ट्रेंडिंग:

>> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन >> पूर्वा सञ्चार तथा सूचना मन्त्री शर्मालाई पितृ शोक

परम खुशी एवं आनन्दको मार्ग हो– अध्यात्म

१६ श्रावण २०८१, बुधबार
१६ श्रावण २०८१, बुधबार

अध्यात्म मार्ग हाम्रो जीवनलाई उत्कृष्ट एवं सुन्दर बनाउने एउटा सरल बाटो हो । अध्यात्मिक ज्ञानले निरन्तर मानव स्वभाव, संस्कार, बानी, व्यहोरा र उसको प्रवृत्ति तथा मन–बुद्धिलाई सुुसंस्कृत कुशल र विवेक सङ्गत बनाउने पक्षमा जोड दिन्छ । अधि र आत्मा (नाम) शब्द मिलेर अध्यात्म शब्द बन्दछ । यसको अर्थ आत्मासँग सम्बन्धित विषय, आत्मा र परमात्मा सम्बन्धी चिन्तन तथा दर्शन, भित्रीज्ञान, तत्वज्ञान भन्ने हुन्छ । आफूभित्रको चेतना तत्वलाई अनुभूत गर्नु हो । यसको शाब्दिक अर्थ स्वयम्को अध्ययन हो । श्रीमदभागवत् गीतामा अर्जुनले कृष्णसँग ब्रह्म के हो ? अध्यात्म के हो ? कर्म को अर्थ के हो ? भन्ने प्रश्नमा कृष्णले कहिल्यै नष्ट नहुने तत्व ब्रह्म हो । प्रत्येक वस्तुको आफ्नो मूलभूत स्वभाव अध्यात्म हो भनेका छन् । प्रत्येक जीवनको एक एक शरीरमा पृथक सत्ता छ । त्यही अध्यात्म हो । शरीरभित्र चैतन्य, प्राण र आकाश छ, यस बाहेक जे छ त्यो अध्यात्म हो । प्रत्येक प्राणीभित्र चेतन तत्व छ । यस चेतन तत्वको सोझो सम्बन्ध परामात्मासँग छ । त्यही आत्मा परमात्माको सम्बन्धको खोज, संसारको रचनामा त्यसको भूमिका, मृत्युपछि वा जन्म अघिको यथार्थ जीवन मरणको चक्रको बारेमा जान्नका लागि आत्ममन्थन गर्नु नै अध्यात्म हो । इन्द्रीय, वृद्धि, मन, आत्मा र परमात्मा अध्यात्मसँग निकटतम सम्बन्ध राख्ने तत्व भौतिक हुन् । आध्यात्मिक दृष्टिमा इन्द्रीय, बुद्धि, मन, आत्मा र परमात्मा क्रमैसँग सूक्ष्म तत्व हुन् । आत्माको परमात्मासँगको मिलन अध्यात्मिक साध्य हो । साध्य पूरा गर्न अपनाइने, पूजापाठ भजन कीर्तन, ध्यान, जप, त्याग, तपस्या भागवत चर्चा, गुणानुवाद साधन हुन् । आध्यात्मिक दृष्टिमा भौतिक शरीर अणभङ्गुर र नाशवान् मानिन्छ भने देवाधि र पुराणाधि ग्रन्थ पवित्र ग्रन्थ मानिन्छन् । आत्मा शुद्ध परिष्कृत बनाइ आफू स्वयम्लाई परमात्माका सायुज्यमा चिन्नु नै अध्यात्म हो । यहाँ आत्मा शब्द स्वयम् आफू र अध्यात्म शब्द आत्मातर्फको यात्रा वा स्वयम् आत्माको चिन्तन नै अध्यात्म हो ।

अध्यात्मले जीवनजगत सग गासिएका सम्पूर्ण प्रश्नहरूको सही उत्तर खोज्ने प्रयास गर्छ । यो अध्यात्म विज्ञानसँग एक अद्भुत शक्ति छ । अध्यात्मले व्यक्तिलाई स्व–अनुशासित, स्व–संयमित, शान्त, सहनशील, गुणवान्, चरित्रवान् र नैतिकवान् बनाउँछ । त्यसो त धर्म र अध्यात्मका बीचमा सम्बन्ध नभएको होइन । जीवन मागमा धर्म पहिलो सिंढी भएकोले सुरुवाती अवस्थामा एक अर्काको पर्यावाची बन्न पुगेको पक्कै हो िअध्यात्मिक हुनु भनेको धर्मकर्म गर्ने हो भन्ने सामान्य बुझाई छ । जबकी यो शब्दको विराट अर्थ छ र यो आफैमा एक परमतत्व हो पनि हो । सामान्य रूपमा भन्ने हो भने अध्यात्म भनेको आफुभित्रको चेतन तत्वलाई अनुभूत गर्नु हो । चेतन तत्व परमात्मासंग जोडिएको हुन्छ िआत्मानै परमात्माको अंश भएकोले यसको ज्ञान र खोजको मार्ग अध्यामिक मार्ग हो । आत्मा र परमात्माबीचको सम्बन्धको खोज, संसारको रचनामा त्यसमो भूमिका, मृत्युपछि वा जन्मअघिको यर्थाथ, जीवन–मरणको चक्र लगायतको आत्ममन्थन र चेतनाको माध्यमबाट ईश्वर र सत्यको साक्षात्कार हुनु अध्यात्म जीवनको परम लक्ष्य हो । अध्यात्म भनेको आफूभित्रको आत्मसत्ता हो। आफैले आफूभित्रको मन, बुद्धि, चैतन्य र अहङ्कारको अध्ययन गर्ने कुरालाई अध्यात्म विज्ञान भनिन्छ । मानिसले आफूलाई नबुझिकन पदार्थको (बाहिरी संसार) मात्र अध्ययन गरेर जीवन र जगत्लाई बुभन सक्तैन । अध्यात्म विज्ञान आफैंभित्रको अध्ययन हो । आधुनिक विज्ञान बहिर्मुखी छ भने अध्यात्मविज्ञान अन्तर्मुखी छ । अध्यात्म विज्ञानमा खासगरीकन योगासन, प्राणायाम, ध्यान, यज्ञ, अवलोकन, प्रश्नोत्तर, अनुभवजन्य सिकाइ, घटना अध्ययन, व्यावहारिक परीक्षण आदि विधिहरू प्रयोग गरिन्छ । हामी आफैभित्र सबै कुरा छ, त्यसको प्रयोग गर्न सके हाम्रो जीवन सुखी हुन सक्छ ।

आजको दिनसम्म धेरैजसो अध्ययन भौतिक विज्ञानको क्षेत्रमा भएको छ । भौतिक विज्ञानलाई नै सर्वेसर्वा मान्दा हाम्रा पुर्वीय सस्कार र संस्कृतिका मूल्यवान विषयहरू ओझेलमा पर्दै गएका छन् । हाम्रा ऋषिमुनिहरू तत्त्वद्रष्टा थिए। उनीहरूले जीवन र जगतको बारेमा धेरै कुरा साङ्केतिक रूपमा भनेका छन्, जसलाई हिजोआजका मानिसले सही ढङ्गबाट बुझ्न सकेनन् । पश्चिमा संस्कार र सभ्यताले हाम्रो समाजमा अन्धाधुन्द रूपमा नकारात्मक प्रभाव जमाउँन सफल भएको छ। हाम्रो वैदिक सनातन दर्शन वैज्ञानिक हुँदाहुँदै पनि आत्मसात् हुन सकिरहेको अवस्था छैन । अब मानिसले वैदिक सनातन विज्ञानको महत्त्व बुझ्न थालेका छन् । अध्यात्म विज्ञानमा योग, यज्ञ, ध्यान, प्राणायाम, अवलोकन, प्रश्नोत्तर, अनुभवजन्य सिकाइ आदि विधिहरू प्रयोग भएको पाइन्छ। यी विधिहरू आफैंमा वैज्ञानिक र प्रमाणमा आधारित छन् । यी विधिहरू सैद्धान्तिकभन्दा पनि बढी व्यावहारिक छन् । समाज विकासको लागि भौतिक विज्ञान र अध्यात्म विज्ञान एउटा सिक्काका दुइटा पाटा हुन्, जुन एकआपसमा अन्तरसम्बन्धित छन् । भौतिक सेवा सुविधा परिपूर्तिको लागि भौतिक विज्ञान र प्रविधि आवश्यक छ, र सुख, शान्ति, समृद्धि, आरोग्य र आनन्दको लागि अध्यात्म विज्ञानको अभ्यास गर्नु अपरिहार्य छ। समाजमा शान्ति, आनन्द र दिगो विकास गर्नको लागि अध्यात्म विज्ञानको व्यावहारिक प्रयोग विना सम्भव देखिँदैन । भारतवर्षका ऋषिहरूले गणित सिकाए, जीवन र जगतको समग्र ज्ञान दिए । त्यसका अभावमा पश्चिमा वैज्ञानिकहरूले सार्थक प्रकृतिको वैज्ञानिक आविष्कार गर्न सक्ने थिएनन् । वेदान्तले के सिकाउँछ भने चैतन्य वा संज्ञान भन्ने कुरा एउटा मात्र छ, सारा घटनाहरू एक ब्रह्माण्डीय चेतना तहमा खेलिन्छन् र आत्माको स्वरूप अपरिवर्तित पनि छ । धर्म, संस्कार र संस्कृक्ति हरेक समुदायको पहिचान हो। यी चीज मासिएमा त्यस जातजातिको पहिचान गुम्छ । एक चोटि सांस्कृतिक पहिचान गुमेपछि फर्काउन सकिँदैन । त्यसैले आफ्नो धर्म, संस्कार र संस्कृतिको जगेर्ना गर्नु हरेक नागरिकको कर्तव्य हो । समय, स्थान र परिस्थितिअनुसार संस्कार परिवर्तन हुँदै जान्छ । जब समाज विकास हुँदै जान्छ तब संस्कार पनि सोही अनुसार बदलिँदै जान्छ । श्राद्धमा बिरालो बाँध्ने चलन अन्धविश्वासमा आधारित कुरा हो । ज्ञानलाई व्यवहारमा लागू नगरिएमा ज्ञान मर्छ, जसरी हतियार नचलाइएमा खिया लाग्छ ।

