ट्रेंडिंग:

>> गैंडाको आक्रमणबाट एकको मृत्यु >> प्रधानमन्त्री ओलीका बुवा अस्पताल भर्ना >> नेपालमा कानून र न्यायको क्षेत्रमा महिला अधिवक्ताहरूका लागि चुनौतीहरू >> नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन >> विवाह >> फौजदारी मुद्धा लागेकालाई राजनीतिक नियुक्ती >> सुरेशप्रति सम्मान >> कर तिर्ने १६ जना करदाता सम्मानित >> स्कुलमा करेसाबारी सपार्ने सिप >> अमेरिकी खर्बपति एलन मस्कसँग प्रधानमन्त्री ओलीको भर्चुअल संवाद >> मेयर बालेन एमालेविरुद्ध परिचालित : महासचिव पोखरेल >> गरिमा विकास बैंकको १८ औं वार्षिकोत्सवमा बुटवल शाखाले गर्यो रक्तदान >> कर सप्ताहमा ब्याडमिन्टनः घिमिरे र क्षेत्रीको जोडीलाई उपाधि >> कर्णालीमा योजना र विकासलाई नयाँ दृष्टिकोणबाट अघि बढाउँछौ : मुख्यमन्त्री >> निजामती कर्मचारी संगठन रुपन्देही संगठन विस्तार तथा शुद्धिकरण अभियानमा >> विकास र सुशासनका पक्षमा एमाले दृढ छ : प्रधानमन्त्री ओली >> अराजकता र भ्रम चिरेर अगाडि बढ्नुसः लिला गिरी >> जनमतकी सांसद सापकोटालाई हटाउने निवेदन अगाडी नबढाउने सभामुखको निर्णय >> चीन भ्रमण सफल हुन्छ- प्रधानमन्त्री ओली >> यो समीकरण ०८४ को मंसिरसम्मै जान्छ : प्रधानमन्त्री >> विकास र समृद्धिको संकल्प पूरा गर्ने बाटोमा ढुक्कका साथ अघि बढेका छौं- प्रधानमन्त्री ओली >> बर्दियामा मलको हाहाकार >> राष्ट्रपति पौडेलसँग सभामुख घिमिरेको भेटवार्ता >> जागरण सभा एमाले सकियो भन्नेहरुका लागि जवाफ हो- महासचिव पोखरेल >> भैरहवामा राष्ट्रिय कर दिवसको समापन >> बीआरआइ बारे कांग्रेसको स्पष्टोक्ति: अनुदान नै कार्यान्वयन भएका छैनन्, ऋणको कुरा नगरौं >> स्वास्थ्य सेवा ऐन ल्याउन मन्त्रिपरिषदबाट सैद्धान्तिक स्वीकृति >> काठमाडौमा एमालेको जागरण सभा सुरु (लाइभ) >> एमालेलाई दिएको जग्गा दानविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा >> अस्ट्रेलिया सामु निरिह भारत, १५० रनमा अलआउट >> छत्तीसगढमा सुरक्षा बलसँगको भिडन्तमा १० नक्सलवादी मारिए >> एमालेको र्याली शुरु, दरबारमार्गमा जागरण सभा हुदै >> लुम्बिनीका मुख्यमन्त्रीसंग स्वीट्जरल्यान्डका राजदुतको भेट, प्राविधिक सहयोगलाई निरन्तरता दिन आग्रह >> बोल्सोनारोविरुद्ध ‘कू’ प्रयासको आरोप >> नेपालको क्रेडिट रेटिङ सन्तोषजनकः अर्थमन्त्री >> फिल्म ‘ह्रस्व दीर्घ’ भारतमा पनि रिलिज गर्छौं, लगानी उठाईसक्यौं- नीता ढुंगाना >> एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने >> अस्ट्रेलियाले १६ वर्षमुनिकाले सामाजिक सञ्जाल चलाउन नपाउने कानुन ल्याउँदै >> आज कति छ सुनचाँदीको मुल्य ? >> विद्यार्थीहरुलाई साईकल वितरण >> डन्डाखोलामा १० हजार माछाका भुरा छाडीयो >> विश्व मत्स्य दिवसमा तालमा स्थानीय जातका भुरा >> मणिमुकुन्द उद्यानमा पाँच लाख पर्यटक >> कानुनका विद्यार्थीहरू बिच कालिकामा बहस >> प्रारम्भिक शिक्षा सुधार्न ‘साक्षरता कार्यक्रम’ >> आशा जगाउँदै नेपाली चलचित्र उद्योग >> सडकको स्वच्छतामा देखिएका समस्या >> प्रशासन गुल्मीमा सेवा लिन दैनिक चार घण्टा लाईन >> मुसा खान मुसाको खोजी >> पाल्पाका चार खानी उद्योगलाई वनको मुद्दा

