ट्रेंडिंग:

>> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु >> मैथलीमा बालेनको पहिलो सम्बोधन >> लुम्बिनीका तीन प्रदेश सांसदले त्यागे पद >> एक दशकपछि पनि जन्मदर नबढ्दा चीनको जनसङ्ख्या घट्यो >> यी हुन् लुम्बिनी प्रदेशका १२ जिल्लाका नेकपाका उम्मेदवारहरु >> सशस्त्र प्रहरीमा ६ डीआईजी सरुवा >> साफ महिला फुटसल च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग ३–० ले पराजित >> नेकपाले घोषणा गर्यो सबै क्षेत्रका उम्मेदवार (सूचीसहित) >> यस्तो छ रुपन्देहीमा मनोनयनको तालिका, कुन दलको उम्मेदवारी दर्ता कति बजे ? >> हिमाली जिल्लामा कांग्रेसले उम्मेदवार टुङ्ग्यायो >> उपमेयर राई राजीनामा दिने तयारीमा, बाँके क्षेत्र नं. २ बाट चुनाव लड्ने >> बालेनले सम्बोधन गर्ने ‘परिवर्तन उद्घोष सभा’ जनकपुरधाममा सुरु

नगरपालिकाले श्रमिक डेक्स बनाउने

११ पुष २०८२, शुक्रबार
११ पुष २०८२, शुक्रबार

चन्द्रौटा, ११ पुस ।

शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नगरपालिकाले श्रमिक डेक्स बनाउने बताएका छन् । कपिलवस्तुको शिवराज नगरपालिका–४, समयथान क्याम्पसमा आयोजित नगर स्तरीय श्रमिक महिला सम्मेलन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

नगर प्रमुख थापाले भने ः “श्रमिकहरू बिना नगरको समृद्धि सम्भव छैन । श्रमिकहरूको सम्मान, सुरक्षा र सुविधालाई प्राथमिकतामा राखेर स्थानीय सरकारले काम गरिरहेको छ । श्रमिक डेक्स निर्माण भएपछि श्रमिकहरूले विश्राम, परामर्श तथा जानकारी प्राप्त गर्न सहज हुनेछ ।”

यस्तै नगर उप–प्रमुख शिवकुमारी थारुले महिला श्रमिकहरुको सीप अभिवृद्धि, आत्मनिर्भरता र सामाजिक सुरक्षाका लागि नगरपालिका ठोस योजना बनाएर अघि बढ्ने बताईन् । उनीहरूको भूमिकालाई विशेष रूपमा उल्लेख गर्दै भनेः “महिला श्रमिकहरू दोहोरो जिम्मेवारीमा काम गरिरहेका छन् ।” उनीहरुले समयमा पारिश्रमिकदेखि सुरक्षाका सामग्रीहरु पाउनुपर्नेमा उनले जोडदिइन् ।

उनले थपिन् ः “स्थानीय सरकार श्रमिकमैत्री नीति निर्माणमा प्रतिबद्ध छ । श्रमिकका समस्या सुन्ने, समाधान खोज्ने र उनीहरूको आवाज नीतिमा समेट्ने काम निरन्तर गरिनेछ ।” यसैबीच नेपाल स्वतन्त्र श्रमिक समूहको शिवराज नगर सचिव आशाराम थारुले ठेकेदारहरुले सरकारी निर्माण कार्य गर्दा समयमा भुक्तानी नहुने समस्याले श्रमिकहरुलाई चाहेर पनि दिन नसकेको बताए ।

सरकारी निकायलाई निर्माण कार्य सकिएको निश्चित समयमा नै भुक्तानी गर्न आग्रह गरे । उनले समूहमा आबद्ध श्रमिकहरुको बीमा परिचय पत्र बनाउने कार्य सुरु भएको उनले बताए । यस्तै सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष त्रिलोचन घिमिरेले श्रमिकले आवाज उठान आवश्यक रहेको बताए । परिश्रम गरेर मात्र हुँदैन्, उनीहरुले आफ्नो हक अधिकारबारे जानकारी पाउनुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा बोल्ने अधिकांश वक्ताहरुले महिला तथा पुरुषले श्रमिकले भोग्नु परेका समस्या बताएका थिए । उनीहरुले श्रमिकले विगतमा भोग्नु परेका समस्याबारे श्रमिक आफैले वकालत गर्न सुरु गरेको बताउँदै काम गर्ने क्रममा केही सुधार आएको बताए । श्रमिक एकजुट हुँदा वकालत गर्न सहज भएको र श्रमिकले पाउने पारिश्रमिकमा पनि वृद्धि भएको केन्द्रका सहायक कार्यक्रम अधिकृत सञ्जिव गहतराजले तथ्याङ्क समेत प्रतिवेदन प्रस्तुत गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?