्रिय टेनिस प्रतियोगिता बैंशाख २१ गतेदेखि >> वैदेशिक रोजगारलाई अझै मर्यादित र व्यवस्थित बनाउन जरूरी छः श्रममन्त्री भन्डारी >> दुर्गा प्रसाई माथि अनुसन्धान गर्न १२ दिनको म्याद थप >> एमाले सिध्याउँछु भन्नेहरु सफल भएनन्ः प्रधानमन्त्री ओली

शिक्षकद्वारा ११ वर्षीय नाबालकमाथि निर्घात कुटपिट

२१ श्रावण २०८१, सोमबार
२१ श्रावण २०८१, सोमबार

बुटवल, २१ साउन ।

सैनामैनाको एक विद्यालयका कम्युटर शिक्षक कमल भण्डारीले नाबालक विद्यार्थीमाथि निघाएत कुटपिट गरेका छन् ।

सैनामैना नगरपालिका वडा नं.१ स्थित उक्त विद्यालयका शिक्षक भण्डारीले नाबालक विधान खनालमाथि कुटपिट गरेका हुन् । सैनामैना वडा नं.२ बस्ने वर्ष ११ का खनाल सोही विद्यालयको कक्षा ७ मा अध्ययन गर्ने छात्र हुन् ।

शुक्रबार विहान १० बजे अध्ययनका लागि स्कुल गएका विधान पिटाई खाएर रुँदै घर फर्किएका हुन् । विद्यालयका कम्युटर शिक्षक भण्डारीले नाबालक विद्यार्थी विधान खनालको खुट्टाको साप्रोमा निल डाम् हुने गरी प्लाष्टिकको पाईपले २५ पटक पिटेको विद्यार्थीले बताएका छन् । साथै, विधानको शरीरका अन्य अंगमा पनि निल डाम रहेको छ । उनको साप्रो सुनिएको छ ।

पीडितको आमा राधा खनालले न्याय माग्दै मिडियामा आएर हदै सम्मको कार्वाहीको माग गरेकी छन् । उनी भन्छिन्, “विद्यालयमा शिक्षा लिन मैले पठाएकी थिएँ, तर छोरो स्कुलबाट पिटाई खाएर आयो, त्यो विद्यालयमा पढाई हुन्छ कि पिटाई हुन्छ ? निर्घात कुटपिट विरुद्ध कानुनी कार्बाही अघि बढाउने पीडितले उल्लेख गरिन् ।

विद्यार्थीलाई कुटपिट गर्न नपाईने सैनामैना नगरपालिका शिक्षा शाखा प्रमुख राधा बञ्जाडेले बताईन् । घटनाबारे थप सोधपुछ गरी कार्वाहीको लागि प्रक्रिया अघि बढाउने बञ्जाडेले उल्लेख गरिन् ।

घटनाको विषयलाई लिएर पीडितको उजुरी आए तत्काल नियन्त्रणमा लिई प्रक्रिया अघि बढाउने जिल्ला प्रहरी कार्यालय रुपन्देहीको प्रहरी उपरीक्षक रञ्जित सिंह राठौरले जानकारी दिए । उजुरी परेसंगै घट्नाबारे अनुसन्धान हुन्छ र कानुनी उपचार हुने एसपी राठौरको भनाई छ । बालबालिका सम्बन्धी ऐन २०७५ को दफा ६६ अन्तर्गतको कसुरमा १ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवाना हुने कानूनी व्यवस्था रहेको छ ।

यता, विद्यालयका प्रधानाध्यापक नेत्रलाल पुरीले कुटपिट भएको बारे आफूले पनि जानकारी पाइसकेको भन्दै विद्यालय व्यवस्थापन समितिको बैठक बसेर आवश्यक निर्णय लिइने बताए । शिक्षक भण्डारी सैनामैना नमुना माविमा निजी स्रोतका रुपमा कार्यरत छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?