ट्रेंडिंग:

>> तम्घास–रिडी सडक महिनादिन बन्द >> दलिय गठबन्धनको अभ्यास फेल खादै >> आज रामनवमी पर्व मनाईँदै, सार्वजनिक बिदा >> आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना >> दाउन्नेमा सडक विस्तारको कामलाई तिव्रता दिन रातीमा सडक बन्द गरिने, चार दिन दिउसोँमा बन्द गरि मर्मत गरिदै >> लुम्बिनी कप अन्तराष्ट्रिय आमन्त्रण महिला फुटबलको टि–सर्ट सार्वजनिक >> ड्रग्स नियन्त्रणका लागि विज्ञ कुवँरले पत्रकारमाझ प्रस्तुत गरे पाँच रणनीति >> कुवारी विद्यालयलाई रोटरी डाउनटाउनद्धारा ट्वाईलेट निमार्ण गरि हस्तान्तरण >> दोस्रो दिनको खेलमा स्टार र ईलिट जेआर विजयी >> भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता >> थाइल्याण्ड भ्रमणबाट लगानी र सहकार्यका सम्भावना खुलेका छन् : प्रधानमन्त्री >> अक्षर इन्टरनेशनल स्कुलमा बार्षिकोत्सव तथा अभिभावक दिवस >> प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा >> तीनकुने घटनाको निष्पक्ष छानविन हुन्छ : प्रधानमन्त्री >> यो हो विश्वको पहिलो हवाई दुर्घटना, लेफ्टिनेन्ट थोमस थियाे पहिलाे ज्यान गुमाउने व्यक्ति >> पोस्ट लाइक गर्दा मराठी कलाकारले गुमाए ६१ लाख रूपैयाँ >> यी हुन गाजर खानुको १० फाइदा, दिन्छ अनेक फाइदा >> दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट >> रवि पक्राउ पछि एमाले महासचिवको प्रश्न, ‘आफ्ना पालामा सुधार किन नगरेको ? >> बुटवलमा अन्डर यू–१४ टी–२० क्रिकेट प्रतियोगिता सुरु >> रविलाई भैरहवा ल्याइयो, सोमबार कारागार पठाइने >> सिंचाइ आयोजना धेरै, सिंचाई कम >> तिलोत्तमाका किसानलाई कृषि औजार वितरण >> गाउँको खेत बारी >> चैते दशैं र यसको महत्व >> वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी >> डुबान रोक्न गुहार्दै उद्योगीहरू.. >> बढ्दो महिला फुटबलको क्रेज >> सिद्धार्थमा कक्षा १२ को बोर्ड परीक्षामा सहभागी हुने विद्यार्थीलाई बिदाइ >> रवि लामिछानेलाई आज भैरहवा ल्याइने >> रवि पक्राउपछि मध्यराति रास्वपाको निर्णय: कार्यवाहक सभापति डीपी, चितवन सभा नरोक्ने >> यसकारण निर्मलाले अदालतको गेटमै आत्मदाह गर्न खोजिन् >> जाजरकोट केन्द्रबिन्दु भएर ५.५ म्याग्निच्युडको भूकम्प >> मुख्यमन्त्री कप महिला भलिबलको सेमिफाईनल समीकरण पूरा >> महाबैमा एकिकृत स्वास्थ्य शिविर सम्पन्न >> रवि लामिछाने पक्राउ >> यू–१४ टी–२० क्रिकेटमा स्टार र ईलिट जेआर विजयी >> लुम्बिनी प्रादेशिक र सिभिल अस्पताल बीच सहकार्यको तयारी >> नेपाली नया वर्षमा बुटवल सडक खाना महोत्सव >> मागहरु पुरा नभएसम्म विद्यालय नफर्कने शिक्षकहरुको चेतावनी >> प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदीबीच बैंककमा भेटवार्ता >> हत्याको अरोमा कोहलपुरमा एक पक्राउ >> चैत १५ को घटनाका दोषीलाई कारबाही गर्न संसदीय समितिको निर्देशन >> श्रम संसार रोजगार पोर्टल छिट्टै स्थानीय तहमा विस्तार गरिने छ: श्रम मन्त्री >> राप्रपाको काठमाडौंमा प्रदर्शन् (फोटोफिचर) >> जनमत पार्टीले उपाध्यक्ष दीपककुमार साहलाई ६ महिनाका लागि निलम्बन गर्यो >> सजिवनको सुप खाँदा हड्डी बन्छ फलाम भन्दा बलियो >> सामाजिक सञ्जालको दुरूपयोग गर्ने कार्यमा संलग्न व्यक्ति पक्राउ >> बक्यौता रकम उठाउन खोज्दा मलाइ जिम्मेवारी मुक्त गरियोः कुलमान >> पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने तीन जना पक्राउ

बर्षामासमा टाइफाइड र यसको रोकथाम

३ श्रावण २०८१, बिहीबार
३ श्रावण २०८१, बिहीबार

विश्वभर टाइफाइडबाट बर्सेनि एक करोड ७० लाख व्यक्ति पीडित हुन्छन् र छ लाखले ज्यान गुमाउँछन । जसमा ८० प्रतिशत एसियाली मुलुकमा पर्छन । अस्पतालमा भर्ना भएका रोगीमध्ये ८० प्रतिशतमा दूषित पानीको सेवनबाट टाइफाइड भएको पाइन्छ । काठमाडौँलाई त झनै विश्वमा टाइफाइडको राजधानी मानिन्छ । दिसापिसाब मिसिएको खाना तथा पानीबाट गर्मी मौसममा मात्र फैलिने यो रोग राजधानीमा बाह्रै महिना देखिने गर्छ । ग्लोबल बर्डेन अफ डिजिज २०१९ अनुसार नेपालमा ८२ हजार चार सय ४९ भन्दा बढी बिरामी रहेको आशङ्का छ, जसमा ६० प्रतिशत १५ वर्षभन्दा कम उमेरका छन । पाटन स्वास्थ्य विज्ञानको अध्ययनमा नेपालमा एक लाख जनसंख्यामा एक हजार ६२ जनामा टाइफाइड छ, जब कि विश्व स्वास्थ्य सङ्गठनले प्रतिएक लाख जनसंख्यामा एक सय भए उच्च टाइफाइडको जोखिम भनी वर्गीकरण गरेको छ । प्रतिलाखमा चार वर्षसम्मकामा सात हजार छ सय ४५,देखि नौ वर्षकामा ७१ हजार तीन सय १० देखि १४ वर्षमा तीन हजार सात सय ५० जनामा सङ्क्रमण रहेको सरकारी तथ्याङ्क छ । विगत पाँच वर्षको एचएमआईएस हेर्दा हरेक वर्ष चार लाख ५० हजार बिरामी भेटिने गरेका छन । सङ्क्रमण हरेक उमेरकालाई हुन सक्छ तर बच्चामा बढी र गम्भीर देखिने गरेको छ । जसलाई खोपले रोकथाम गर्न सकिन्छ ।
कारण र सर्ने तरिकाः
मानिसमा मात्र पाइने सालमोनेला टायफी, सालमोनेला प्याराटाइफी ए र साल्मोनेला प्याराटाइफी बी तीन प्रजातिद्वारा सङ्क्रमित भएर लाग्छ । यसमध्ये टायफीले कम सङ्क्रामक, कम खतरनाक, कम भयानक र प्याराटाइफी ए, सी र बीले अलि भयानक खालको विषमज्वरो निम्त्याउँछन् । नेपालमा भने सालमोनेला प्याराटाइफी ए बढी मात्रामा पाइएको छ । जीवाणु घामबाट सुरक्षित रहेमा पानी, माटोमा लामो समयसम्म बाँच्न सक्छन् र ६० डिग्री सेल्सियस तापक्रममा नासिन्छन् । सालमोनेला कीटाणु पानीमा, फोहोरमा र मैलामा बस्न मनपराउने हुँदा पानी मूलदेखि मुखसम्म पुग्दा दूषित हुन सक्छ । रोगीको मलमूत्रको माध्यमबाट उत्सर्जित भई जीवाणुलाई झिँगाले, प्रदूषित पानी, दूध र सागसब्जीमा मल र खाना जस्ता विभिन्न माध्यमबाट स्वस्थ व्यक्तिको शरीरमा प्रवेश गरी उसलाई रोगग्रस्त बनाउँछ । गर्मीयाममा झिँगाको वृद्धिसँगै म्यादी ज्वरोका रोगीको संख्या बढेको देखिन्छ । अन्य वस्तु धुलो, माटो, थर्मोमिटर, लुगाफाटो इत्यादिले समेत रोग पैmलाउनमा सहयोगी भूमिका खेलेका हुन्छन ।
रोगवाहकः
