ट्रेंडिंग:

>> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने >> रवि लामिछानेले सहकारीको रकम अपचलन गरेको पुष्टि भयो- देउवा >> कालिका मानवज्ञानका प्रधानाध्यापक थापालाई राष्ट्रिय शिक्षा पुरस्कार >> बुटवल–नारायणगढ सडक निर्माण छिटो सक्न मुख्यमन्त्री पाण्डेको निर्देशन

नेपालमा लामो राजनीतिक अस्थिरताका कारणहरू

११ श्रावण २०८१, शुक्रबार
११ श्रावण २०८१, शुक्रबार

१. छिमेकी मुलुकहरूको चासो
नेपाल आकारमा सानो भएरपनि छिमेकी देशहरूका वीचको सम्बन्धका हिसाबले महत्वपूर्ण छ । दक्षिणतिरको भारत स्वतन्त्रतापछि विश्व आर्थिक मञ्च र प्रजातान्त्रिक आन्दोलनमा शक्तिशाली बनिरहेको छ भने उत्तरतर्फको चीन अबको आर्थिक क्षेत्रको विश्व बिजेताकारूपमा अगाडि आइरहेको छ । केही वर्ष पहिलासम्म आम नेपालीहरूले भारतीय प्रभाव नेपालमा बढी परिरहेको महसुस गर्दथे । पछिल्ला वर्षहरूमा नेपालमा चिनीयाँ प्रभावको महसुस पनि गर्न थालिएको छ । राणा शासनको अन्त्यका समयमा भारतले नेपाल छाडेर भारतमा आश्रय लिनपुगेका राजा त्रिभुवनलाई भारतले आश्रय मात्र दिएन २००७ सालको परिवर्तन भारतको मध्यस्थतामा भारतमै भयो । पछि नेपालका राजाहरूको मौलिकखालको पञ्चायती शासन ब्यवस्थाकाविरुद्ध २०४६ सालमा नेपाली काँग्रेस र संयुुक्त बाममोर्चाको संयुक्त जनआन्दोलनका कारण नेपालमा राजासहितको बहुदलीय प्रजातन्त्र आयो । यो आन्दोलनको समाप्ति र बहुदलको आगमनका क्रममा भारतीय नेता चन्द्र शेखर काठमाडौंमा आई बसे र राजनीतिक परिवर्तनमा भूमिका खेले । तर, बहुदलीय प्रजातन्त्रको प्राप्तिको छ वर्षमै नेपालमा माओवादी सशस्त्र युद्ध सुरू भयो । १० वर्ष चलेको युद्धरत नेकपा माओवादी र सातदलीय गठबन्धनबीच संघीय गणतान्त्रिक राज्यका रूपमा नेपालको शासकीय स्वरूप परिवर्तन गर्ने गरी वर्ष २०६२।०६३ को जनआन्दोलन भयो । गणतन्त्र स्थापनापछि संबिधान सभामार्फत नेपालको संबिधान लेखन दोस्रो संबिधान सभामामात्र संभव भयो । यसक्रममा समेत संबिधानका प्रावधानमा आ–आफ्ना स्वार्थ स्थापनाका लागि भित्री र बाहिरी शक्तिहरूको ठूलो कसरत भयो । दिल्लीको दूतकारूपमा करन सिंहहरू पटकपटक नेपालमा आउने जाने गरे । अन्तिममा ९१ प्रतिशत बहुमतले ऐतिहासिक रूपमा नेपालको संबिधान जारी गरियो । तर तराईमा आन्दोलन नै भयो । यसबीचमा पटकपटक सरकार बन्ने र भत्कने खेल भैरह्यो । भारतको नयाँदिल्लीमा बसेर सहमति गर्ने, यहाँ आइसकेपछि सहमति तोडिने र फेरि कुदेर दिल्ली जाने क्रम बाक्लो हुनलाग्यो । माओवादी अध्यक्ष प्रचण्ड र काँग्रेस नेतृ आरजु राणाबीचको आधा–आधा समय प्रधानमन्त्री हुनेगरी दिल्लीमा भएको सहमतिका कारण भारतप्रति नेपाली नेताको धेरै झुकाव हुने गरेको पुनः पुष्टि भएको छ ।

