ट्रेंडिंग:

>> अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट >> नेपाली यू-१९ क्रिकेट टिमले जित्यो कर्नाटकाविरुद्धको सिरिज >> शुल्क विवरण सार्वजनिक गर्न अस्पतालहरुलाई मन्त्रालयको परिपत्र, नगरे कारबाही गरिने >> नेप्सेमा ३१ अंकको गिरावट, ८ अर्बको कारोबार >> चार महिनामा करिब १७ प्रतशितले बढ्यो राजस्व >> कानुनका विद्यार्थीहरु बिच कालिकामा बहस प्रतियोगिता >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाको मानार्थ महारथी दर्जा प्रदान >> ग्रेटर नेपालका अभियन्ता नेपाल प्रहरी नियन्त्रणमा >> डरत्रास देखाई रकम असुली गर्ने व्यक्ति पक्राउ >> बुटवल–गोरुसिंगे–चन्द्रौटा सडक सास्ती नहुनेगरी विस्तार गरिनुपर्छः मुख्यमन्त्री आचार्य >> रसुवागढी जलविद्युत आयोजना राष्ट्रिय प्रसारण लाइनमा जोडियो >> अस्ट्रेलियामा बालबालिकालाई सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने विधेयक संसदमा पेश >> मन्त्री हेरफेर हुने कुरा हल्ला मात्रै- गृहमन्त्री लेखक >> बालअधिकार दिवसमा आश्रमका बालबालिकालाइ शान्ति समाजको सहयोग >> सुन तोलाको एक हजारले बढ्यो >> राष्ट्रिय जीवन बिमा कम्पनीको सीइओ पदका लागि फेरि आवेदन माग >> नेटफ्लिक्समा आर्यन खानको वेभ सिरिज >> क्षितिज ईन्टरनेशनल कलेजमा रक्तदान  >> सिंहदरबारमा मन्त्रिपरिषद् बैठक बस्दै >> भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई नेपाली सेनाले दियो ‘गार्ड अफ अनर’ सम्मान >> क्रिकेटर तृष्णा विश्वकर्मालाई भैरहवामा नगदसहित सम्मान >> रोगका कारण सुन्तला फल हरियै हुँदा बोट पहेँलै >> अनौठो संस्कृति झाँक्री नाँच >> सामुदायिक विद्यालयलाई पूर्ण निःशुल्क शिक्षा बनाउन पहल >> विश्व जोड्ने टेलिभिजनको चिन्ता >> सन्दर्भ विश्व मत्स्य दिवस मत्स्य संरक्षण, प्रबद्र्धन तथा बजार व्यवस्थापन >> पूर्वराजा ज्ञानेन्द्र लुम्बिनीमा निर्मित हजार बुद्ध मन्दिरको पूजामा सरिक हुने >> सार्वजनिक स्थलमा श्रीमानको किरिया >> अवैध क्रसर बन्द गर्न सरकारलाई सुझाव >> धानले मान >> पश्चिमी वायुको प्रभाव कायमै, यी तीन प्रदेशमा हल्का वर्षाको सम्भावना >> सरकारको पहलमा १० हजार सहकारीपीडितको बचत फिर्ता >> ‘असार होइन, जेठभित्रै काम सक्छौं’ >> सोइया महिला स्वावलम्वी संस्थाद्वारा संचालित परियोजनाबारे छलफल >> एम्स कलेजमा डिजिटल रुपान्तरण सेमिनार >> डेभिस कपमा नेपालको विजयी शुरुवात >> पेट्रोलियम डिलर्स एसोसिएसन र आधुनिक समाज डेन्टल बिच सम्झौता >> दिल्लीमा वायु प्रदुषण गम्भीर श्रेणीमा, आधा कर्मचारीलाई ‘वर्क फ्रम होम’ लागु >> नि:शुल्क आलुको बीउ वितरण >> गैंडाले बाली नष्ट गरेपछि स्थानीय चिन्तामा >> अमेरिकाले युक्रेनलाई युद्धमा प्रयोग हुने ल्याण्ड माइन दिने >> नेप्से ९ अंकले बढ्यो, ७ अर्बको कारोबार >> काठमाडौँ आइपुगे भारतीय स्थल सेनाध्यक्ष द्विवेदी >> इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण >> एमालेको ‘जागरण सभा’ काठमाडौँको दरबारमार्गमा हुने >> विकासमा राजनीति नगरौं- गृहमन्त्री लेखक >> ओस्कार विजेता मिसेलको गुनासोः बच्चा जन्माउन नसक्दा असफल भए ! >> चार महिनामा १२ अर्ब ७२ करोडको विद्युत् भारत निर्यात >> उपेन्द्र यादव र रसियन प्रतिनिधिबीच भेटवार्ता >> दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति

नेपालको राजनीतिमा महामानव विपि

५ श्रावण २०८१, शनिबार
५ श्रावण २०८१, शनिबार

परापुर्व काल देखि विश्वमै प्राणीहरूको जन्म मृत्यु भैरहेको छ । यस्तै मानव जातीको पनि जन्म मृत्यु भै रहन्छ । तर केहि मानीसको जन्म र मृत्युले धेरै ठूलो महत्व बोकेको हुन्छ । हाम्रो मुलुकमा पनि केही मानीसहरूको जन्म र मृत्युलाई देश र जनताले सम्झीरहेका हुन्छन । उनिहरूले जीवनमा गरेको कार्य अनुसार उनिहरूलाई सम्झने गरिन्छ । उनिहरूले गरेको कामको सम्झना स्वरूप बिभिन्न नाम अथवा उपाधी पनि दिइएको हुन्छ । यस्तै ब्यक्ती मध्येका एक ब्यक्ती हुन बिशेश्वर प्रसाद कोइराला । उनलाई सम्झनुपर्दा पनि महामानव भनि सम्बोधन गरिन्छ । उनले मुलुक र जनताको स्वतन्त्रताका लागी जीवनभर ज्यानको बाजी लगाएर लडे । उनै बिपीको सम्झना स्वरूप हामीले देशैभरी स्मृती दिवस भनेर सम्झीरहेका छौँ । बिपीको जन्म १९७१ साल भदौ २४ गते आमा दिव्यादेबी र बाबु कृष्ण प्रसाद कोइरालाको कोखबाट भएको थियो । २०३९ साल साउन ६ गते उनको देहवसान भएको थियो । घाँटीको क्यान्सर रोगबाट पिडीत बिपी सानो आवाज निस्कँदा सम्म प्रजातन्त्र प्राप्तीका लागी बोलिरहेका थिए । जीवनभर जनताको सार्वभौमताका लागी लडेका बिपी शालिन सुझ बुझ र गम्भीर चिन्तक तथा अदम्य साहासी नेता थिए ।

बि.सं.२०१७ साल पुस १ गते राजा महेन्द्रले आफ्नो बिशेष अधिकार प्रयोग गरेर उनलाई बिना कुनै मुद्दा ८ वर्ष कैदमा राखियो । वि.सं.२०२५ सालमा उनलाई बनारस निर्वासनमा जान दिइयो । वि.सं.२०३३ सालमा उनी नेपाल फर्के । तर तत्कालिन नेपाल सरकारले उनलाई देशद्रोहको अभियोगमा जेलमा राख्यो । पछि अन्तर्राष्ट्रिय दबाबका कारण २०३५ मा उनका विरुद्ध लगाइएका सबै अभियोगहरू सरकारले फिर्ता लियो ।

