ट्रेंडिंग:

>> अपडेट: पाल्पा दुर्घटना मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य

पाल्हीनन्दनले नयाँ आर्थिक वर्ष सुरु भएपछि ल्यायो बजेट, प्रत्येक वडालाई एक करोड

१५ श्रावण २०८१, मंगलवार
१५ श्रावण २०८१, मंगलवार

सुनवल, १५ साउन ।

पश्चिम नवलपरासीको पाल्हीनन्दन गाँउपालिकाले नयाँ आर्थिक वर्ष सुरु भएको १५ औँ दिनमा बल्ल नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । असार १० भित्रै नीति तथा कार्यक्रम र बजेट ल्याउनुपर्ने संवैधानिक व्यवस्था भएपनि आन्तरिक विवादका कारण पाल्हीनन्दनमा आर्थिक वर्ष २०८१÷०८२ को अनुमानित आय व्यय विवरण प्रस्तुत हुन सकेको थिएन । मंगलबार आयोजित १७ औँ गाउँसभामा अध्यक्ष वैजु प्रसाद गुप्ताले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि उपाध्यक्ष फातिमा खातुन अन्सारीले बजेट प्रस्तुत गरेकी छन् ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, सुशासन प्रवद्र्धन, कृषिमा किसान सहयोगी विभिन्न कार्यक्रमलाई प्राथमिकता दिदै गाँउपालिकाले ५२ करोड ९२ लाख ५३ हजार रुपैयाँ बराबरको अनुमानित बजेट सार्वजनिक गरेको छ । उक्त बजेट अन्तर सरकारी अख्तियारी बाहेकको बजेट भएको गाउँपालिकाका लेखा अधिकृत दिनानाथ ढकालले बताए । सशर्त, समपुरक र विशेष अनुदान बाहेक कुल २७ करोड ९५ लाख बजेटमा चालु तर्फ ५६ दशमलव ५ प्रतिशत र विकास बजेट ४३ दशमलव ३ प्रतिशत विनियोजन गरिएको छ ।

वडाको बजेटकै विषयमा कुरा नमिलेपछि गाउँ सभा हुन सकेको थिएन । प्रस्तुत बजेटमा ६ वटा वडालाई एक करोडका दरले बजेट विनियोजन गरिएको छ । वडालाई ६ करोड, कार्यालय संञ्चालन तथा प्रशासनिक खर्चका लागि ९ करोड, शाखागत कार्यक्रम तथा खर्च बापत ४ करोड, समपुरक कोष १ करोड ४० लाख, विभिन्न कोषका लागि ३० लाख, पालिका अन्तर्गतका योजनाका लागि ५ करोड २५ लाख र अघिल्लो वर्षबाट आएका योजनाका लागि २ करोड बजेट विनियोजन गरिएको छ । चालु आर्थिक वर्षमा २ करोड आन्तरिक आम्दानी हुने अनुमान गरिएको छ ।

अध्यक्ष गुप्ताले आन्तरिक विवाद, कर्मचारी अभाव लगायतका समस्याका कारण समयमै नीति तथा कार्यक्रम र बजेट ल्याउन नसकेपनि आज प्रस्तुत बजेट कार्यान्वयनमा जोड दिने बताए ।

स्थानीय तह सरकार सञ्चालन ऐन २०७४ को दफा ७१ को उपदफा १ अनुसार स्थानीय तहले कार्यपालिकाबाट स्वीकृत गराई प्रत्येक असार १० गते सभामा पेश गर्नुपर्ने प्रावधान छ । दफा ६ अनुसार असार मसान्तभित्र प्रत्येक आर्थिक वर्षको बजेट पारित गर्नुपर्ने उल्लेख छ । बजेट पारित नगरी खर्च गर्न पाइँदैन । संवैधानिक व्यवस्थाअनुसार बजेट ल्याउन असफल भएपछि पालिकाले गर्ने खर्च गैरकानुनी र बेरुजु हुन्छ । नवलपरासीका अन्य ६ स्थानीय तहले भने समयमै नीति तथा कार्यक्रम र बजेट पारित गरिसकेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?