व्यक्तित्व विकासका लागि पौराणिक ज्ञान र आधुनिक विज्ञानको ज्ञान हुनु आवश्यक छ । अहिले पश्चिमा मोडेलको विकासको विगविगी चलेको छ। यसले वातावरण विनाश गरेको छ भने मानवको बाँच्न पाउने नैसर्गिक अधिकारमा थप चुनौती थपेको छ । हाम्रा ऋषिमुनिहरू वातावरण संरक्षणप्रति निकै सचेत थिए । सबै जीव, प्रकृति, वनस्पति र मानवको सजीव सम्बन्ध हुनुपर्ने कुरामा सचेत थिए । अनावश्यक सम्पत्ति थुपार्ने कुराको विरोधी थिए । संसार नै परिवार हो । सबैले समान रूपमा यस धर्तीमा बाँच्न पाउनुपर्छ भन्ने पूर्वीय दर्शनको मान्यता रहेको छ । हरेक मानिसको अन्तिम इच्छा भनेको आनन्द प्राप्त गर्नु हो, त्यो पनि स्वर्गीय आनन्द । धेरै मानिसहरू स्वर्ग, नर्क र वैकुण्ठ बासको भ्रममा परेको देखिन्छ । अहिलेसम्म कसैले पनि स्वर्ग, नर्क र वैकुण्ठ पत्ता लगाएको छैन । स्वर्ग र नर्क भन्ने कुरा यो जगत्मा कहीँ पनि छैन । तर, यो हामी आफैंभित्र छ । नकारात्मक कुरा, काम, क्रोध, लोभ, मोह, ईष्र्या मानिसको नर्क हो भने मैत्री, प्रेम, करुणा, निष्काम सामाजिक सेवा, सद्भाव, अहिंसा, समादार, सत्कार आदि सकारात्मक कुराहरू स्वर्ग हुन् । कुनै पनि नकारात्मक तथा सकारात्मक कुराप्रति समभाव राख्ने, निर्विचार रहने, निर्द्वन्द्व रहने वा कुण्ठारहित हुनु नै वैकुण्ठ हो। यीनै कुराहरू प्राप्त गर्न सकिएमा जीवन सार्थक हुनेछ । आनन्द प्राप्त गर्ने मार्ग भनेको ध्यान हो । निरन्तर ध्यान गर्दै गएमा एकदिन आनन्द प्राप्त हुनेछ । आनन्द प्राप्त भएपछि मानिस बुद्ध पुरुष हुनेछ । परम आनन्द नै ब्रह्म हो, ईश्वर प्राप्ति हो, भनिन्छ आनन्दं ब्रह्मः । आनन्दका लागि मन, वचन र कर्म पवित्र हुनु पर्यो। पेट भने सधै खलास भएको हुनुपर्छ । योगी ऋषि भावनाले ओतप्रोत हुनुपर्छ । ध्यानी व्यक्तिले खानपानमा जहिल्यै पनि ख्याल गर्नुपर्छ । शाकाहारी भोजन वा सात्त्विक भोजन नै उत्तम मानिन्छ। जो व्यक्ति अहिंसावादी छ, सत्य बोल्छ, प्रकृति, मानिस, जीवजन्तु, वनस्पतिप्रति प्रेमभाव राख्छ र सबैको भलो चित्ताउँछ उसले मात्र सुख, शान्ति, आरोग्य र आनन्दको भोग गर्न सक्छ । जीवनको वास्तविक स्वरूप हो अध्यात्म । जसले जीवनको वास्तविक बोध गराई परम आनन्दको अनुभूतितर्फ प्रवृत्त समेत गराउँदछ । अध्यात्म मार्गबाट मानव जीवनलाई प्रयोग गरी यसमा रहेको चेतनालाई परम चेतनाको स्तरसम्म पु¥याउने मार्ग हो अध्यात्म ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?