© २०२३
बाँच्नको निम्ति सम्झना गर्छु आज वितेका कालको गर्दछु माया म मेरो नेपालको …….
म मेरो नेपालको ।
राष्यिता,जनवाद र समाजवादको पक्ष पोषणमा लेखन ज्ञवालीले धेरै गीत लेखे । जनताका भाषा,लयलाई टपक्क टिपेर रचना गरिएका उनका कालन यी गीतले जनताको चेतनाको रहर र जनताका समस्याहरू बुझी जनता कै भाषा, लय र शिल्पमा ढालेर जनतालाई चेतनशील वनाउन घृताछुटिको काम गरेका छन् । उनका धेरै जसो गीतकरु पंचायती निरंकुशताको समयमा जनता जगाउन लेखिएका भए पनि ती अहिले झन सान्दर्भिक छन् ।
आज देशको अवस्था सोचनीय छ । भारत,अमेरिका र युरोपेली युनियनको कलो चाट्ने साम्राज्यवाद,पूँजीवाद र भ्रष्टताका कीराहरूले अनौतिक रूपबाट आर्जित कालो धन साहित्यकला,सस्कृति र संचार क्षेत्रमा समेत लगानी गरेर यस फाँटमा काम गर्नेहरूलाई पनि राजनीतिक क्षेत्रका लुब्धहरूलाई जस्तै बिटुल्याउने काम भइरहेको छ । आफूलाई कलजीबी हँु भन्दै कतिपयले इनै तत्वहरूको इसारामा कतै अर्थन वर्थका सामग्री पस्केर जनतालाई अल्मलमा पार्ने त कतै समाजमा फुट र अनेकता, नैराश्यता, पलायनज, व्यक्तिवादिता तथगा खुल्लाम ा खुल्ला मैथुनको आहावन गर्ने गीतहरू रेकडिङ्ग गरी युटुयुव च्यानल र नेपालटेलिभिजन तथा अन्य विभिन्न संचार गृहहरूबाट निकै प्रचार प्रसार भैरहेका छन् । जसको ध्यानहरू देश व्रmान्तिकारी जनवादी शक्तिलाई कमजोर पारी उनीहरूका संगठन भताभुडग बनाई देशीय तथा वैदेशिक शोषणमा आधारित वर्तमान शासन व्यवस्थालाई बलियो बनाउनु । संघीय लोकतान्त्रिक गणतन्त्र तथगा संभीयता, गणतत्र र धर्मनिरपेक्षताका अमृर्त सिद्धन्तको नाममा शोषक वर्गको तानाशाही बिरुद्ध शोषित वर्गलाई एक जुट बने हमला गर्ने संगठित हुनुुबाट िभ्रम सिर्जना गर्ने ।
खुसीको कुरो के छ भने धेरै इमान्दार कविहरूले हिजो पनि शासक वर्गको प्रलोभन र भ्रममा नपरी जनताको पक्षमा लेखे,आज पनि लेखिएका छन् । भोलि पनि लेख्ने छन् ।
हिजो पंचायती निरंकुशताको याममा वंचेशासकहरू जरुरी देशमा वांगो नाच नच्ने आज कथित लोकतन्त्रको याममा पनि दलाल शासकहरू उस्तै र राष्ट्रघात एवं भ्रष्टचारका सवालमा भने त्यो भन्दा अझै बढि नांगोनाच नाचिरहेका छन् । हाम्रो राष्ट्रियता चरम संकटमा छ । हिजो पंचायती शासकहरूले राष्ट्रियता बलियो बनाउन सकेनन् भनी उनीहरूलाई खबदारी गदैं त्यो समयमा लेखनाथले लेखे
आजको सानो नानीको
पाठ छ नालापानीको
नलडी आफ्नो लक्षको निम्ति
भागेर लाज र जानेको …
आज गणतन्त्रको घाम कम्युनिष्ट पार्टीको सरकार पटक पटक सत्ता गएको यामा कम्युनिष्ट पार्टी, जसको लक्ष हुन्छ ९५५ प्रतिशत जनताको हितको लागि काम गर्नु दिशामा औद्योगिकरणद्वारा रोजगार आय र राष्ट्रिय लगानीको व्यापक मात्रामा वृद्धि गरेर ती पञ्चानब्बे प्रतिशत गरीव जनतालाई सम्पन्न बनाउनु शिर्षक वर्गका तानाशाही सत्ताको विरुद्ध शोषित वर्गको जनवादी सत्ता कायम गर्नु जानतालाई समान्य नागरिक हक र विकासुको निम्ति समान अवसर जुटाइदिनु र पंचायती कालमा श्रीज्ञवालीले युवा जनतालाई गोर्खा भर्तिमा धकेले देशको उत्पादन शील युवा श्रम शक्तिको उर्जावान श्रोत राष्ट्रिय उत्पादनजमा नलगाई अशोभनीय कार्यमा लगाउने गरेको र हाम्रा जनता पनि स्वदेशमा रोजगार भई अर्को पार्जन गर्ने अर्को भरपर्दो उपाय नदेखे पसिन्छ घर परिवारको सल्लाहबिना भागेरै भए पनि विदेशिन प्रचलनलाई नराम्रो पाठको रूपमालिए त्यसैले त्यसलाई गलत सावित गराई उही माटोमा साग सिस्नु खाएर भए पनि संघर्ष गर्दै संघर्षशील जीवनविताउनु पर्छ भन्ने जाथगरणका स्वरबोले आज देशको वास्तविकता तर्फ नियालेर हेर्दा हिजो निरंकूश शासनका याममा जनताको अवस्था जस्तो थियो । आज कम्युनिष्टहरू सत्तामा भएको याममा पनि देशको युवाशक्ति वहिर्गमन त्यो भन्दा कौयों गुणा डरलाग्दो सित बढेको छ । यसलाई सुशासन कसरी मान्ने ? कम्युनिष्ट पार्टीको नेताले प्रधानमन्त्री पदमा सपथ खाएको २४ घण्टा वितेका छैन विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिडलाई प्रधान मन्त्रीको ठाडो आदेश जान्छ उद्योगहरूमा कोटिएको विद्युतलाइन तुरुन्त्तै जोडिदिनु हो उद्योगहरूमा काटिएको विद्युतलाइन तुरुन्त्तै जगन गरिदिनु पर्छ यसमा विवाद छैन तर ती उद्योगहरूले विद्युत शक्ति उपयोग गरे वापत प्रधिकरणलाई शुल्क तिर्नु पर्ने कि नपर्ने अर्को रुपिया प्रधिकरणलाई नतिरे पछि वाध्यताबस काटिएको लाइलई देशको कार्यकारी प्रमुखले ठाडो आदेशमा जोड्न भने पछि नीतिनियम कता जान्छ ? विकास सवन्धि कर्तव्य कसरी पूरा हुनछ यस्तो गलत अभ्यास चलि रहेको आजको अब स्थामाथि गहिरिएर विचार गर्ने हो भने सत्तासीनहरूलाई खर्बदरी गर्न र जनतालाई अझवढी जागरुक वनाउन अरू पनि धेरै लेखनाथ बन्न पर्ने भयो । बूाद राना, रुद्र ज्ञवाली विजयसागर हृदय ेकाली, गिरी श्रीस मगर दलबहादूर गुरु लगायत सबै जनताको पक्षमा लेख्नेहरू यस समाजको चेतनशील शिक्षित,बुद्धिजीवी हुनाको हैसियतले र जनचेतना निर्माणको प्रमुख हुनको हैसियतले देशमा राष्ट्रिय एकता कायम गराउने र शोषित पीडित श्रमिक जनतामा वगीर्य एकता कायम गराउने सेतु बनेर सतिसाल झैं खडा हुनुपर्ने अवस्था आयो देशा नेतताहरूका कुकर्मले देशमा सोचनीय अवस्था आयो । प्रधानमन्त्री मन्त्रीका दुष्कर्मले दशमा सोचनीय अवस्था सिर्जियो । नेता र नेताकाृे आसपासका ४,५ प्रतिशत भाग्यशाली बाहेक अन्य सबैको सोंचनीय अवस्था आयो । व्यवस्थाले जनताको अवस्था परिवर्तन गरेन । श्रमजीवी जनताको अवस्था परिवर्तन गरेन हुने खानेहरू र हँदा खानेहरूको ग्याप पूर्ति गरेन । तसर्थ जबसम्म जनचेतनाले यो दलाल सत्तालाई जरैदेखि उँखेलेर फ्ँयाक्ने सामथ्र्थ राख्देन तव सम्म लुटेराहरूको लूट धन्दा कायमै रहने भयो । आर्थिक विसमताले चरमसीमा नाघेका जनताहरू थप कगाल बन्दै जानुपर्ने वाधा कायमै रहने मात्र यस्तो अवस्थामा पनि हामी जाडो नौं र जाता जगाए नौं भने कसरी सुघ्रिन्छ यो देश त्यसैले लेखौं महङ्गी चरमसीमा पुग्दा त्यसले जनतालाई परेको मर्कामा लेखौं । जनतालाई नभइनहुने सामान्य आधारभूत आवश्यकताका सामानहरू जनताले महंगीको कारण किन्न नसकेर उपभोगबाट वञ्चित हुनु परेको यथार्थलाई कविको आँखाले देखौं र त्यसको कारणका बारेमा लेखौं । हाम्रा चोर फटाहरू कफी झेली दृष्ट शासकहरूले विकास सम्वन्धि कर्तव्य पूरा नगरेकोमा भन्र्सनाका आवाज लेखौं । सर्वसाधारणको जनजीवनमा जुन प्रतिकूल अवस्था छ । त्यसैको वारेमा लेखौं । निरपेक्ष दरिद्रताको सीमारेखा भन्दा पनि तलतल झारिदै गएका कंगाल नेपालीको अवस्थाको बारेमा लेखौं ।
लेखनाथले लेखे
देश कदाँ यै नेपाल
जाती यहीको कंगाल
देखिसके यो विश्व उठेको पेरिस पेकिड बंगाल । हामीले पनि लेखौं कविता लेखों गीत लेखौं, गीत लेखौं गजल लेखौं,हाइक लेखौं,मुक्तक लेखौं यो दलालको सत्ता माथि प्रहार गरेर लेखों सामन्तवाद,साम्राज्यवाद ,भारतीय विस्तारवाद र दलाल पूँजीवादको रक्षाकवच बनेर नेपालीलाई पिरिरहेको यो दृष्ट व्यवस्थाको नागो स्वरूपको विरुद्ध विद्रोहका स्वर लेखों । सामाजिक आर्थिक र राजनीतिक अधिकारबाट वञ्चित जनताको सामाजिक,आर्थिक र राजनीतिक अधिकार प्राप्तिको निम्ति श्री लेखनाथ ज्ञवालीले जसरी लेखे हामी पनि लेखनाथ बनेर लेखौं । समयले हामीलाई जुन अभिारा सुम्पेको छ त्यसलाई पूरा गर्न लेखौं ।