© २०२३
काठमाडौँ । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले डोनाल्ड ट्रम्प फेरि अमेरिकाको राष्ट्रपति बने भने उनीसँग काम गर्न सजिलो नहुने टिप्पणी गरेका छन् । बीबीसीसँग कुरा गर्दै जेलेन्स्कीले चुनावपछि अमेरिकाको जिम्मेवारी लिने जोसुकैसँग पनि काम गर्न तयार रहेको बताउदै ट्रम्पले जितेमा काम गर्न सहज नहुने बताएका हुन् ।
राष्ट्रपतिका उम्मेदवार ट्रम्पसहित उपराष्ट्रपतिका उम्मेदवार बनेका ओहायोका सिनेटर जेडी भान्सले पनि युक्रेनमा के हुन्छ भन्ने वास्ता नगर्ने बताउदै युक्रेनमा युद्धको लागि आर्थिक सहयोगको विरुद्धमा रहेका छन् ।
अमेरिकी चुनावमा मनोनयनपछि नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा डोनाल्ड ट्रम्प विजयी भए युक्रेनका सम्बन्धमा अमेरिकाको नीति परिवर्तन हुने आशंका फेरि बढेको छ । जेलेन्स्कीले बीबीसीलाई युक्रेनमा वास्तवमा के भइरहेको छ भन्ने थाहा नभएको हुनाले अमेरिकासँग मिलेर काम गर्नुपर्ने बताए ।
हाल बेलायतमा रहेका जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केयर स्टाररलाई पनि भेटेका थिए, जसले सम्भव भएसम्म युक्रेनको साथ रहने बताएका छन् ।
यो वेबसाइट बुटवल टुडे राष्ट्रिय दैनिकको आधिकारिक न्युज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, शिक्षा, स्वास्थ्य, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ । साबिक न्युज बुटवल टुडे डटकमबाट बुटवल टुडे डटकममा परिणत भएको छ।
सूचना विभाग दर्ता नं.: ४६५६
प्रेस काउन्सिल दर्ता नं. १२६७
फोन: ०७१-५५४६४०, ५५४६४२
इमेल: ebutwaltoday@gmail.com
ठेगाना: बुटवल–६, रुपन्देही
बुटवल टुडे
बुटवल टुडे राष्ट्रिय दैनिक समाचारका लागि: newsbutwaltoday@gmail.com
अनलाइन समाचार का लागि: ebutwaltoday@gmail.com
बिज्ञापनका लागि: addbutwaltoday@gmail.com
फोन: ०७१-५५४६४०, ५५४६४२
सम्पर्क गर्नुहोस्अध्यक्ष
हरी प्रसाद पौडेलप्रबन्ध सम्पादक
नवराज कॅुवरसम्पादक
लक्ष्मण पौडेलसह–सम्पादक
स्वस्तिक श्रेष्ठउप–सम्पादक
निरुता गिरी