ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

अटिजम रोगलाई हाउगुजी नबनाऔं

८ श्रावण २०८१, मंगलवार
८ श्रावण २०८१, मंगलवार

झ्याप्प हेर्दा सामान्य बच्चा जस्तै देखिने अरू बच्चा र अटिजम बच्चामा त्यति केही पनि भिन्न नलाग्ने तर जब व्यवहार गर्दै गयो उनीहरूको प्रतिक्रिया देखेपछि मात्र फरक अवस्था देखिएपछि उसमा केही समस्या रहेछ भनेर पत्ता लाग्ने अवस्थालाई अटिजम भनिन्छ । शारीरिक आकार प्रकार बहुतै राम्रो सुन्दर । सबै कुरा जानेका बुझेका जस्तै लाग्ने एकदमै इन्टेलिजेन्ट देखिने तर हामीले बाबु नानी भनेर पटकपटक बोलाउँदा पनि कत्ति पनि रेस्पोन्स नगर्ने फर्केर अनुहारमासम्म नहेर्ने खालका बानी व्यवहारहरू हुने गर्छन् । झ्याप्प हेर्दा घमण्डी अथवा जिद्दी स्वभावका जस्ता लाग्छन् । यो किन यस्तो अवस्था आएको हो भन्ने कुरा अझैसम्म अनुसन्धानकै विषय बनेको छ । अटिजमलाई अहिलेसम्म पनि विश्व स्वास्थ्य संगठनले यही कारणले भएको हो, यसको निश्चित कारण यो नै हो भनेर कुनै ठोस निश्चितता दिन सकेको छैन । यो अझैपनि अनुसन्धानकै विषय बनेको छ । किन र के कारणले हुन्छ भन्ने पत्ता नलागेको तर दिनानुदिन यो समस्या एकदमै बढीरहेको र यसले विकराल रूप लिएको देखेर विश्व स्वास्थ्य संगठनले पनि मानवीय संकटकालीन अवस्था भनेर घोषणा गरेको छ ।

यदि यस्तै अवस्था दोहोरीराख्ने हो भने अब जन्मिने प्रत्येक दुईजना बच्चामा एकमा अटिजम हुने निश्चित जस्तै भएको छ । आफ्ना सन्तानलाई अटिजम छैन भनेर पनि ढुक्क हुने अवस्था रहेन किनकि अब तिनै सन्तानले जन्माउने बालबच्चाहरू कस्ता हुने हुन् भन्ने चिन्ताको बिषय बनेको छ अटिजम । यो अवस्था नबुझ्ने जनचेतनाको कमीको कारणले र कतिले त आफ्नो परिवारमा केही पनि समस्या छ भनेर अरूको माझ ल्याउन नचाहेको कारणले कति धेरै शिक्षित नै लाग्ने परिवारले पनि आफ्ना यस्ता अटिजमका बच्चाहरूलाई घरभित्रै थुनेर बाहिर आउन नदिएर स्कुलहरूमा पनि भर्ना नगरेर घरमै राखेको घटनाहरू पनि सुन्न देख्न पाइएको छ । कति ठाउँहरूमा यो अटिजम हो भनेर अवस्था नबुझ्नाले बाँधेर राख्ने, खोर बनाएर छुट्टै खोरमा राखेर उसलाई बन्दी बनाउने, खानेकुराहरू उसलाई खोरमै लगेर खुवाउने, रसीले हात खुट्टा बाँधेर राखिदिने, एउटा छुट्टै कोठामा थुनेर राख्ने जस्ता घटनाहरू पनि देखिएका छन् । कतिले झारफुकबाट निको हुन्छ कि भनेर झारफुक लगायतका मठ मन्दिरहरूमा धाउने कामहरू पनि गरिराख्नुभएको छ । तर यो केही पनि फरक पर्नेवाला नै छैन । यसलाई त बरु स्वीकार गरेर दिनानुदिन आफू क्रियाशील बनेर उनीहरूलाई बहुतै धेरै कुराहरू सिकाएर समस्या समाधान गर्न सकिन्छ । सिकायो भने यिनीहरूले पनि धेरै कुराहरू सिक्न र गर्न सक्छन् । यिनीहरू परिवर्तन रुचाउँदैनन् तैपनि यिनीहरूलाई दिनानुदिन एक एकवटा नयाँ कुराहरू सिकाउँदै लग्यो भने यिनीहरूले छिटो बिर्सिँदैनन र आफूले गरेको कामहरूलाई दीर्घकालीन पनि बनाउँछन् । यो अवस्थालाई राम्रोसँग बुझेर मनन गरेर सहयोगी बन्नु जरुरी छ । यो नै कारणले अटिजम हुन्छ भन्ने कुनै निश्चित कारण अहिलेसम्म पत्ता नलागे जस्तै यो नै लक्षण हुन्छ भनेर कुनै निश्चित लक्षण पनि हुँदैन । किनकि यसका व्यक्तिपिच्छेका फरक फरक लक्षणहरू हुने गर्छन् । कसैलाई एकदमै चकचक गर्न मनपर्छ, कसैले हातहरू एकदमै हल्लाइराख्ने, खुट्टाको औंलाले मात्र हिँडिदिने, टाउको घुमाउने, यत्तिकै उभी राख्ने, उफ्री राख्ने अथवा फरक तरिकाले खेलिरहेका हुन्छन् । सबैको एउटै खालको लक्षणहरू पनि हुँदैन । कसैलाई भाँडाको आवाज बजेको एकदमै मनपर्छ भने कसैले थोरै घडीको सुई मात्रको आवाज पनि सुन्न सक्दैनन् । अटिजमलाई जति छिटो एक्सेप्ट गर्यो त्यति नै सहज हुन्छ । हामी डराएर लुकेर लुकाएर होइन यिनीहरूलाई जस्तो छन्, त्यस्तै परिभाषित गरेर समाजमा अगाडि बढाउन जरुरी छ । अटिजम भएका कति धेरैले बहुतै राम्रा ठूला कामहरू गरेर पनि देखाएका छन् । जो विश्व प्रख्यात बनेको छन् । उनीहरूको इतिहास हेर्दाखेरी उनीहरूमा पनि माइल्ड अटिजम थियो भन्ने रिसर्चले देखाएको छ ।

त्यसैले अटिजमलाई भयावहको रूपमा होइन स्वीकार्य मानेर यो अवस्थालाई सहज बनाउन मद्दत पु¥याउनु हाम्रो कर्तव्य हो । कसैको बच्चालाई अटिजम छ भन्दैमा उसलाई बहुतै फरक ढंगले हेर्नु अनावश्यक हो । यो अवस्था भोलि जो कोहीमा पनि आउनेवाला छ । त्यसकारणले यो अवस्थालाई बुझौं र आफ्नो तर्फबाट जे जसरी सकिन्छ सहयोग गरौं । जनचेतनाको कमी भएका ती ठाउँहरूमा यो अवस्थालाई बुझाउने कोसिस गरौं । र, यी बच्चाहरू राख्नको लागि भनेर खोलिएका तालिम केन्द्रहरू छन् भनेर पनि त्यहाँ सूचना दियौं भने धेरै सहज वातावरण सिर्जना हुन्छ । वातावरण प्रदूषण, अस्वस्थकर खानेकुरा, बढ्दो विद्युतीय तरङ्गहरूको प्रयोग आदि आदि कारणले यो अवस्था आएको हुन सक्ने अनुमान लगाइएको छ । तैपनि यो नै कारण हो भनेर अहिलेसम्म त्यस्तो कारण चाहिँ पत्ता लगाउन सकिएको छैन । अटिजमको तथ्याङ्क हेर्दाखेरि केही वर्ष अगाडि प्रत्येक १० हजारमा एकजनामा अटिजम थियो । त्यसैगरी एक हजारमा एकजनामा अटिजम र यसभन्दा अगाडिको तथ्याङ्कमा प्रत्येक ६५ जनामा एकजनामा अटिजम भएकोमा यसपालिको तथ्याङ्कमा प्रत्येक ३७ जनामा एकजनालाई अटिजम छ भनेर पुष्टि भएको छ । यो एकदमै भयावह अवस्था हो । औषधि नै पत्ता नलगाइएको कुनै रोग भनेर परिभाषित पनि नभएको यो अवस्थाले यो रूप लिनु भनेको समस्याको विषय हो । तैपनि यसलाई स्वीकार गर्नु बाहेक हामीसँग अर्को कुनै विकल्प पनि छैन । यही समस्याले गर्दा विभिन्न स्थानमा अटिजम केयर सेन्टरहरू सञ्चालनमा रहेका छन् । यो समस्या भएका बालबच्चा छन् भने ती तालिम केन्द्रहरूमा पठाउनु आवश्यक हुन्छ । यस्ता बच्चाहरूलाई डराउन दिएर, धम्क्याएर, रिसाएर, दण्ड दिएर कहिलेपनि सुधार गर्न सकिँदैन । यिनीहरूले मिठासको भाषा मात्र राम्रोसँग बुझ्न सक्छन् । रिसाएर गरेको कुनैपनि कार्यहरू गर्दैनन् । मोबाइल अत्याधिक खेलाएर अटिजम हुन्छ भन्ने जुन हाम्रो धारणा छ, मोबाइल अत्यधिक खेल्नको कारणले मात्र अटिजम हुने होइन । केही सिम्टमहरू बच्चामा भएको र मोबाइल अझ बढी मात्रामा हेर्दाखेरि जुन उमेरमा सिक्नुपर्ने कुराहरू हो त्यो नसिकेर एकोहोरो सुनाई मात्र सुन्दाखेरी उनीहरूले वातावरणसँग एक्सपोज हुन सक्दैनन् र सिकाई ढिला हुने देखिन्छ । यसलाई भर्चुअल अटिजम पनि भनिन्छ तर यो मोबाइलको स्क्रिनबाट जति छिटो छुटाउन सक्यो र उनीहरूलाई वातावरणीय तत्वहरूसँग समायोजन गरायो जसरी सरल तरिकाले आउँछ । त्यसरी नै सरल तरिकाले यो निवारण पनि हुने हुँदा मोबाइलको लत छुटाउनु नै सबैभन्दा उत्कृष्ट उपाय हुन जान्छ । अटिजमको सुरुवाती चरणमा नै बच्चालाइ धेरै भन्दा धेरै समय हामीले दिन सक्यौं भने उनीहरूमा धेरै हदसम्म सुधार हुन सक्ने सम्भावना हुन्छ । तर बिडम्बना बच्चालाई अटिजम छ भनेर थाहा पाइसकेपछि अभिभावकहरू आफै धेरै चिन्तामा पर्ने, आफै डिप्रेसनमा जाने र उनीहरूलाई त्यो स्टेजमा जुन कुराहरू सिकाउनु पर्ने हो, त्यो कुराहरू सिकाउन नसक्नुको कारणले उनीहरूमा त्यो समस्या अझ धेरै बल्झिएर नाजुक अवस्थासम्मै पुग्ने अवस्था आएको हुन्छ । पछि उनीहरूलाई सिकाएको कुरा पनि नसिक्ने अवस्थामा पुगिसकेको हुन्छन् । त्यसकारणले यदि बच्चालाई अटिजम छ भनेपनि धेरै स्ट्रेस नलिकन उनीहरूसँग हाँसेर खेलेर हामी उसको पहिलो शिक्षक महसुस गरेर आफूले लिनुपर्ने तालिमहरू पनि लिएर उससँग राम्रोसँग व्यवहार गरेर उसलाई धेरै कुराहरू सिकाउन सकिन्छ । भविष्यमा केही गराउन सकिन्छ । त्यसकारणले धेरै स्ट्रेस लिएर भन्दा पनि बच्चाहरूलाई धेरै कुरा सिकाउनमा जोड दिएर समय ब्यतित गर्नु आवश्यक छ । कहिलेकाहीँ अटिजम कतै मेरै कारणले भयो कि वा मैले चाहिने जति हेरेन कि मैले जति दिनुपर्ने हो त्यति स्यार सुसारहरूमा कमी गरे कि भनेर पनि ग्लानी बोध गरेको पनि पाउन सकिन्छ । तर, होइन आफूले आफूलाई दोष दिएर होइन । यो एउटा पत्तो नै नपाईकनै आइदिने अवस्था हो भन्ने मानेर यसलाई स्वीकार गरेर सजग हुनु आवश्यक हुन्छ । बच्चालाई धेरै भन्दा धेरै कुरा सिकाउन सकिन्छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?