Butwal Today

लुम्बिनीको मुख्यमन्त्रीमा एमालेका चेतनारायण आचार्यको दाबी पेश

७ श्रावण २०८१, सोमबार
अ+
अ-

बुटवल, ७ साउन ।

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीका लागि एमालेका चेतनारायण आचार्यले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष दावी पेश गरेका छन् ।  नेकपा एमाले लुम्बिनी प्रदेशका संसदीय दलका उपनेता आचार्यले सोमबार अपरान्ह प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीको दावी पेश गरेका हुन् ।

५६ सांसदको समर्थनसहित उनले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन् । आचार्यले नेकपा एमालेका २९ जना र कांग्रेसका २७ जना सांसदको समर्थनसहित दाबी पेश गरेका हुन् । मुख्यमन्त्रीमा दावी पेशका लागि एमाले र काँग्रेसका नेताहरु प्रदेश प्रमुखकोमा पुगेका थिए ।

नेकपा माओवादी जोखबहादुर महराले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए । महराले लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २४ औं बैठकलाई आइतवार सम्बोधन गर्दै राजीनामा दिए थिए ।