© २०२३
काठमाण्डाै –
⁰राष्ट्रिय मानव अधिकार आयोगले विवादित व्यक्तिहरूलाई सार्वजनिक पदमा नियुक्ति नगर्न निर्देशन दिएको छ । सरकार, संवैधानिक परिषद् तथा राज्यका विभिन्न जिम्मेवार तहमा फौजदारीलगायत अभियोग लागेका, राज्यको कारबाही तथा छानबिन प्रक्रियामा रहेका विवादित व्यक्तिहरूलाई नियुक्ति सिफारिश र नियुक्ति गर्ने क्रम रहेको देखिएको भन्दै आयोगले यस्तो निर्देशन दिएको हो ।
आयोगले विज्ञप्ति निकालेर नैतिक रूपमा विवादित व्यक्तिहरूलाई नियुक्ति तथा नियुक्ति सिफारिश गरेको जानकारी आएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । संवैधानिक परिषद्ले यौन शोषणको आरोप लागेका कृष्णमान प्रधानलाई निर्वाचन आयुक्तमा सिफारिश गरेको छ भने ज्यान मार्ने अभियोग लागेका नेपाली कांग्रेसका नेता बादशाह कुर्मी आज मात्रै लुम्बिनी प्रदेशमा मन्त्री बनेका छन् ।
आयोगले राज्यका निकायमा नियुक्त हुने व्यक्तिहरू सामाजिक रूपमा स्वच्छ छवि भएको, विवादरहित उच्च नैतिक चरित्र भएको र कानुनी रूपमा फौजदारी अभियोगमा सजाय नभएको हुनुपर्छ भन्ने लोकतन्त्रको आधारभूत मान्यता रहेको बताएको छ ।
यसैबीच निर्वाचन आयोगको आयुक्तका लागि सिफारिश भएका कृष्णमान प्रधानको संसदीय सुनुवाइ सकिएको छ । प्रश्नोत्तरका क्रममा सांसदहरूले यौन शोषणको आरोप लागेकाले प्रधानमा उच्च नैतिक चरित्र नदेखिएको बताएका छन् । अब अर्को बैठक बसेर नियुक्त गर्ने/नगर्ने निर्णय हुने समितिका सभापति पशुपतिशम्शेर राणाले जानकारी दिए।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी