© २०२३
काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओली रमेश लेखक सौर्य एयरलाइन्सको विमान दुर्घटनास्थल जान लागेका छन्। बुधबार बिहान ११ बजे दुर्घटनामा परेको विमानबारे जानकारी लिन प्रधानमन्त्री ओली घटनास्थल जान लागेको उनको सचिवालयले जनाएको छ।
दुर्घटनाग्रस्त विमानमा १९ जना यात्रु सवार थिए। त्यसमध्ये विमानका पाइलट मनिष शाक्यको उद्धार गरेर अहिले काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचार भइरहेको छ।
अन्य १८ जनाको भने मृत्यु भएको विमानस्थल प्रहरी प्रमुख डीआईजी रामदत्त जोशीले जानकारी दिए।
उनका अनुसार, अन्य शवहरू संकलन गरेर त्रिभुवन शिक्षण अस्पताल, महाराजगञ्ज लगिँदैछ।