ट्रेंडिंग:

>> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

पुरातात्विक स्थलमा ‘यशोधरा उद्यान क्षेत्र’

१६ श्रावण २०८१, बुधबार
१६ श्रावण २०८१, बुधबार

नवलपरासी, १६ साउन । प्राचिन कोलिय गणराज्यको राजधानी कोलनगर (पण्डितपुर) नजिकै फेला परेको प्राचिन पुरातात्विक स्थल नजिकै यशोधरा उद्धानको रूपमा विकास गर्न सरोकारवालाले जनाएका छन् । केही महिना पहिला जिल्लाको रामग्राम नगरपालिका १५ ननईमा सडक खन्ने क्रममा पुरातात्विक क्षेत्र पहिचानमा आए पछि ति स्थानबारे पुर्वानुमान गर्दै यशोधरा उद्यान क्षेत्रको रूपमा विकास गर्नु पर्ने सरोकारवालाले जानकारी गराएका हुन् ।

प्राचिन राजधानी नजिकै रहेको उक्त स्थानमा बस्ति खासै नरहे पनि राजधानीकै समकालिन प्राचीन बस्तु फेला पर्नाले राजधानीकै राजपरिवारसँग कुनै स्थान भएको अनुमान गर्दै सो क्षेत्र यशोधरा उद्यान क्षेत्रको रूपमा विकास गरिनु पर्ने स्थानीय नारद यादवले बताए । रामग्राम नगरपालिकाका पूर्व इन्जिनियर सतिस गुप्ता,नागरिक समाजका अध्यक्ष राधेश्याम सिँह सैथवार,अधिकारकर्मी बिजय जैसवाल सहितको टोली स्थानिय स्तरमा स्थलगत गर्दै पुरातात्विक क्षेत्रको संरक्षण र नजिकै रहेको तुरियाखोला किनारमा यशोधरा उद्धानको विकास गरि यशोधरा उद्धान क्षेत्रको रूपमा पहिचान दिलाउन सुझाव दिइएका थिए ।

यसले बुद्ध स्थलसँगै कोलिय राजपरिवारको पहिचान गराउने छ, नागरिक समाजका अध्यक्ष सैथवारले भने,प्राचीन बस्तु फेला परेको स्थानको पुरातात्विक खोजले पछि थप पहिचान हुने छ । यशोधरा कोलिय राजकाुमारी मात्रै नभई गौतम बुद्धकी धर्म पत्नि पनि थिईन् । कोलिय गणराज्यको राजधानी कोलनगर नजिकै राजधानीसँग समकक्षी समाग्रि फेला पर्नु राजपरिवारसँगै यो स्थान जोडिन्छ । स्थानिय कोटहीमाई स्थान प्राचीन स्थल भएको हुदा राजधानी देखी बाहिर राजपरिवारको पुजापाठ गर्ने स्थान भएको हुन सक्ने र राजपरिवार पुजापाठ गर्न आउदा त्यस्ता भाडाकुडाहरू राखिएको हुन सक्ने उनको भनाई थियो । यशोधरा उद्धानले एक थप बौद्ध स्थलको विकास हुनेको भनाई थियो ।

राजधानीसँग समकालिन कुनै नगर भएको र उक्त स्थानमा राजधानी कोलनगर (पण्डितपुर) कै समकालिन बस्तु पनि भएको पुरातत्व क्षेत्रका जानकार समेत रहेको स्थानिय नारद यादवले स्थानिय कोटही माई स्थानमा सडक पुर्याउने उदेश्यले जेसिबिले खन्दा पुरै भाडै भाडाका टुक्राहरू फेला परेको बताएका थिए । यसबारे आफुले पुरातत्व विभागलाई जानकारी समेत गराएको जानकारी गराई सकिएको छ,तर पुरातत्व विभागबाट अहिलेसम्म कोही आएका छैनन्,उनले भने,त्यहाँ भेटिएका पुरातात्विक भाडाका टुक्राहरू केही ल्याएर घरमै संरक्षित गरि राखेको छ,बाकी त्यही यत्रतत्र छरिएका छन् । ति बस्तुको संरक्षण गर्ने स्थानिय तह वा स्थानिय प्रशासन कहिँबाट केही चाँसो नदेखाइएको उनको भनाई थियो । राजधानी कोलनगर देखी करिब चार किलोमिटर पुर्व उत्तरमा रहेको उक्त स्थानको पुरातात्विक खोज र अनुसंधान आवश्यक रहेको छ ।

