ट्रेंडिंग:

>> लुम्बिनीको नीति तथा कार्यक्रम : स्रोतबिना दर्जनौं योजनाको चाङ >> जेके वारियर्सको दोस्रो जित >> कान्ति, दीप, नबिन र ईडन विजयी >> समृद्धि हेयर ड्रेसिङ एकेडेमीलाई आईएसओ प्रमाणपत्र, ३६६ विद्यार्थीले पाए सिपको प्रमाणपत्र >> साईबर अपराधबारे एक दिने सचेतना कार्यक्रम >> जबरजस्ती करणी र चोरी मुद्दाका फरार प्रतिवादी पाँचथरबाट पक्राउ >> चीनले अमेरिका, ईयू र जापानबाट प्लास्टिक आयातमा एन्टी–डम्पिङ शुल्क लगायो >> लगातार घट्दै आएको शेयर बजार आज दोहोरो अङ्कले उकालो >> चालु आर्थिक वर्षको चैत्र मसान्तसम्म ४७.८ अर्ब बराबरको खाद्यान्न आयात >> ग्लोबल क्वालिफायरमा महिला क्रिकेट प्रवेश गरेपछि प्रधानमन्त्रीले भने, ‘बधाई छ’ >> महत्वाकांक्षी लुम्बिनीको नीति तथा कार्यक्रमः कार्यान्वयनमा शंका >> दूधाधारी माविमा लागूऔषध नियन्त्रण सम्बन्धी अन्तरक्रिया  >> गणतन्त्र दिवस तीन दिन मनाइने, बालेन गएनन् बैठकमा >> रवि लामिछानेका बन्दी प्रत्यक्षीकरणको मुद्दा फेरि ‘हेर्न नभ्याइने’ मा >> गभर्नर नियुक्ति प्रक्रिया अन्योलमा, सिफारिस समिति अझै बस्न सकेन >> लुम्बिनीका मुख्यमन्त्री र राप्ती गाउँपालिका अध्यक्षबीच सार्वजनिक कार्यक्रममै बाझाबाझ  >> कोहलपुरमा अत्याधुनिक शवदाह गृह निर्माण पछि सफल परीक्षण >> बाबु छोरालाई एकैसाथ कैद सजाय >> एकै पटक १२ लाखको खसी बोका बिक्री >> लुम्बिनीका सांसद विष्णु पन्थीले भने–झुटो मुद्दा र मानहानी विरुद्ध कानुनी लडाईंमा जान्छु >> रुपौलिया महिला सहकारीमा बचतकर्ताको १ करोड ६० लाख बढी रकम झ्वाम >> कान्स फेस्टिभल रेड कार्पेटमा पुगे नायक प्रदीप खड्का >> यसरी बनाउनुहोस् घरमा नै ५ प्रकारका आँपको अचार >> प्रधानमन्त्रीले युरोपियन युनियनका राजदूतहरूलाई भने, ‘सबैसँग मित्रता, छैन कसैसँग शत्रुता’ >> ठगिनेहरुको सहारा बन्दै आप्रवासी स्रोत केन्द्र >> रवि लामिछानेका बन्दी प्रत्यक्षीकरणको सुनवाई प्रधानन्यायाधीशसहितको इजलासमा >> नेपाल महिला विश्वकप क्रिकेटको ग्लोबल छनोटमा >> डिआईजी चतुर्वेदीद्वारा सीमा अपराध नियन्त्रण गर्न कडा निर्देशन >> सुनको मुल्य बढदा चाँदीको मुल्य स्थिर >> विश्वकप एसिया छनोटमा नेपाललाई युएईले दियो ११५ रनको लक्ष्य >> गुल्मीमा मोटरसाइकल दुर्घटनामा परी युवकको मृत्यु >> आज साँझ मन्त्रिपरिषद् बैठक, गभर्नर नियुक्तिको सम्भावना >> दुई महिना यता इजरायलद्वारा गाजामा भिषण युद्ध, १५१ को मृत्यु >> इन्जिनमा समस्या देखिएपछि समिट एयरको जहाज आकस्मिक अवतरण >> लुम्बिनी प्रदेश सरकारले आज ल्याउँदै नीति तथा कार्यक्रम >> महिला टी–२० विश्वकप छनोटमा आज नेपाल र यूएई खेल्दै >> विपन्न परिवारले पाए नयाँ घर >> छानबिन उपसमिति संयोजकमा खाँण >> गभर्नर नियुक्तिमा अलमल >> कहाँ पुग्यो मल कारखाना खोल्ने योजना ? >> गुल्मीदरबारमा थपिए तीन सूचक >> ‘कानूनलाई’ छल्न अंशबण्डा >> आस्थालाई ‘उद्यमको’ आश >> जुवाको खालबाट नगद सहित ९ जना पक्राउ >> ७५ वर्षीय जेष्ठ नागरिकले गरे नातिनीमाथि बलात्कार >> बंगालको खाडी र अरब सागरको जलवाष्पयुक्त हावाको प्रभाव : यी क्षेत्रमा वर्षा र हावाहुरीको सम्भावना >> चलचित्र पत्रकार संघ बाँकेद्वारा सुवेदी र गिरी सम्मानित >> नेपालगञ्ज उपमहानगरपालिका पूर्ण खोप सुनिश्चितता घोषणा >> तिलोत्तमा होम्समा घरधनीलाई लालपूर्जा हस्तान्तरण >> लुम्बिनी प्रदेश सरकारको आर्थिक अनुशासनमा गम्भीर प्रश्नः बेरुजु साढे चार अर्ब नाघ्यो

स्थानीय सरकारले नबुझेको वातावरण संरक्षण

१४ श्रावण २०८१, सोमबार
१४ श्रावण २०८१, सोमबार

संघीय संरचना अनुसार नेपालमा स्थानीय सरकारको अभ्यास शुरु भएको ७ वर्ष बितिसकेको छ । गाउँगाउँमा सिंहदरबार भन्ने अभियानका साथ स्थानीय जनप्रतिनिधिहरूले आफ्नो गाउँठाउँमा सरकारको उपस्थिति र संघीयताको आभास दिलाउदै काम गरिरहेका छन् । स्थानीय विकास निर्माणको खाका तयार गर्ने, बाटोघाटो, खानेपानी र शिक्षा तथा स्वास्थ्यमा लगानी गर्ने, पालिकाको लागि आवस्यक कानून तर्जूमा र कार्यान्वयन गर्ने जस्ता काममा सबै स्थानीय सरकारहरूले आफुलाई व्यस्त बनाउदै लगेका छन् । संघीयतालाई सफल बनाउन यी कार्यहरू सबै स्थानीय सरकारले गर्नैपर्ने भएकोले यसलाई स्वभाविक प्रक्रिया मानिएको छ । स्थानीय सरकार गठन भए देखि नै सबै नगरपालिकाहरू, बजार भएका गाउँपालिकाहरूले सरसफाइमा आफुलाई संलग्न गराइरहेका छन् । बेलाबेलामा प्रदेश र संघीय सरकारका मन्त्री र उच्च पदस्थ कर्मचारीहरूपनि सरसफाई अभियानमा संलग्न भएर फोटो खिचाएको देखिएको छ । जनप्रतिनिधिहरूले आफ्नो गाउँठाउँलाई स्वच्छ सफा बनाउन भन्दै सेता पन्जा र मास्क लगाएर बाटो÷सडक बढारेको, फोहर उठाएको तस्विर सहितका समाचारहरू हप्तैपिच्छे संचार माध्यममा आइरहेका छन् । केहि पालिकाहरूले फोहरमैला व्यवस्थापन संबन्धि कानून समेत बनाएर लागू गरिरहेका छन् । प्लास्टिक प्रतिबन्ध गर्ने , फोहरदानी वितरण गर्ने, फोहर संकलन शुल्क नतिर्नेलाई स्थानीय सरकारले प्रदान गर्ने सेवा सुविधाबाट वन्चित गर्ने, खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने जस्ता कामहरू धेरै स्थानीय सरकारले गरिरहेका छन् । स्थानीय सरकारका व्यक्तिले बाटो बढार्न , फोहर टिप्न बारम्बार देखाउने सक्रियतालाई हेर्दा स्थानीय सरकार वातावरण व्यवस्थापनमा निकै अघि बढेको जस्तो देखिएको छ ।

आधारभूत शिक्षा, स्वास्थ्य र सरसफाई हरेक मानिसका अधिकार हुन् । यी अधिकारहरूको उपभोग गर्न नपाएसम्म अन्य अधिकार र सुविधाको कुनै अर्थ रहदैन । त्यसैले देशको संबिधान र कानूनले नागरिकका यी अधिकारको सुनिस्चितता गरेको हुन्छ । यी तीन अधिकारहरू स्वच्छ वातावरणिय अधिकारसंग जोडिएका हुन्छन् । नेपालको संबिधान २०७२ को दफा ३० मा प्रत्येक नागरिकलाई स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न पाउने हक हुने तथा वातावरणीय प्रदूषण वा ह्रासबाट हुने क्षतिबापत पीडितले प्रदूषकबाट कानून बमोजिम क्षतिपूर्ति पाउने हक हुने व्यवस्था गरिएको छ । नेपालको संविधानले वातावरणिय स्वच्छता र सरसफाई कायम गर्ने कुरालाई स्थानीय सरकारको अधिकार क्षेत्रभित्र राखेको छ । संविधानको अनुसूची ८ मा आधारभुत स्वास्थ्य र सरसफाइ, वातावरण संरक्षण र जैविक विविधता, जलाधार, वन्यजन्तु, खानी तथा खनिज पदार्थको संरक्षणका कुराहरूलाई स्थानीय सरकारको अधिकारको सुचिमा राखको छ । स्थानीय वातावरणिय समस्याको बारेमा स्थानीय सरकार बढी जानकार हुने र स्थानीय वातावरणिय समृद्धिबाट स्थानीय सरकारले नै बढी लाभ लिन सक्ने भएकोले यी कुराहरूलाई स्थानीय सरकार अन्तर्गत राखिएको हो । नेपालको संबिधान २०७२ ले गरेको व्यवस्था अनुसार नै स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११ उपदफा २ मा सरसफाई सम्बन्धि नीति तथा मापदण्डहरूको निर्माण र कार्यान्वयन, वायु तथा ध्वनी प्रदुषणको नियन्त्रण र नियमन, सरसफाई सचेतनाको अभिवृद्धि र स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन जस्ता कार्यहरूलाई स्थानीय सरकारहरूले गर्नुपर्ने कार्य तोकिएको छ । अहिले स्थानीय सरकारका व्यक्ति, सल्लाहकार र कर्मचारीहरूले गाउँ टोल सफा राख्ने कामलाई नै वातावरण व्यवस्थापनको कार्य मानिरहेका छन् । सरसफाइको अभियानले बेलाबेलामा गाउँ टोल सफा देख्न पाइएको छ । तर यस्तो वातावरणिय संकिर्णताको भुँवरिमा परेर स्थानीय सरकारले गर्नैपर्ने महत्वपूर्ण वातावरणिय कार्यहरू छुटिरहेका छन् ।