नेपालमा राजनीतिक अस्थिरता रहिरहेको र भारत यी सबै परिदृश्यमा साझेदार छ भन्ने गरिन्छ । यद्यपि पछिल्ला वर्षमा चिनियाँ प्रभावपनि सिधै महसुस गर्न थालिएको छ । नेकपा एमाले र माओवादीवीचको एकतालाई पनि चिनियाँ चासोकारूपमा चित्रण गरिन्छ । नेपालमा अमेरिकी चासो पनि बढिरहेको छ । मिलेनियम कर्पोरेशन च्यालेञ्ज (एमसिसी) परियोजनाका सम्बन्धमा र दक्षिण एसिया र चीनको सम्बन्धमा नेपाल सामरिक महत्वको स्थल भएकोले पनि अमेरिकी चासो स्वाभाविक रूपमा बढेको छ । पछिल्ला वर्षमा बि.आर.आई.इण्डोप्यासिफिक परियोजनाका कारण पनि अमेरिका र चीनको चासो नेपालमा बढिरहेको महसुस भएको छ । त्यसैगरी विश्व बैंक लगायतका दातृ निकायहरूको चाहना अनुसार अर्थमन्त्री चयन भएको चर्चा धेरै सुनिएका हुन् । उच्चस्तरको राजनीतिक र प्रशासनिक संरचनामा नेपालको आन्तरिक ब्यवस्थापन पद्धतिले मात्र काम नगर्ने गरेका धरै उदाहरण छन् ।

२. नेतृत्वको शक्ति तथा सत्तामोहः

नेपालका राजनीतिक दलका शीर्ष नेतृत्वहरूले दलभित्र आफै शक्तिशाली बनिरहने र दल एवम् सरकारको नेतृत्व सँधै आफैले गर्ने लोभ देखाइरहेका छन् । दल र सत्तामा आफूलाई समर्थन गर्नेहरूको झुण्ड बनाउने गर्नाले साना ठूला सबै दलभित्र गुटबन्दी बढिरहेको छ । केही समय गुट बलियो हुनपुग्दा नयाँ दल निर्माण गर्ने रोग बढेको छ । बामपन्थीहरू प्रायः दल विभिाजन गर्न पुगेका छन् । माओवादीबाट नयाँ शक्ति निर्माण गर्ने भन्दै डा. बाबुराम भट्टराई अर्को दल निर्माणमा लागे । मोहन बैद्यले छुट्टै दल बनाएका छन् । विप्लव अझै भूमिगत शैलीमा छुट्टै दल चलाइरहेका छन् । नेकपा एमालेबाट नेकपा समाजवादी निर्माण भएको छ । सिपि मैनालीले छुट्टै दल बनाएका छन् । यद्यपि यी दल विभाजनमा नीतिगत मतभिन्नता भएको भन्ने दलील पेश गरिन्छ । मुख्यगरेर गुटगत स्वार्थ झाँगिदै जानाले दल विभाजनको शिकार बन्ने गरेको छ । नेपाली काँग्रेसमा खुलारूपमा दुई गुट क्रियाशील छन् । रामचन्द्र पौडेल देउवा पक्षमा तानिएपछि देउवा र कोइराला पक्ष गुटगत राजनीतिमा उत्रिएका देखिन्छन् । केही दिनयता पाल्पामा नेपाली काँग्रेसका छुट्टाछुट्टै जिल्ला भेला भएका र जिल्लास्तरका नेतृत्वको सहभागिता बाँडिएको पाइएको छ । लुम्बिनी प्रदेश सरकारको नेतृत्व चयनका कारण नेकपा एमालेमा र मन्त्रीहरूको छनोटमा नेपाली काँग्रेसमा गुटगत स्वार्थ बाझिएका आवाजहरू सतहमा आएका छन् । दलको केन्द्रीय नेतृत्वले आफू निकट गुटमा नेताहरूलाई बढी माया गरेको आरोप लागेको छ । दलभित्र यसरी गुटगत संस्कार हुर्काएका नेतृत्वले केन्द्र सरकारको नेतृत्व आँफैले सँधै गर्न पाउने गरी कसरत गरिरहेको देखिन्छ । पछिल्ला वर्षमा शेर बहादुर, केपी ओली र प्रचण्डका वीचको कतिपटक प्रधानमन्त्री बन्ने प्रतिस्पर्धा चलेको छ । तर, उहाँहरूले आफ्नो सत्ता लम्ब्याउने र अर्कोको सरकार ढलाउने बाहेक अरू कुनै उल्लेख्य कार्य गर्नुभएको छैन । निर्वाचितबाट पराजित हुँदा वा संसदीय अंकगणित अनुसार कमजोर हुँदा समेत धैर्य गर्न नसक्ने र अर्कोलाई ढलाएर आफूले पद लिईछाड्ने नेतृत्वको कारण राजनीति कहिल्यैपनि सङ्लो हुन पाएन । नेतृत्वका लागि स्वार्थपरक ब्यवस्थापन ठूला दलबाहेक नेकपा एस, रास्वपा, नागरिक उन्मुक्ति, जसपा, तमलोपा सबैमा यस्तै हविगत देखिएको छ ।

