ट्रेंडिंग:

>> शान्तिका लागि खेलकुद दिवस सरकारले सुरु गरोस् खेलाडी प्रोत्साहन >> सीमा क्षेत्रमा तस्करी रोक्न प्रहरीले बढायो सक्रियता >> अर्घाखाँचीमा जिप दुर्घटना: दुई जनाको मृत्यु, दुई जना घाइते >> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो
५८ औं रक्तसञ्चार दिवस

रक्त संचार सेवा र नेपालको वर्तमान अवस्था

१३ श्रावण २०८१, आईतवार
१३ श्रावण २०८१, आईतवार

एक स्वस्थ मानिसको शरीरबाट निकालिएको रगत र रक्ततत्वलाई विभिन्न रोग परिक्षण गरि, रगतको आवश्यक्ता परेको बिरामीलाई रगत चढाउनुलाई रक्तसञ्चार भनिन्छ । विश्वमा रक्तसञ्चार सेवाको ईतिहास झण्डै ४ सय बर्ष पुरानो छ । मानव शरीर चिकित्सा विज्ञानमा रक्तसञ्चारको महत्वपूर्ण भुमिका मानिन्छ । १६१६मा वैज्ञानिक डा.विलियम हार्वेले मानव जाति लगायत सम्पुर्ण प्राणीहरुमा रक्तसञ्चार हुन्छ भन्ने तथ्य पत्ता लगाएका हुन । सन १६६५मा डा.रिचार्ड लोबेरले एउटा कुकुरको रगत अर्काे कुकुरमा सफल सञ्चार गराएका थिए । त्यसपछि जनावरको रगत मानव शरीरमा सञ्चार गर्ने क्रममा मानिसको मृत्यु भयो । यसबाट अन्य प्राणीको रगत मानव शरीरमा सञ्चार हुँदैन भन्ने तथ्य पत्ता लागेको हो । सन १८१८ मा डा.जेम्स ब्लेण्डेलले मानव शरीरको रगत अर्काे मानवमा सञ्चार गर्न सकिन्छ भन्ने तथ्य पत्ता लगाएका हुन । सन १९०१ मा डा.कार्ल ले्डेस्टेनरले नाम गरेका अष्ट्रियाका वैज्ञानिकले मानव शरीरमा सञ्चार भैरहने रगतको समूह पत्ता लगाए । ए, ओ र बि रक्त समूह हुन्छ भनेर मानव शरीरमा हुने रगतको रक्त समूह पत्ता लगाए । यसले चिकित्सा विज्ञानमा महत्त्वपूर्ण उपलव्धि भएको छ ।

सन १९१४ मा बेल्जियमका डा.हस्टिनले मानव शरीरबाट निकालिएको रगतलाई आवश्यक तरल पदार्थ राखि निश्चित दिनसम्म सुरक्षित रहने गरि बोत्तलमा राख्न सकिने तथ्य सार्वजनिक गरेका थिए । सन १९३० मा डा.कार्ल लेण्डेस्टेनरलाई नोवेल पुरस्कारबाट सम्मानित गरेका थिए । मानव रगतमा ए,ओ र बि रक्तसमुह हुन्छ भन्ने महत्वपूर्ण तथ्य पत्ता लगाएकोले उनलाई सम्मानित गरेको हो । विश्व स्वास्थ्य संगठनले तिनै कार्ल लैण्डेस्टेनरको जन्मदिन १४ जुनलाई सन २००४ बाट विश्व रक्तदाता दिवसको रुपमा मनाउने निर्णय गरेको हो । हरेक बर्ष १४ जुन विश्वभरि रक्तदातालाई सम्मान गर्ने दिवसको रुपमा मनाउँदै आईएको छ । सन १९३२ मा एशियाका डा.एन्डी बाग्दासरावले बोत्तलमा राखिएको रगतलाई ४ डिग्री सेन्टिग्रेड तापक्रममा २१ दिनसम्म सुरक्षित राख्न सकिने तथ्य पत्ता लगाए । उनले यो प्रविधिको विकास गरे । सन १९३६ मा क्यानाडाका डा.नर्मल बेश्युनले स्पेनको म्याड्रिड शहरमा विश्वको पहिलो ब्लड बैंक स्थापना गरेका हुन । सन १९४० मा डा.कार्ल लैण्डेस्टेनर र डा.एलेक्जेण्डरको संयुक्त अध्ययनबाट मानव रगतमा आर.एच.(नेगेटिभ÷पोजिटिभ) समूह पत्ता लगाए । मानव शरीरमा हुने रगतको ए, बि र ओ समूहसंगै आर.एच.समूह चिकित्सा विज्ञानमा सवैभन्दा महत्वपूर्ण उपलव्धि मानिन्छ । बिरामी मानिसको उपचारमा रक्त समुहको आधारमा सम्भव भएको हो । सन १९४२ मा कोलकातामा भारतको पहिलो ब्लड बैंक स्थापना भएको हो ।

