© २०२३
बुटवल, १४ साउन । प्रवासमा जनसम्पर्क समिति स्थापनामा बिपि कोईरालाको योगदान भुल्न नहुने नेपाली काग्रेस पार्टीका नेता डा. शेखर कोइरालाले बताएका छन । ४८ वर्षअघि समितिको स्थापना हुदा बिपि कोईरालाको उपस्थिती रहेको भन्दै उनले नेपालमा राजनीतिक दलहरु प्रतिवन्ध र बोल्न नपाउने बेलामा नेपालीहरु संगठित गरि नेपालमा राजनीतिक परिवर्तनमा मद्यत भएको उनले दाबी गरे । नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्र चन्दिगढ को बाह्रौं अधिवेशन तथा खुला सभालाई सम्बोधन गर्दै काग्रेस नेता डा. शेखर कोइरालाले उद्घाटन गर्दै
शिव बहादुर बस्नेतले आग्रहमा बिपि कोईराला भारतको बम्बईमा आएर समिति स्थापना गरि सम्बोधन गरेको नेपाल फिर्ता बोलाएको स्मरण गरे । ‘नेपालमा जब जब अफटयारो पर्छ, जबजब लोकतन्त्रलाई मासिने कुरा हुन्छ तपाईहरु जुरमुराउनुहुन्छ ।’— उनले भने । देशप्रति मायालाई दर्शाउने उनले बताए । अरुको देशमा गएर राजनीतिक संगठन गर्न नहुने तर सामाजिक कार्यको माध्यमबाट संगठन गर्नुपर्ने निर्देशन तत्कालिन समयमा कोईरालाबाट भएको उनले बताए । घरपरिवार त्यागेर प्रबासमा ब्यापार गरेर थोरैथोर रकम जम्मा गर्ने र दुखपाएका प्रवासीहरुलाई सहयोग हुदै आएको बताए । प्रबासी दाजुभाईहरुको नेपाल र नेपाली राजनीतिक दलहरुप्रति पक्कैपनि धेरै गुनासाहरु भएको भन्दै यो बिस्तारै समाधान हुनेमा आशाबादी रहेको उनले बताए । प्रवास समस्यामा परेको नेपालीहरुलाई संस्थागत रुपमा सहयोग हुदै आएको उनले बताए । लोकतन्त्र र मानवअधिकार बलियो बनाउन संस्थाको महत्वपूणै योगदान रहेको उनले बताए । बम्बईको एउटा सानो शहरबाट शुरु भएर समिति भारतसहित विश्वका धेरै देशहरुमा संगठित र स्थापना भएको उनले बताए । हाल ५० हजार बढी प्रवासीहरु संगठनमा आवद्धता रहेको र ढाई हजार बढी क्रियासिल रहेको उनले बताए ।
कार्यक्रममा भारत सरकारका माननीय मनोज तिवारी, यदुनाथ पाण्डे, बालकृष्ण पाण्डेले शुभकामना दिएका थिए । कार्यक्रममा कलाकारहरुले नेपाली संस्कृति झल्किने नृत्य समेत प्रस्तुत गरेका थिए ।