३.बिचौलियाको विगविगीः
पूर्व प्रधानमन्त्री प्रचण्डले संसदमा विश्वासको मत माग्ने क्रममा नेपाली काँग्रेस र नेकपा एमालेको गठबन्धनमा बन्न लागेको सरकार निर्माणमा बिचौलियाको हात रहेको बताए । वास्तवमा यति गम्भीर कुरा प्रधानमन्त्रीले विश्वासको मतमाग्दै गर्दा भन्नु ठीक थियो वा बेठीक थियो अर्को छलफल हुनसक्छ । सरकार गठनमा बिचौलियाको कति भूमिका छ अर्को छलफल हुनसक्छ । तर नेपाली राजनीतिमा सत्ताको दुरूपयोग गरेर स्वार्थ लुट्ने बिचौलिया दलालहरूको चलखेल र पकड बलियो छ । उदाहरणका लागि यस वर्षको एसइई परीक्षा नतिजामा ३५ प्रतिशत प्राप्तांक नल्याउनेहरूलाई अनुत्तीर्ण गर्ने र दुई विषयमा मात्र ग्रेड बृद्धि परीक्षा दिन पाउने ब्यवस्था एक दिनमात्र टिक्यो । शिक्षा ऐन, कर्मचारी ऐन, प्रहरी ऐन जस्ता अति महत्वपूर्ण ऐन नियमसमेत संबिधान जारी भएको एघार वर्ष भैसक्दा पनि किन निर्माण हुदैनन् ? अर्थ मन्त्रालयको सिसी क्यामेरा फुटेज गायब किन भएको होला ? हल्ला चलेको छ कि सुन काण्डको फाइल भेटिएको छैन । लाउडा, क्यान्टोनमेन्ट, ललिता निवास, मानव तस्करी, ओम्नी, गिरीबन्धु, सहकारीपछि चिठीपत्रको चर्चा चलेको छ । आरोपीहरूमात्र होइन सजाय भोगिरहेकाहरू सत्ताको अंकगणितमा भूमिका खेल्ने र मुद्दा एवम् अनुसन्धान पेन्डिङ हुनुपर्ने बाध्यता सत्ता लम्ब्याउनका खातिर गरिएका हुन् भन्ने हरेक मानिसले बुझेका छन् । युवा नेतृत्वको आशा गरिएका नेताहरूसमेत कोही बाख्रा त कोही यौन दुराचारको कालो धब्बा लागेका छन् । यी काण्डहरूको किनारा लाग्न दिइएको हुदैन र मौकामा प्रहार गर्ने अस्त्रका रूपमा सँगालिएका हुन्छन् । यी काण्डहरू केही शुभलाभका लागि गरिने शक्ति र सत्ताको दुरूपयोग हुन् । किन सत्ताका लागि यति धेरै मरिहत्ते गरिन्छ ? सजिलै भन्न सकिन्छ कि यी बिचौलियामार्फत हुने शुभलाभका कारण ती दुष्कर्मका लागि सत्तामा हुनुले सजिलो हुने गरेको देखिएको छ । अनुसन्धान र मुद्दाका प्रक्रियामा प्रभाव पारेर अपराध लुकाउन सत्ता ढाल बनिरहेको हुनाले सत्ता आवश्यक छ । त्यो सत्ता आँफैमा भयो भने यी कमाउधन्दा सजिलोसँग गर्न सकिने भएकोले पनि सत्ताबाट बाहिर बस्नु अहिले सबै तहका अधिकांश नेताकालागि छटपटिनुपर्ने अवस्था छ ।