नेपाली कांग्रेसका सँस्थापक तथा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको ४२ औँ स्मृति दिवस विभिन्न कार्यक्रम गरी आजको दिनमा मनाइदै छ । नेपाली कांग्रेस पाटी र उसका भातृ भगेनी सुभेच्छुक संस्थाहरूले सप्ताहव्यापी रूपमा यो दिवस मनाइरहेका छन । नेपालको प्रजातान्त्रिक समाजवादी आन्दोलनका प्रतिक मानिने बीपी तत्कालिन नेपालका अन्तर्राष्ट्रिय पहिचान बनाउन सफल राजनितीक ब्यक्तित्वका रूपमा समेत चिनीन्थे । २०३४ सालमा मेलमिलापको नीति लिएर नेपाल फर्किएका बीपीले त्यसपछि भने सम्पुर्ण राजनितीक दलको नेता बन्ने अवसर पाए । सबै विचारका नेताहरूलाई समेटेर आफुले नेतृत्व लिएर चल्न सक्ने महामानव बिपीलाई स्मृती र जयन्तिमा मात्र होइन सधै सम्झीनु पर्छ ।
बीपी साहित्यमा पनि धुरन्धर मानिन्छन । राजनितीमा शालिन मानीने बीपी साहित्यमा भने अराजक थिए । उनका सुम्निमा, मोदीआइन, बाबु आमा र छोरा, नरेन्द्रदाइ, तीन घुम्ती तथा हिटलर जस्ता चर्चित उपन्यासहरू नेपाली साहित्यमा अझै पनि चर्चाकै शिखरमा छन । बीपीको मेलमिलापको नीतिको चर्चा सदैव रहिरहन्छ । भारतमा निर्वासित जीवन त्यागेर ज्यानको बाजी लगाएर बीपी नेपाल फर्किएपछि राजनितीले नया मोड लिएको थियो । उनले राजादेखि दलहरू अटाउने किसिमको नीति लिएर फर्केपछि मात्र जनमत संग्रह सम्भव भयो । त्यसपछि दलहरू सक्रिय हुन पाए । बीपीको त्यो निती २०४६ सालको बहुदलदेखि गणतन्त्र ल्याउने बेलासम्म पनि उत्तिकै महत्व बोकेर रह्यो ।

बीपीको मेलमिलापको निति सत्ताधारी र विपक्षी दलहरू समझदारीमा आउने बेलामा निकै चर्चामा आउँछ । नेपालका कम्युनिष्टहरू पनि बीपीलाई सम्झीरहन्छन । बर्तमान अवस्थामा कांग्रेसले बीपीको नीतिलाई अँगालेको पाइँदैन । गुट उपगुटका कारण पार्टी कमजोर बन्दै गएको अबस्थामा बीपीको नीति सान्दर्भिक भएपनि अहिले कांग्रेसी नेताहरूले यो नीतिलाई भुल्दै गएको गुनासो आइरहेको छ । वि.सं.२००४ मा बिराटनगरमा मजदुर आन्दोलनको नेतृत्व गरेको अभियोगमा उनलाई नेपाल सरकारले एक वर्ष कैद गरेको थियो । सन १९५१ मा उनले नेपालमा राणा शासनको अन्त्यको लागि सैनिक संघर्ष सुरु गरेका थिए । २००७ सालमा राणा शासनको अन्त्य भयो र नेपालमा बहुदलिय प्रजातन्त्रको स्थापना भयो । त्यसपछि मोहन शम्शेर जबराको नेतृत्वमा नया सरकार बन्यो र कोइराला त्यस सरकारको गृहमन्त्री बने ।

नेपालका २२ औँ प्रधामन्त्री एवं नेपाली कांग्रेसका सँस्थापक नेता विशेश्वर प्रसाद कोइरालाको जन्म १९७१ भदौ २४ गते का दिन भारतको वाराणसीमा भएको थियो । बिपीका परीवारलाई सर्वश्वहरण सहित लखेटिएको थियो । उनका बाबुआमाले भारतमा कष्टकर जीवनयापन गरेका बखत बीपीको जन्म भारतमा हुन पुगेको हो । उनी नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री हुन । बीपी नेपाली तथा हिन्दी भाषाका साहित्यकार थिए । उनले आफ्नो जीवनको लामो समय सम्म नेपाली कांग्रेसको नेतृत्व वि.स.२०१५ देखि २०१७ सम्म नेपालको प्रधानमन्त्री र नेपालमा प्रजातन्त्र स्थापना गर्नको लागि राजनीतिक नेतृत्व प्रदान गरे । उनका पिता कृष्ण प्रसाद कोइराला राजनितीक पृष्ठभुमिका व्यक्ती थिए । त्यसैले सानैदेखि बिपीमा राजनीतिक छाप पर्दै गएको थियो । बिपीको राजनीतिक जीवन त्यतीखेर भारतमा चलिरहेको भारतको स्वतन्त्रता आन्दोलन बाट भयो । आन्दोलनमा लागेकै कारण विपी र उनका भाई मातृका प्रसाद कोइरालालाई सन १९८० मा तीन महिनासम्म बेलायती सरकारले कैद गर्यो । त्यसपछि नै उनको राजनीतिक जीवनको शुरुवात भयो ।

विपीले सन १९८९ मा आफ्नो उच्च माध्यमिक शिक्षा बनारसमा पुरा गरे । त्यसपछि बनारस हिन्दु विश्वविध्यालयबाट राजनीति तथा अर्थशास्त्र विषयमा स्नातक तथा कलकत्ता विश्वविध्यालयबाट कानुनमा स्नातकोत्तर पुरा गरे । अध्ययन पुरा गरेपछि दार्जिलिङ्मा बसेर धेरै समयसम्म कानून पेशामा काम गरे । विध्यार्थी हुँदा पनि उनी राजनीतिमा नजिक थिए । सन १९४२ देखि १९४४ सम्म दोस्रो विश्वयुद्यको समयमा उनलाई वेलायती सरकारले जबरजस्ती सैनिकमा भर्ना गर्यो । त्यहाँबाट छुटेपछि उनले वि.स.२००४ सालमा नेपाली राष्ट्रिय कांग्रेसको स्थापना गरे जुन पछि गएर नेपाली कांग्रेस बन्न पुग्यो ।

वि.स.२०१५ मा भएको पहिलो आम निर्वाचनमा उनको दल नेपाली कांग्रेस विजयी भएपछि उनले आफ्नो नेतृत्वमा नया सरकार गठन गरे । उनको सरकार १८ महिना मात्र नेतृत्वमा रहयो । बि.स.२०१७ साल पुष १ गते राजा महेन्द्रले आफ्नो बिशेष अधिकार प्रयोग गरेर नेपालको तत्कालिन संविधान र सरकार भंग गरे । त्यसपछि उनलाई कैद गरियो र कुनै मुद्दा बिना नै ८ वर्ष कैदमा राखियो । वि.स.२०२५ सालमा उनलाई बनारस निर्वासनमा जान दिइयो । वि.स.२०३३ सालमा उनी नेपाल फर्के । तर तत्कालिन नेपाल सरकारले उनलाई देशद्रोहको अभियोगमा जेलमा राख्यो । पछि अन्तर्राष्ट्रिय दवावका कारण २०३५ मा उनका विरुद्य लगाइएका सबै अभियोगहरू सरकारले फिर्ता लियो । वि.स.२०३६ सालको आन्दोलनका बेला उनलाई आफ्नै निवासमा नजरबन्द गरेर राखिएको थियो । उनको मृत्यु वि.सं.२०३९ साल साउन ६ गते ६७ बर्षको उमेरमा काठमाण्डौमा भएको थियो ।

प्रतेक बर्ष साउन ६ गते बीपीको स्मृती दिवस भनेर सम्झीने र बृक्षारोपण गर्ने देखि बीपीको गुणगान गाएर चर्का चर्का भाषण निकै हुने गर्छन । तर बीपीले गरेका राम्रा कामको अनुशरण गर्ने र उनको सिदान्त अंगाल्ने गरेको कतै पाइंदैन । जस्का कारण नेपाली कांग्रेस भारतको कांग्रेस आइको अबस्थामा पुग्ने शंकेत दिइरहेको छ । पाटी हाँक्ने नाइकेहरूले नै मुहान (केन्द्र) धमिलो पारीरहेका छन । तर निष्ठाको राजनिती गर्नेहरू विस्थापित भएका छन । पाटीको नेतृत्व गलत ब्यक्तीहरूको हातमा पुगेको छ । बर्षमा एकदिन बीपीको स्मरण गरेर चर्का भाषणले केही हुनेवाला छैन । १६४ दिन बीपीलाई बिर्सीने, उनको नितीलाई नअंगाल्ने तर उनैलाई भजाएर पाटी हाँक्न खोज्नेहरूले पाटी तथा देशको अवस्था बिगारेका छन । अब बीपी, कृष्ण प्रसाद तथा गणेशमानले जन्माएको पाटी बचाउने हो भने तेस्रो पूस्ता अगाडी बढनुपर्छ । पहिलो मृत्यु भैसकेका र केही बाँचेका नेताले राम्रा उत्तराधिकारी तयार गर्न सकेनन । दोस्रो पुस्ताबाट खाशै राम्रो लक्षण देखिएन तसर्थ अब तेस्रो पुस्तालाई बिस्वास गरेर पाटी हस्तान्तरण गर्नुपर्ने देखिन्छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?