मोतिपुर खानेपानीमा विवाद : अध्यक्षले नीतिगत भ्रष्टाचार गर्न खोजेको भन्दै तालाबन्दी

१६ श्रावण २०८१, बुधबार
१६ श्रावण २०८१, बुधबार

बुटवल, १६ साउन ।

मोतिपुर खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाले संस्थागत निर्णय बिना जिन्सी सामाग्री खरिद गरिएको भन्दै उपभोक्ताले कार्यालयमा तालबन्दी गरी बिरोध जनाएका छन् ।

बुटवल उपमहानगरपालिकाका ३ वटा वडा मोतिपुर क्षेत्रका १७, १८,१९ मा बसोबास गर्ने करिव ४२ सय घरधुरीले उक्त खानेपानी उपभोग गर्छन् । यसको कार्यालय भने १९ नं.वडामा रहेको छ । तर यसै खानेपानी संस्थाका अध्यक्ष जंग बहादुर खत्रीले एक्लौटी रुपमा कर्मचारीको मिलेमतोमा कार्यसमितिलाई जानकारी नदिई कुनै पनि निर्णय नगरी अनावश्यक सामग्री खरिद गरी नीतिगत भ्रष्टाचार गर्न खोजेको भन्दै उपभोक्ता समितिका पदाधिकारी र बिभिन्न नागरिक समाजका व्यक्ति र उपभोक्ताहरुले बिरोध जनाएका छन् ।

उक्त सामग्री खरिद पछि भुक्तान दिने बेलामा पदाधिकारीले थाहा पाएपछि भुक्तानी रोकी आर्थिक अपचलन हुन सक्ने र सार्वजनिक खरिद एन विपरित हुन सक्ने भन्दै संस्थाका अध्यक्ष खत्रीको संयोजकत्वमा अनुसन्धान तथा छानबिन समित गठन गरिएको थियो । उक्त छानबिन समितिले निकालेको प्रतिवेदनमा बुटवलमा रहेको आनुपम ईन्टरप्राईजेज र जय कृष्ण ट्रेडिङबाट मिति २०८१÷२÷१६ मा कोटेसन लिएर २०८१÷२÷ २७ र अन्य फरक फरक मितिमा भ्याट सहित १५ लाख ५८ हजार ३ सय ६३ रुपैयाँ बराबरको सामग्री संस्थाको लागि भनी कोटेशनको आधारमा खरिद गरिएको देखिन्छ । संस्थामा कार्यरत कर्मचारी कार्यालय सहायक राधा फौदारबाट संस्थाको नाममा रहेको ग्लोवल बैँकको खाताबाट ९ लाख ४२ हजार ७ सय पचास रुपैयाँको चेक काटी अध्यक्ष जंग बहादुर खत्रीले हस्ताक्षर गरी कोषाध्यक्ष कृष्ण बहादुर नेपालीको हस्ताक्षर बिना नै एक्लौटी गर्न खोजेको आरोप लागेको छ । तर कार्यालय सहायक फौदारका अनुसार चेक काटिए पनि पैसा नबुझाएको बताइन् ।

संस्थाका उपाध्यक्ष मिन प्रसाद श्रेष्ठ, सचिव केशव पाण्डे, कोषाध्यक्ष कृष्ण बहादुर नेपाली, सहसचिव दुर्गा चापागाईं र सदस्य केदार न्यौपाने, जनक गौतम लगायत कार्यसमितिले भने सामग्री खरिद प्रक्रियामा कुनै निर्णय नगरी कुनै जानकारी समेत नरहेको बताए । सचिव पाण्डेका अनुसार सामग्री खरिद गर्दा अलिअलि सामान्य छलफल भए पनि कार्यसमितिको सहमति हुने गरी कुनै पनि निर्णय नगरिएको बताए । खरिद प्रक्रिया बारे आफुलाई पनि अध्यक्षले जानकारी नगराएको सामान आएपछि मात्रै आफुहरुले जानकारी पाएको भन्दै अध्यक्षको यस्तो प्रवृत्तिले नीतिगत भ्रष्टाचार मौलाउने भन्दै अध्यक्षवाट आर्थिक अपचलन गरेको पाईएमा कानुनी कार्वाही गर्न तयार रहेको समेत बताएका छन् ।

अध्यक्ष जंग बहादुर खत्रीले बुटवल टुडेसँग कुरा गर्दै आफुले सामग्री खरिद प्रक्रिया नबुझेर गल्ती गरेको स्विकार गरेका छन् । “काम गर्ने क्रममा गल्ती भयो यसलाई विवाद नहुने गरी सहज तरिकाले कार्यसमितिको सल्लाहले समाधान गर्छु”–उनले भने । भने अनुसार आएको सामान राख्ने कि फिर्ता गर्ने भनेर सहज तरिकाले सबैको सल्लाहअनुसार अगाडि बढ्ने उनले बताए । खरिद गरिएको १५ लाखकै सामग्री अहिले कार्यालयको स्टोरमा रहेको छ । “सबैको सामानको बिल आईसकेको पनि छैन अझै ३ लाख ३३ हजार १ सय ४० रुपैयाँको बिल नआएको कारण स्टोरमै थन्काएका छौ तर संस्थाको खाताबाट १ रुपैयाँ पनि पैसा बुझाएका छैनौँ”– उनले भने, “मेरो नियत गलत हैन काम गर्ने क्रममा गल्ती भयो यसैका कारण छानबिन समिति पनि बनाएका छौँ समितिको प्रतिवेदन र सुझाव अनुसार आफु सच्चिएर अगाडि बढ्नेछु ।”

उक्त सामग्री खरिद प्रकरणबारे छानबिन समिति र उपसमिति समेत गठन गरिएको सोही संस्था कोषाध्यक्ष नेपालीले बताए । उक्त समितिको प्रतिवेदन अनुसार यी दुबै व्यवसायी संचालन गर्ने व्यक्ति एउटै भएको उल्लेख छ ।

उक्त समितिले अनुसन्धानको क्रममा व्यापारीसँग बुझ्दा संस्थाको अध्यक्ष नजिकको चिनजानेको साथी भएको आधारमा खरिद प्रकिया नबुझी कोटेसनमै समान दिएको बताएका छन् । कोषाध्यक्ष नेपालीले भने आफु कोषाध्यक्ष भएकै कारण खरिद गरिएको सामग्रीको बिल माग्ने जिम्मेवारी आफ्नो हुने तर कुनै पनि सामानको विल कार्यालयमा प्राप्त नभएको बताए । यति ठुलो मुल्यको समान खरिद गर्दा सार्वजनिक खरिद ऐन २०६३ एवं सार्वजनिक खरिद नियमावली २०६४ मा टेकेर गर्नु पर्ने हो तर अध्यक्षले यसलाई आधार नमानी सामान खरिद गर्नु भनेको नीतिगत भ्रष्टाचार नै भएको आरोप कोषाध्यक्षले लगाएका छन् ।

उनले भने, “संस्थाले आर्थिक प्रशासन तथा भौतिक विकास गर्नु परेको अवस्थामा नयाँ खरिद सम्बन्धी कार्यबिधि नबनेको अवस्थामा प्रचलित कानुन वा संस्थाको पुरानै कार्यविधिलाई आधार मानेर कार्य सम्पादन गरिनु पर्ने हो यी सामान्य बिषयमा पनि अध्यक्षको ज्ञान हुदैन भने ४२ सय घरधुरी उपभोक्ता भएको संस्था संचालन कसरी गर्न सक्नुहुन्छ । त्यसकारण उहाँले आफ्नो क्षमतालाई स्वमुल्याङ्कन गरी नैतिकताको हिसावले पनि राजीनामा दिनुपर्छ ।”

यस संस्थामा अघिल्लो कार्यसमितिबाट पनि खर्चको ओैचित्य पुष्टि नहुने गरी खर्च देखाईने र संस्थाको वित्तिय अनुशासन भन्दा बाहिर खर्चिने गरेको कार्यसमिति भित्रबाटै असन्तुष्ट आउने गरेको पाइएको बेथिति विरुद्ध सचेत नागरिक अभियानका उपाध्यक्ष श्याम बहादुर विश्वकर्मले बताए । खर्च अनियमितताको विषयमा पहिले पहिले पनि मौखिक रुपमा पटक पटक गुनासो आउँदा आफुहरुले पटक पटक खबरदारी पनि गरेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?