नेपालमा वि.सं.२०२० चैत्र २० गते नेपाल रेडक्रस सोसाईटीको स्थापना भएको थियो । नेपाल रेडक्रस सोसाईटीको स्थापना भएको ३ बर्षपछि वि.सं.२०२३ श्रावण १२ गते वीर अस्पतालको एउटा सानो कोठामा पहिलो व्लड बैंक स्थापना भएको हो । लक्ष्मी ब्लड बैंक नामाकरण गरिएको सो बैंकले पहिलो बर्ष १ सय ५७ युनिट रगत जम्मा गरी आवश्यक बिरामीलाई उपलब्ध गराएको थियो । १ सय १० युनिट रगत पेशेवर रक्तदाताबाट (रगत बेच्ने भरियाहरु), ३२ युनिट बिरामीका आफन्तहरुबाट, १५युनिट मात्र स्वयंसेवी रक्तदाताबाट रगत जम्मा गरि विरामीलाई वितरण गरीएको थियो । यसरी नेपालमा औपचारिक रुपमा रक्ततसञ्चार शुरु भएको मिति श्रावण १२ लाई हरेक बर्ष नेपाल रेडक्रस सोसाईटिले रक्तसञ्चार दिवसको रुपमा कार्यक्रम गर्दै मनाउँदै आईरहेको छ । नेपाल रेडक्रस सोसाईटीले क्रमिक रुपमा आफ्नो क्षमता विस्तार गरि देशभरी एक सय भन्दा धेरै स्थानबाट रगत व्यवस्थापन गर्दै आएको छ । आर्थिक बर्ष २०८०/८१ मा नेपाल भरिका ब्लड बैंकबाट २ लाख ९४ हजार ४ सय ७७ युनिट रगत संकलन गरि ४ लाख ६ हजार २ सय ७१ युनिट रगत तथा रक्तत्व वितरण गरेको छ ।

प्रारम्भमा रगत बेच्ने पेशेवर व्यक्तिहरुवाट रगत संकलन गरिन्थ्यो । थुप्रै भरियाहरुले पैसा लिएर रगत बिक्री गर्ने गर्थे । वि.सं.२०४० मा तत्कालिन सरकारले रगतको बेचविखन पुर्णतया अवैध घोषणा गरेपछि स्वयंसेवी रक्तदाताहरुको संख्यामा उल्लेख्य वृद्धि हुँदै आएको छ ।

वि.सं.२०४८ चैत्र २४ गतेबाट मन्त्रीपरिषदको निर्णयअनुसार रक्त संकलन र वितरणको एकल जिम्मेवारी नेपाल रेडक्रस सोसाईटीलाई सुम्पिएको थियो । नेपाल रेडक्रस सोसाईटी अन्तर्गत केन्द्रीय रक्तसञ्चार केन्द्र काठमाडौंमा स्थापना गरिएको थियो र त्यस केन्द्रबाट आवश्यक सहयोग र नियन्त्रणमा देशभरी रक्तसञ्चार केन्द्र, रक्तसञ्चार ईकाई र ईमर्जेन्सी युनिटको रुपमा गठन भएका छन । चितवन, पोखरा, नेपालगन्ज र विराटनगरमा क्षेत्रीय रक्तसञ्चार (हाल प्रादेशिक) रुपमा ब्लड बैंक सञ्चालन हुँदै आएको छ । बुटवल, धनगढी, धरान लगायत अन्य शहरहरुमा भएका रक्तसञ्चार सेवा केन्द्र धेरै रगत संकलन र वितरण हुने स्थान हुन ।
नेपालमा रक्तसञ्चार सेवाको ईतिहास ५८ बर्ष पुगेको छ।नेपाल रेडक्रस सोसाईटि केन्द्रीय रक्तसञ्चार सेवा केन्द्रले आजको दिन अर्थात श्रावण १२ लाई रक्तसञ्चार दिवसको रुपमा मनाउँदै आएको छ । यस दिन प्रत्येक रक्तसञ्चार केन्द्रले आर्थिक बर्षभरि रगत संकलन र वितरण गरेको विवरण प्रस्तुत गर्ने,अत्याधिक रक्तदान गर्ने संघसंस्थालाई सम्मान गर्ने कार्यक्रम आयोजना गरिन्छ ।