सरसफाई मात्र नभई फोहरमैलाको दिगो व्यवस्थापन, हरियाली संरक्षण र प्रवर्धन, जलाधार र जलक्षेत्रको संरक्षण जस्ता कार्यहरू वातावरण संरक्षण अन्तर्गत पर्छन् र यी कार्यहरू प्रत्यक्ष रूपमा खेतिपानी, खानेपानी उपलब्धता, स्वास्थ्य, स्थानीय सौन्दर्यिकरण र पर्यटन, जैविक विविधता संरक्षणसंग जोडिएका हुन्छन् । स्थानीय सरकारहरूले सरसफाइको अभियानमा आफुलाई केन्द्रित गरि बाटो बढार्ने र फोहर टिप्ने काममा मात्र सिमित भैरहदा स्थानीय रूपमा गर्नुपर्ने वातावरणिय व्यवस्थापन र वातावरणिय सेवाका कार्यहरू ओझेलमा परिरहेको देखिन्छ । अहिले नगरपालिकाहरूमा सडक सौन्दर्यिकरण र सडक हरियालीलाई महत्व दिइएको छ । शहर सुन्दर बनाउनको लागि बाटो मात्र हराभरा र सुन्दर भएर हुदैन, हरेक वस्तीहरूमा पर्याप्त हरियाली हुनु पर्छ । पछिल्लो समयमा जताततै खोला, कुलो र घोला अतिक्रमण गरेर भौतिक निर्माण गर्ने काममा भूमाफिया र स्थानीय वासिन्दाहरू त संलग्न थिए नै , अचेल स्थानीय सरकार समेत विकासका नाममा त्यस्ता ठाउँमा निर्माण कार्य गर्न सघाइरहेको छ । सडक छेउछाउ वृक्षारोपण भैरहदा गाउँवस्तीमा धमाधम रुखहरू काटीइ रहेका छन् । के शोभाका विरुवाहरू रोपेर मात्र आफ्नो क्षेत्र सुन्दर हुन्छ ? शहरमा सुन्दरता र स्वच्छ हावाको आपूर्तिको लागि रुखहरू रहनु पर्दैन ? सार्वजनिक जग्गा, कुलो÷नहरका डिलहरू, खोला किनारामा रहेका रुखहरू जोगाउने र अतिक्रमण खाली गराएर भएपनि हरियाली बढाउने कुराको महा अभियान स्थानीय सरकारहरूले प्राथमिकतामा किन परिरहेको छैन ? यो गम्भीर चिन्ताको विषय हो ।

खासगरी अहिले नगरपालिका भित्र खेतीयोग्य जमिनलाई घडेरी बनाएर घर बनाउने वा जग्गा बाझो छोड्ने काम तीव्र दरमा भैरहेको छ । जानी नजानी यो कामलाई स्थानीय सरकारहरूले नै सघाइरहेका छन् । अव्यवस्थित ढंगले जग्गा प्लटिंग गरि वस्ती विकास गर्दा वातावरणिय सुरक्षाका आधारभूत मान्यताहरूलाई वेवास्ता गरिएको छ । पर्याप्त हरियाली क्षेत्र, खुला क्षेत्र रहने त कुरै छोडौ राम्ररी आवतजावत गर्न समेत कठिन हुने गरि बनाईएका बाटो छेउछाउ आपतकालीन अवस्थामा दमकल र एम्बुलेन्स समेत जान नसक्ने अवस्था छन् । प्लटिंग गरिएका क्षेत्रमा हरियाली छैन र भविस्यमा हरियाली बढाउन सकिने अवस्था पनि देखिदैन । भुमि सम्बन्धि ऐन र राष्ट्रिय भूमि नीतिको आधारमा भू–उपयोग नीति बनाएर जग्गाको उपयोग गर्ने गराउने काम स्थानीय सरकारले गर्न ढिलाई गरिरहेका छन् । तत्काल आवस्यक नपरेका र स्थानिय समृद्धि र जीविकोपार्जनमा प्रभाव नपार्ने ऐन, नीतिहरू बनाउन हतार गरिरहेका स्थानीय सरकारहरूले भू उपयोग र संरक्षणका नीतिहरू तयार गर्न सकेका छैनन् ।

स्थानिय सरकारहरू खोला नदि संरक्षण गर्नु भन्दापनि ठेकेदारहरूसंग्ग मिलेर ढुंगा गिट्टीको दोहन गर्न लागिरहेका खबरहरू बारम्बार आइरहेका छन् । विकासको नाममा जताततै डोजर चलाउने, पोखरी , ताल र सिंचाई प्रणाली पुर्ने जस्ता काममा स्थानीय सरकारकै अगुवाई देखिएको छ । देशभरी समुदायले २३ हजार ६ सय एक सामुदायिक वन समूह गठन गरी २५ लाख ८ हजार ३ सय २६ हेक्टर वन व्यवस्थापन गरिरहेका छन् । यी वन समूहहरूसंग स्थानीय सरकारले समन्वय गरि पर्यटन र वातावरणीय योजनाहरू बनाउन सकेमा दिर्घकालिन लाभ लिन सकिन्थ्यो । संघीय सरकारले वनसम्बन्धि स्पष्ट नीति ल्याउन नसकेकोले सामुदायिक वनमा स्थानीय सरकार भूमिका विहिन बनिरहेको छ र लाभ पनि प्राप्त गर्न सकेको छैन । केहि ठाउँमा स्थानीय सरकारले सामुदायिक वनमा हस्तक्षेप गर्न थाल्दा समुदाय र सरकार विचमा द्वन्द समेत बढिरहेका छन् । थुप्रै पालिकाहरू वन विहिन भएपनि ति पालिकामा वन विकास कसरी गर्ने भन्ने बारेमा स्थानिय सरकारहरूले योजना ल्याउन सकेका छैनन् । मानव वन्यजन्तु द्वन्द न्युनिकरणमा पनि स्थानिय सरकारहरू निरिह देखिएका छन् ।

स्थानीय सरकार अहिले सरसफाइलाई अभियानको रूपमा अघि बढाएको छ । निश्चयपनि यसले सरसफाईप्रति स्थानीय समुदायलाई सचेत बनाउनेछ तर सफाई अभियान र कार्यक्रमको रूपमा सधै अघि लैजान सकिदैन । अहिले समुदायलाई परिचालित गरेर बाटो बढार्ने र फोहर टिप्ने काम गरिएको छ , त्यसरी संकलन गरिएको फोहर कहाँ व्यवस्थापन गर्ने बारेमा दिर्घकालिन योजना बनाइएको छैन । सफाई अभियानमा संकलित फोहरलाई बाटो छेउछाउ, खुला क्षेत्र र नदी खोला छेउछाउमा थुपार्ने, जलाउने काम भैरहेको छ । यो काम वातावरणिय दृष्टिले घातक र अविवेकी काम हो । सडक बढार्नुपर्ने अवस्था उत्पन्न हुनुमा स्थानीय बासीन्दाहरू नै दोषी भएकोले स्थानीयलाई नै परिचालित गरेर फोहर कम उत्पादन गर्ने, फोहरको वर्गीकरण गरेर व्यवस्थित ढंगले संकलन गर्ने, फोहरको प्रसोधन र विक्री गर्ने जस्ता कामहरू गर्न सकेमा मात्र स्थानीय सरकारको सफाई अभियानले सार्थकता पाउने देखिन्छ । सबै पालिकाहरूले डम्पिंग साइटको व्यवस्था गरेर फोहर व्यवस्थापन गर्ने, फोहरमैलालाई श्रोतमै नियन्त्रण गर्ने, सिचाई र कृषिलाई फोहरमुक्त राख्ने जस्ता कामलाई सफाई अभियानकै रूपमा अघि बढाउन अब ढिला भैसकेको छ । वातावरण संरक्षण गर्नु भनेको फोहर हटाउनु मात्र हैन । जल, जमिन, जंगल, जीवजन्तु संरक्षण, प्राकृतिक सौन्दर्यताको जगेर्ना, वातावरणमैत्री विकास जस्ता कार्यलाई सरसफाई र स्वच्छतासंग जोड्न सकेमा मात्र हाम्रा गाउँ वस्तीहरू सुन्दर र वस्न लायक हुनेछन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?