इसा पूर्व ८ सय बर्ष प्राचिनता बोकेको कोलिय राजाको राजधानीलाई पुर्नत्थान गरि कोलिय सभ्यता र संस्कृतिको समेत पुर्नरउत्थान आवश्यक रहेको छ । यसका लागि सरकारी संरचना र गैरसरकारी संघसस्थाको कृयाशिलता, स्थानियबासीको सहभागिता हुन आवश्यक छ । पुरातत्व विभागले तिन बर्षसम्म उत्खनन, चार बर्षसम्म निरन्तर भुभौतिक सर्वेक्षण गरि प्राचिन कोलिय गणराज्यको राजधानी चक्रिय स्वरूपमा रहेको देखिन आएको थियो ।

उत्खननका क्रममा प्राचिन पोष्टहोल, खैरो भाडो(ग्रेवर), एनबिपि, विभिन्न प्रकारका भाडाकुडा, बुद्धमुर्ति, धातुहरू जस्ता बस्तुहरू फेला परेको यो स्थान हो । तर सरकारी संरचना नहुदा ब्यवस्थित काम हुन सकिरहेको छैन् । अहिले राजधानी नजिकैको आर्को नगर भएको पहिचानमा आउनु पुरातात्विक सम्पदा थपिएको छ ।

तत्कालिन बनारसका राजा रामलाई कुष्टरोग लागेको थियो । राजबैद्यको परामर्शमा उनी यो कोलवृक्ष भएको जंगल क्षेत्रमा कुष्टरोग उपचारका लागि आएका थिए । कोलवृक्षको पातको मलम बनाई घाँउमा लगाउने र पातको सेवनले उनको कुष्टरोग निको भएको थियो । तत्पश्चात उनी बनारस फर्केनन । यसै कोलवृक्ष क्षेत्रमा आफ्नो गाउँ (ग्राम) बसालेका थिए । जुन गाँउको नाम नै रामग्राम भनिएको थियो । कोलवृक्षले पुर्नजिवन पाएका राजारामले गणराज्यको नाम नै कोलिय गणराज्य राखेका थिए । कोलिय गणराज्यको राजधानी रामग्राम, कोलनगर, देवदह, ब्याग्रपुर, ब्याग्रपथ, बघौरतप्पा लगायतका नाम विभिन्न कालखण्ड चिन्ने गरिएको इतिहास छ । कोलिय गणराज्यको सिमा उत्तरमा चुरे पहाड,पुर्वमा अनोमा (हालको गण्डकी) नदी,पश्चिममा रोहिणी नदी र दक्षिणमा पिपलीबनको सिमासम्म फैलिएको थियो । यो गणराज्य भित्र विभिन्न १२ वटा नगर (निगम) हरू रहेको थियो ।

रोहिणी नदी पूर्व रहेको शाक्यहरूको कपिलबस्तु राज्यका राजकुमारी सुप्रियालाई पनि कुष्टरोग लागेको थियो । उनी पनि कुष्टरोग निको पार्न यसै कोलवृक्षको बन क्षेत्रमा आएकी थिईन् । उनको पनि कुष्टरोग निको भएको थियो । कोलवृक्षको जंगलमा बाघले सुप्रिया माथि आक्रमण गरेको थियो । सुप्रियालाई राजा रामले बचाए र संरक्षण दिएका थिए । पछि राजा राम र सुप्रिया दुबैको वैवाहिक सम्बन्ध कायम भयो । सो सम्बन्धले कोलिय र शाक्यहरू विच विवाहबारीको सम्बन्ध निरन्तता पायो । शताब्दी पछि कोलिय राजकुमारी महामायाको विवाह शाक्य राजकुमार शुद्धोधनसँग भयो । लामो समयसम्म सन्तान नजन्मे पछि महामायाले शुद्धोधनको दोश्रो विवाह आफ्नै बहिनी प्रजावतीसँग गराएकी थिईन् ।

महामायाकै कोखबाट शुद्धोधनका पुत्र सिद्धार्थको लुम्बिनी बनमा जन्म भयो । जन्म पश्चात एक सातामै महामायाको मृत्यु भयो र सिद्धार्थको पालन पोषण उनकी सानी आमा प्रजावतीले गरिन् । कोलिय राजा दण्डपानीको विवाह पनि शाक्य राजा शुद्धोधनको बहिनी अम्रितासँग भएको थियो । उनकी छोरी यशोधराले जन्म लिईन् । तिनै यशोधरासँग सिद्धार्थको विवाह भयो । सिद्धार्थको छोरा राहुलको जन्म पश्चात ज्ञानको खोजीमा सिद्धार्थले गृहत्याग गरेर बोधगयामा तपस्या गर्दै बुद्धत्व प्राप्त गरेर सम्यक सम्बुद्ध भएका थिए । अहिले पुरातत्वले खोज गर्दा बुद्धकाल भन्दा तिन सय बर्ष पुराना पुरातात्विक बस्तु फेला परेको र चिनियायात्री फाईयान र ह्वेगँसाँगको यात्रा वृतान्तको आधारले पनि यो राजधानी भएको प्रमाणित भई सकेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?