Butwal Today
पेरिस ओलम्पिक

प्रतियोगिताको पहिलो पदक काजकिस्तानलाई, चीनलाई पहिलो स्वर्ण

१२ श्रावण २०८१, शनिबार
अ+
अ-

काठमाडौँ । पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक चीनले जितेको छ । चीनका १९ बर्षिय शेंग लिहाओ र हुआंग युटिंगले दक्षिण कोरियालाई हराउदै १० मिटर एयर राइफल मिक्स टिममा पहिलो स्थान हासिल गर्दै पेरिस ओलम्पिकको पहिलो स्वर्ण पदक जितेका हुन् ।

त्यस्तै दोस्रो भएको दक्षिण कोरियाले रजत पदक जितेको छ भने तेस्रो भएको काजकिस्तानले काश्य पदक जितेको छ । पेरिस ओलम्पिकको पहिलो मेडल काजकिस्तानको नाम भएको छ ।

काजकिस्तानले १० मिटर एयर राइफल मिक्स टिममा तेस्रो स्थान हासिल गरेसँगै काश्य पदक जितेको हो । यो काजकिस्तानको १९९६ को ओलम्पिकपछि पहिलो ओलम्पिक पदक हो ।