© २०२३
सुर्खेत, ७ साउन ।
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता नजिकिदै गर्दा प्रदेश गौरवको आयोजना अन्तर्गत वीरेन्द्रनगरमा निर्माणाधिन रंगशालाको काम धमाधम अगाडि बढेको छ । पूर्वनिर्धारित समयमा सम्पन्न हुन नसकेपछि चार महिना म्याद थप गरेर काम अगाडि बढाइएको छ । आगामी मंसिरमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता लक्षित गरेर रंगशाला निर्माणको कामलाई अघि बढाइएको छ ।
एमएसी–जीएसएल कम्पनीले एक अर्ब ५९ करोड ४७ लाख ४७ हजार ६ सय रूपैयाँमा निर्माणको जिम्मेवारी पाएको हो । २०८१ जेठ ११ गतेभित्र निर्माण सम्पन्न गरिसक्ने गरी सम्झौता भएपनि काम सम्पन्न नभएकाले म्याद थप गरिएको कर्णाली प्रदेश खेलकुद विकास परिषद्ले जनाएको छ । २०७८ कार्तिक २८ गते प्रदेश रंगशाला निर्माणको ठेक्का सम्झौता गरिएको थियो । म्याद थप भएसँगै निर्माणको कामहरु अगाडि बढेको परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालले बताए । २०८१ असोज १० गतेसम्म रंगशाला निर्माणको म्याद थप गरिएको छ । सञ्ज्यालका अनुसार हालसम्म ९० प्रतिशत भौतिक प्रगति हासिल भएको छ भने ९० प्रतिशत नै वित्तिय प्रगति हासिल भएको छ । अब रंगशाला निर्माणको दश प्रतिशत मात्र काम बाँकी रहेको छ ।
पहिलो चरणमा डिजाइन, फिल्ड निर्माण लगायत काम भएका थिए । ती काम ६ महिनाको अवधिमै सकिएको थियो । दशहजार दर्शक अट्ने क्षमताको बनाउने गरी काम भइरहेको रंगशालाको फिनिसिङलगायतका काम अन्तिम चरणमा पुगेको उनले बताए । उनका अनुसार अब मेसिनरी काम मात्रै बाँकी छन् । छाना छाउने, दुबो रोप्ने, हरियाली बनाउने लगायतका काम बाँकी छन् ।
अहिले झ्याल ढोका, बाथरुम फिटिङ लगायतका काम धमाधम भइरहेका छन् । अबको एक महिनामा उक्त काम सम्पन्न गरिसक्ने जनाइएको छ । अहिलेसम्म एक अर्ब ४३ करोड बजेट कार्यान्वयन भएको छ । दशहजार दर्शक क्षमताको प्याराफिट स्टेडियमको काम, स्वीमिङ पुल, छाना लगाउने काम भइरहेका छन् भने अन्य काम करिब सकिएको जनाइएको छ । वरिपरि बाटो, कम्पाउन्डिङका सटर, गेट निर्माण लगायतका काम अन्तिम चरणमा रहेको सञ्ज्याल बताउँछन् । आउटडोर मोडमा बास्केट बल, भलिबल लगायतका खेल खेल्ने संरचनाका काम सकिएका छन् भने फुटबल मैदानको काम पनि सकिएको छ ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी