Butwal Today

यसरी लाग्यो लीला गिरीको नाममा टिपेक्स !

७ श्रावण २०८१, सोमबार
अ+
अ-

बुटवल, ७ साउन ।

लीला गिरीलाई एमालेको तर्फबाट मुख्यमन्त्री बनाउने पत्र तयार हुँदै गर्दा केन्द्रको निर्देशनमा उनको नाममा टिपेक्स लगाएर चेतनारायण आचार्यको नाम लेखिएको पाइएको छ । लीला गिरीको नाममा दावी पेश गर्न जाने गरी एमाले प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले पत्र तयार गरिसकेका थिए । तर त्यहीबेला पार्टी महासचिव शंकर पोखरेको फोन आएपछि गिरीको नाममा टिपेक्स लगाएर चेतनारायण आचार्यको नाम लेखिएको स्रोतको दावी छ ।

एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कंडेलले पार्टी केन्द्रको निर्देशन पालना गर्दै आचार्यलाई मुख्यमन्त्री बनाउने निर्णय गरिएको बताए ।

एकाएक यस्तो निर्देशन आएपछि गिरी आफैले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई फोन गरेका थिए । त्यसक्रममा ओलीले यसपाली यस्तै भयो भनेको गिरीले बताए । सोमबार बिहानसम्म लिला गिरी मुख्यमन्त्री बन्ने पक्कापक्की जस्तै थियो । तर एकाएक यस्तो निर्देशन आएपछि गिरी असन्तुष्ट भएका छन् । उनले राजनीति यस्तै हो भनी प्रतिक्रिया दिए । “यो विधि सम्मत भएन, संसदस्य मूल्य अनुरुप पनि भएन, मैले माथि भनिसकेको छु”–उनले भने ।

नेपाली कांग्रेसका प्रदेश संसदीय दलका नेता तथा पूर्वमुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि दलका तर्फबाट लिला गिरीलाई मुख्यमन्त्री बनाउने भन्ने सहमति पत्र आफूले आइतबार नै दिइसकेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?