४.अशिक्षा, गरीवी र अभावः
नेपालमा राजनीतिक अस्थिरता हुनुको अर्को प्रमुख कारण यहाँको अशिक्षा, गरिवी र अभाव हो । पटकपटक राजनीतिक परिवर्तन भएपनि नेपालमा अधिकांश मानिसहरू बेरोजगार छन् । उद्योग कलकारखाना र कृषि क्षेत्रको उत्पादन अत्यन्त न्यून छ । तसर्थ उद्यम र उत्पादन दुवै नभएका कारण रोजगारीको अवसरको खोजीमा हजारौं नेपालीहरू दैनिक बिदेसिनु परेको छ भने बौद्धिक पलायनका कारण सक्षम, सिपयुक्त र बौद्धिक ब्यक्तित्वमध्ये धेरैजना नेपाल नफर्कने गरेर बिदेश गएका छन । उत्पादनमूलक उमेरको जनशक्ति नेपालमा छैन । पहाडतिर प्रायः घरहरू बृद्धाश्रमजस्ता देखिन्छन् । गाउँमा बिरामी पर्दा अस्पताल लैजाने र मर्दा घाट जाने मानिस छैनन् । आर्थिक पछौटेपनका कारण सामाजिक, शैक्षिक र आर्थिक दुरावस्थामा रहेका नागरिकलाई दलहरूले सजिलै लोभ्याउने र विचारसम्मत भन्दा लहडका भरमा निर्णय गर्ने जमात विकास भएको छ । एक गिलास रक्सी वा केही सय रूपैंया वा कुनै भाषणको पछाडि लागेर मतदान गर्ने र आफ्नो मतको महत्व बुझ्न नसक्नुका कारण गलत मानिसहरू जनप्रतिनिधि बन्न पुगेका छन् ।

संक्षेपमाः
नेतृत्वप्रतिको दासत्वले गर्दा नेतृत्व परिवर्तन र नयाँ नयाँ नेतृत्व र कार्यक्रमहरू निर्माण हुन सकेका छैनन् । नेतृत्वको सत्तामोहले गर्दा पटकपटक सत्ता समीकरण बन्ने र भत्कने भैरहेको छ । अधिकांश युवा नेता, बौद्धिक वर्ग र नागरिक समाज बिचौलिया बनिरहेको र आममानिसहरूमा अशिक्षा, चेतनाको कमीका कारण निर्बाचनमा मतको दुरूपयोग भै गलत मानिसहरू प्रतिनिधि बन्ने गरेकाले राजनीतिक अस्थिरता लम्बिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?