Butwal Today

ओलीले संसद्‌बाट सार्वजनिक गरे ७ बुँदे सहमति

६ श्रावण २०८१, आइतबार
अ+
अ-

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको ७ बुँदे सहमति सार्वाजनिक गरेका छन्। आइतबार प्रतिनिधिसभा बैठकमा विश्वासको मत माग्ने क्रममा उनले गत असार १७ गते मध्यराति भएको सहमति सार्वजनिक गरेका हुन्।

‘खास समयमा यी दुई पार्टीले सहकार्य गरेका छन् र देशलाई परिणाम पनि दिएका छन्,’ ओलीले भने। ‘नेकपा एमाले र नेपाली कांग्रेसबीच भएको ७ बुँदे सहमति सार्वजनिक गर्न चाहन्छु’ भन्दै ओलीले राष्ट्रिय सहमतिको सरकार बनाउने, राजनीतिक स्थायित्वको लागि आवश्यक संविधान संशोधन गर्ने, अर्थतन्त्रको समस्या समाधान गरेर देशमा रोजगारीको समस्या सिर्जना गर्ने लगायतका बुँदा राखिएको बताए।