© २०२३
काठमाण्डौ –
सामाजिक सुरक्षाभत्ताको परिचयपत्र नवीकरणका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न गृह मन्त्रालयले मातहतका निकायलाई परिपत्र गरेको छ । बाढीपहिरोका कारण ज्येष्ठ नागरिकलाई परिचयपत्र नम्बर बनाउन असहज भएकाले यससम्बन्धी पुरानो निर्णय कार्यान्वयन नगर्न गृहले गएको शुक्रवार परिपत्र गरेको हो ।
यसअघि साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ताको परिचयपत्र नवीकरणका लागि २८ जिल्लामा राष्ट्रिय परिचयपत्र अनिवार्य चाहिने नियम लागू भएको थियो । तर, ज्येष्ठ नागरिकले दुःख पाएको गुनासो गरेपछि गएको असार २७ गते सरकारले तत्कालका लागि यो नियम स्थगित गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषदले निर्णय गरे पनि यससम्बन्धी औपचारिक परिपत्र नआएको भन्दै पालिकाहरुले परिचयपत्र नवीकरणका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गर्दै आएका थिए । अब अनिवार्य नगर्न मातहतका सबै निकायलाई परिपत्र गरिएको गृह मन्त्रालयले जनाएको छ ।
मन्त्रालयकाअनुसार हिजो राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागलाई पनि यसबारे जानकारी गराइएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी