ट्रेंडिंग:

>> लुम्बिनीमा उपकुलपतिको अन्तर्राष्ट्रिय सम्मेलन हुँदै, ११ देशका विज्ञ सहभागी हुने >> २ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ? >> लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न >> मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक >> आज आइपीएलका सबैभन्दा महंगा खेलाडी आमुने सामुने हुने >> भैरहवा पुग्यो दीपक बोहोराको पार्थिव शरिर, अन्तिम श्रदाञ्जली जारी >> सामाजिक सुरक्षासँग जोडिएका कार्यक्रमको समीक्षा जरुरीः अर्थमन्त्री पौडेल >> अवैध सम्बन्धको आरोपमा इजरायलमा नेतन्याहुका निकट दुई पक्राउ >> मंगलबार पनि घट्यो सेयर बजार >> तीनकुने प्रदर्शनमा गोली लागेर मृत्यु भएका महर्जनको पोस्टमार्टम गरियो ,अन्तिम संस्कार तयारी >> प्रकाशमान सिंह कार्यबहाक प्रधानमन्त्री >> मोदी बिरोधी भन्दै आलोचना भए पछि मोहनलालले मागे माफी >> काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ >> एपीएफले आफ्ना उत्कृष्ट खेलाडी र प्रशिक्षकलाई शुक्रबार सम्मान गर्ने >> यूएईले १६६ जना नेपाली कैदीलाई आममाफी दियो >> राजावादी आन्दोलनको क्रममा साहसिक कार्य गर्ने सुरक्षा गार्डलाई भाटभेटनीले सम्मान गर्ने >> सेवानिवृत्त राष्ट्रसेवक लुम्बिनी प्रदेशमा डासुराम पाण्डे >> भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात >> प्रधानमन्त्री ओली थाइल्याण्ड प्रस्थान >> दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन >> मकवानपुरको दुम्सीखर्क जङ्गलमा प्रहरीको पेस्तोल फेला >> नयाँ दिल्लीमा घर भाडामा लिएर ‘पोर्न मुभी’ बनाउने दम्पति पक्राउ, १५ करोड जफत >> दिपक बोहोराको पार्थिव शरीर भैरहवा लगिने >> शोक प्रस्ताव पारित गर्दै सकियो प्रतिनिधिसभाको हिउँदे अधिवेशन >> बेरूतमा इजरयाली हमला पछि आत्तियो लेबनान >> दिपक बोहोराको निधनको पत्र नआइपुग्दा संसद बैठकमा ढिलाइ >> सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक >> कुलमान र शाक्यको रिट २ न्यायाधीशको इजालसमा >> राप्रपाका सांसद दीपक बोहराको निधन >> शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनवाटिका) मा चुनावी माहौल >> प्रदेशभरका घरेलु तथा साना उद्योग व्यवसायी बुटवलमा >> महासंघ कपिलवस्तुद्वारा प्रधानमन्त्रीलाई ज्ञापन >> पहिलो एग्रीवस्तु कृषि तारा कपिलवस्तु २०८२ को आवेदन शुरु >> मौद्रिक चुनौतिका बीच नयाँ गभर्नरको खोजी >> ‘सुशासनको नारा एकातिर काम अर्काेतिर’ >> आगलागीमा ४ घरगोठ जलेर नष्ट >> प्राचीन कोलनगरमा पुनःउत्खनन शुरु >> तिलोत्तमाको पर्यटन अभियानः भिजिट लुम्बिनी ‘स्टे तिलोत्तमा’ >> शिक्षालाई प्रभावकारी बनाउने योजनाः शिवराजमा गहन छलफल >> मन्त्रिपरिषद् निर्णय: संसदको हिउँदे अधिवेशन अन्त्य >> प्रधानमन्त्री ओलीले थाइल्यान्डको एआईटीमा सम्बोधन गर्ने, १ लाख डलर सहयोग दिने >> इन्जिनयर टिम र ग्लोबल आवाजलाई उपाधि >> राष्ट्रियसभाबाट ५ प्रतिस्थापन विधेयक पारित >> मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल दाङमा हुँदै >> रास्वपा केन्द्रीय समिति बैठक सुरु, रवि लामिछानेको नेतृत्वमा दोस्रो बैठक >> रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो” >> प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे >> पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडान सुरु >> सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि भएको आक्रमणप्रति गम्भीर आपत्ति जनाउँदै ध्यानाकर्षणपत्र >> राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

लुम्बिनीमा सुरु भो आठौं वर्षावास

६ श्रावण २०८१, आईतवार
६ श्रावण २०८१, आईतवार

भैरहवा, ६ साउन ।

भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा आठौँ वर्षावास तथा धार्मिक अनुष्ठान सुरु भएको छ । राजनीतिक बौद्ध विहारले आइतबार आयोजना गरेको कार्यक्रममा विहारका संरक्षक भिक्षु सागर म्मले शिला वाचन गरी वर्षावासको सुरुवात गरेका हुन् । भिक्षु धम्मले वर्षावासले उक्त कार्यक्रमले नेपालीलाई भगवान बुद्धका उपदेशको ज्ञान लिन मद्दत पुग्ने विश्वास व्यक्त गरे ।

विश्वभर नेपालीहरु भगवान बुद्धको देश भनेर चिनिने भएकाले सबै नेपालीले बुद्धको ज्ञान सिक्नुपर्ने उनको भनाइ थियो । लुम्बिनी आध्यात्मिक आमा भएको उल्लेख गर्दै उनले लुम्बिनीबाट उपहार नभई उपहारको रुपमा सोच्नुपर्ने बताए । उनले लुम्बिनी क्षेत्रको फोहोर व्यवस्थापन कमजोर रहेको बताउँदै यहाँ फोहोर फाल्ने कुराले निकै पीडा हुने बताए ।

युएनडिपीका लुम्बिनी क्षेत्रीय प्रमुख सुदीप अर्यालले संयुक्त राष्ट्र संघले सन् २०१६ देखि २०३० सम्मको दिगो विकास लक्ष्यको घोषणासँगै काम गरिरहेको स्मरण गराउँदै लुम्बिनी फोहोर व्यवस्थापनको क्षेत्रमा स्थानीय बासिन्दासँग मिलेर काम गरिरहेको जानकारी दिए ।

विश्व समुदायको कल्याणका लागि शान्ति पहिलो शर्त भएकाले शान्ति प्राप्तिका लागि सामुदायिक तहमा बुद्ध ज्ञान दिनुपर्ने उनले बताए । उनले धार्मिक सहिष्णुता कायम राख्न विभिन्न समयमा हुने यस्ता धार्मिक अनुष्ठानले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख कल्पना हरिजनले लुम्बिनीको पहिलो राजनीतिक बुद्ध विहार भत्काउने विषय पटक–पटक उठेको बताउँदै बुद्ध जन्मेको ठाउँमा रहेको बुद्ध विहार भत्किएमा सिङ्गो विश्व नै तहसनहस हुने बताइन् । उनले बिहारलाई लुम्बिनी विकास गुरुयोजनाभित्र राखेर पुनर्निर्माणको काम गर्न सरोकारवालालाई सुझाव दिइन् ।

लुम्बिनीका अधिकांश गुम्बा र विहार स्थानीय समुदायसँग नजोडिएको उनको गुनासो छ । वर्षको तीन महिना प्रतिकूल मौसमका कारण धार्मिक तीर्थयात्रा गर्न कठिन हुने भएकाले भक्तजन तथा भिक्षुहरूलाई सुरक्षित स्थानमा बसेर धार्मिक अनुष्ठान गर्ने प्रक्रियालाई वर्षबास भनिन्छ ।

साउन पूर्णिमाबाट सुरु भएको वर्षावास तीन महिनापछि पूर्णिमामा समाप्त हुनेछ । वर्षावास कार्यक्रमको व्यवस्थापनको जिम्मा बौद्ध महिला समितिले लिएको छ । कार्यक्रम संयोजक मीरा गौतमले वर्वाावासभरि नै दैनिक प्रवचन, पूजापाठ लगायतका धार्मिक कार्यहरु सञ्चालन गरिने जानकारी दिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?