नेपाल रेडक्रस सोसाइटी एक अन्तर्राष्ट्रिय सामाजिक संस्था हो । यस संस्थाप्रति सम्पुर्ण संघसंस्था एवं सर्वसाधारण नागरिक, स्वयंसेवी रक्तदाताहरुको विश्वास रहेको छ । वास्तवमा यतिधेरै मात्रामा रगत रक्ततत्त्व संकलन एवं वितरण गर्नु धेरै नै चुनौतिपुर्ण कार्य हो । तर अहिले नेपाल रेडक्रस सोसाईटीलाई रगतको अत्याधिक मागलाई सहज व्यवस्थापन गर्न नसकेको आरोप लागेको छ । नेपाल सरकारले रक्तसञ्चार निती २०७१ जारी गरिसकेको छ । यस नितीले रगत व्यवस्थापनमा नेपाल रेडक्रस सोसाइटीको एकल जिम्मेवारी हटाएको छ । अब न्युनतम १ सय बेड सञ्चालन अनुमति पाएका अस्पताल एवं स्वास्थ संस्थाले न्युनतम मापदण्ड पूरा गरि ब्लड बैंक संचालन गर्ने अनुमति पाउन सक्छन । रक्तसञ्चार सेवा क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधि र मापदण्ड अनुसरण र विकसित गरि देशव्यापी रुपमा सबै केन्द्रहरुमा समानरुपले कार्यन्वयन गर्ने गरि नयाँ नितिको व्यवस्था गरिएको हो । यस नितिको प्रमुख उद्देश्य शतप्रतिशत स्वैच्छिक रक्तदान र सवस्थ रक्तदान हो । विरामीलाई समयमै रगत रक्ततत्व व्यवस्थापन गरि उपचारमा सहयोग गर्ने समेत यसको उद्देश्य रहेको छ । नेपालको रक्तसञ्चार सेवा नियमनको लागि राष्ट्रिय रक्तसञ्चार व्युरो स्थापना गरिएको छ । यस व्युरोले हाल सञ्चालित सम्पुर्ण ब्लड बैंकलाई अनुगमन, नियमन र वार्षिक नविकरण गर्ने गर्दछ । साथै नयाँ ब्लड बैंक खोल्न चाहने संघसंस्थालाई निश्चित प्रक्रिया र आवश्यक मापदण्ड पुराभए पश्चात् संचालन अनुमति दिनेगर्दछ ।

रक्तसञ्चार निती जारी भएपछि केही निजी अस्पतालहरुले समेत रक्तसञ्चार (ब्लड बैंक) केन्द्र सञ्चालन गर्दै आईरहेका छन । यसबाट बिरामीलाई रगत व्यवस्था गर्न नेपाल रेडक्रस सोसाईटिको विकल्प तयार भएको छ । रगत व्यवस्थापनमा केही सहजता भएको छ । निजी स्तरबाट सञ्चालित ब्लड बैंकहरुले रगत तथा रक्ततत्वको शुल्क अत्याधिक राखेर, रगत तथा रक्ततत्वको व्यापार गर्दै आईरहेका छन । काठमाडौंमा रहेका केही नाम चलेका ग्राण्डी, मेडिसिटि लगायतका हस्पिटलहरुले रु २ हजार १ सय रुपैयासम्म रगतको शुल्क असुल्दै आईरहेका छन । नेपाल रेडक्रस सोसाईटीबाट सञ्चालित ब्लड बैंकले रु ९ सय ५० मा रगत तथा रक्ततत्व वितरण गर्दै आईरहेका छन । स्वयंसेवी रक्तदाताहरुबाट स्वैच्छिक रुपमा निःशुल्क लिईएको रगत तथा रक्ततत्वको व्यापार गर्ने होडबाजी चलेको छ । नियमनकारी सरकारी निकाय नेपाल रक्त ब्युरो यस सन्दर्भमा मौन छ ।

बुटवलमा रगत तथा रक्ततत्व व्यवस्थापन

वि.सं. २०२७ श्रावण ७ गते नेपाल रेडक्रस सोसाईटी रुपन्देही जिल्ला शाखाको स्थापना भएको हो । नेपाल रेडक्रस सोसाईटी स्थापना पछि वि.सं.२०३४ सालमा बुटवल ब्लड बैंकको स्थापना भएको थियो । त्यसैगरी हस्पिटल युनिटको रुपमा वि.सं.२०५७ बाट युनिभर्सल मेडिकल कलेज, सिद्धार्थनगर भैरहवामा समेत ब्लड बैंक स्थापना भएको थियो । वि.सं.२०६८ मा विश्व स्वास्थ्य संगठनको सहयोगमा प्राप्त ब्लड कम्पोनेन्ट छुट्याउने मेसिनबाट बिरामीको सेवा पुर्याउँदै आएको छ । बुटवल तथा नजिकका क्षेत्रहरुमा रक्तदानको राम्रो अभियान चलेको छ । झण्डै ४ सयभन्दा धेरै संघसंस्थाले नियमित रक्तदान कार्यक्रम आयोजना गर्दै आईरहेका छन । राजनैतिक दल, तिनका भातृ संगठन, व्यवसायिक संघसंस्था, गैर सरकारी संघसंस्था, बैंक तथा वितीय संघसंस्था, सहकारी संघसंस्था, धार्मिक संघसंस्था, शैक्षिक संघसंस्था सबैले नियमित रक्तदान कार्यक्रम गर्दै आईरहेका छन । आर्थिक बर्ष २०८०/८१ मा बुटवल ब्लड बैंक र सिद्बार्थथनगर ईकाईबाट ३१ हजार ६ सय ७४ युनिट रगत संकलन गरि ३४ हजार ६ सय १७ युनिट रगत तथा रक्ततत्व वितरण भएको छ । बुटवलका संघसंस्थाहरु रक्तदान अभियानमा धेरै सकृय छन । स्वयंसेवी रक्तदाताहरुको अत्याधिक संख्या रहेको यस क्षेत्रले रगत नपाए बुटवल जानू भनेर बुटवलको गरीमा बढाउँदै बुटवललाई नयाँ चिनारी दिएका छन ।

अब सहज रगत व्यवस्थापनसंगै निःशुल्क रगत र रक्ततत्व वितरण हुनुपर्छ । स्वयंसेवी रक्तदाताहरुको अभियानले गर्दा रगतको सहज आपुर्ति हुँदै आएको छ । स्वयंसेवी तरीकाले निःशुल्क दान गरेको रगत र रक्ततत्वलाई निःशुल्क वितरण हुनुपर्छ, भन्ने माग स्वयंसेवी रक्तदाताहरुको रहेको छ । राज्यले रगत व्यवस्थापनमा लाग्ने सम्पुर्ण लागत व्यवस्थापन गर्नुपर्दछ र रगत र रक्ततत्व निःशुल्क वितरण गर्नुपर्दछ । यस सम्बन्धमा लुम्बिनी प्रदेश सरकारले सरकारी अस्पतालमा लाग्ने रगत तथा रक्ततत्वको शुल्क निःशुल्क गरेको छ । त्यसैगरी रुपन्देहीको सैनामैना बाहेक अन्य पालिकाले निःशुल्क रगत तथा रक्ततत्व वितरण अभियानमा सहकार्य गरेका छन । गुल्मी,कपिलवस्तु र अर्घाखाँचीका समेत केही पालिकाहरुले रगत निःशुल्क वितरण अभियानमा सहयोग गरेका छन । नेपाल रेडक्रस सोसाईटीले निर्धारण गरेकोे रगत तथा रक्ततत्वको शुल्क रु ९ सय ५० रक्तसञ्चार ब्युरोले निर्धारण गरेकोे अधिकतम शुल्कभन्दा रु १०० धेरै भएको गुनासो लुम्बिनी प्रदेशका स्वयंसेवी रक्तदाता संघसंस्थाले उठाउँदै आएका छन ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100% 0% 0% 0%