एकपटक रोग लागेर निको भइसकेको भए पनि पित्ताशयमा रोगका जीवाणु छन् भने उक्त व्यक्तिलाई रोगवाहक मानिन्छ । रोगवाहकले उत्सर्जित गरेका जीवाणुले गर्दा नै रोगले महामारीको रूप लिने गरेका घटना थुप्रै छन । रोगीले दिसा गर्दा, पिसाब फेर्दा हात सङ्क्रमित भई उक्त दूषित हातले खाद्यपदार्थ छुँदा दूषित भई रोग पैmलिन सक्छ । द जर्नल अफ अमेरिकन मेडिकल एसोसिएसनका अनुसार ५ प्रतिशतमा रोग आफैँ सञ्चो हुन्छ तर ब्याक्टेरिया रगत, दिसापिसाबमा रहिरहन्छन । आफू स्वस्थ रही अरूलाई रोग सारिरहने व्यक्तिलाई क्यारिअर भनिन्छ । यस्तो जीवाणु बोक्ने पहिलो व्यक्ति अमेरिकामा पहिचान भएका मारी मालन हुन । न्युयोर्क सिटीमा खाना पकाउने उनले काम गर्दा ५३ जनाभन्दा बढीलाई रोग सङ्क्रमित पारेकी थिइन । नेपालमा पनि त्यस्तै भएका धेरै रहेको अनुमान छ ।
लक्षणहरू
गर्मी र वर्षायाममा बढी हुने यस तीव्र सरुवा रोगले पाँच देखि ३५ वर्ष उमेरकालाई बढी सताउने गर्छ र २० वर्षमाथिकामा प्रतिरक्षात्मक क्षमता हुने भएकाले कम असर पार्छ । रोग परिपक्व हुने अवधि सङ्क्रमणताको मात्राअनुसार ५–२१ दिन पनि हुन सक्छ, तथापि सङ्क्रमणको मात्रा, शारीरिक अवस्थाले पाँचै दिनमा समेत लक्षण देखिन सक्छ । बढी प्रकोप नेपाल, भारत, पाकिस्तान, चीन र जापानमा मुख्यतया सरसफाइको अभाव, फोहोर वातावरण तथा स्वस्थकर पानीको वितरणको अभावका कारणले देखिन्छ । टाइफाइडका कीटाणुले आक्रमण गरेपछि सुरुमा अल्छी लाग्ने, ज्वरो आउने, कब्जियत हुने, भोक नलाग्ने, जिउ भारी हुने, टाउकोको अगाडिको भाग बढी दुख्ने, पिठिउँ र पेट दुख्ने, घाँटी दुख्ने, जिब्रो सुक्खा देखिने र सेतो हुँदै जाने गर्छ । हल्का खोकी लाग्ने, खान मन नलाग्ने, जाडो भएजस्तो हुने, कहिलेकाहीँ बान्ता, हरियो रङ्गको पखाला (काँचो केराउको झोल जस्तो) वा कब्जियत हुने, पेट फुल्ने, आँखा खोल्न नसकी सुतिरहने, नाथ्री फुटेर रक्तस्राव हुने पनि देखिन्छ । ज्वरो क्रमिक रूपले बढ्दै १०४–१०५ डिग्रीसम्म आउने एवं ज्वरो माथि चढिसकेपछि आफैँ झरेर सामान्य अवस्थामा नआउने हुन्छ । ज्वरो अर्थात् सिँढी उक्लेझैँ क्रमशः बढ्दै जाने भएकाले स्टेपलेडर फिवर भनिन्छ । कमजोरी, वजन घट्ने र जलविनियोजन पनि हुन्छ ।
जटिलताः
टाइफाइडका कीटाणु आन्द्राका ग्रन्थीहरूमा जम्मा भई बढ्ने, तन्तुहरूमा क्षति पुग्ने भएकाले समयमै उपचार हुन सकेन भने आन्द्रामा प्वाल परेर रक्तस्राव हुने, दिसा कालो देखिने, पटक–पटक बेहोस, पेरिटोनाइटिस, इन्सेफेलोप्याथी, निमोनिया, पेरिकाडाइटिस, मायोकार्डाइटिस, हाड, पित्तथैली, प्यान्क्रियाज, जोर्नी र मिर्गाैलालाई पनि सङ्क्रमण गरी नराम्रो असर पार्छ र बिरामीको मृत्यु हुन सक्छ । पहिले औषधि उपलब्ध नहुँदा बिरामी तीन हप्तामा आफैँ निको हुने वा मृत्यृ हुने भएकाले यसलाई म्यादे ज्वरो भनिन्थ्यो तर अहिले समयमै उपचार गरिँदा आन्द्रामा प्वाल पर्ने, बेहोस हुने, अपाङ्ग हुने र ज्यानै जाने स्थिति छैन ।
ब्यवस्थापनः
टाइफाइडमा ठोस खानेकुराले आन्द्रामा दबाब दिई थप क्षति पु¥याउने भएकाले झोल खानेकुरा मात्र खानुपर्छ तर मुख बार्नु पर्दैन । धेरै ज्वरो भएको, बेहोस भएको वा अन्य कुनै इमर्जेन्सीमा बाहेक बिरामीलाई तत्काल एन्टिबायोटिक प्रयोग नगरी ज्वरो घटाउने सामान्य उपाय र सामान्य पारासिटामोल औषधि दिई निदान गर्नुपर्छ । बिरामीले रोग नउल्टियोस् भन्नाका लागि औषधिको पूरा मात्रा सेवन गर्नुपर्छ । ज्वरो पूर्ण रूपले निको नभएसम्म ओछ्यानमै आराम गर्नुपर्छ । बिरामीको मलमूत्रबाट रोग सर्न सक्ने हुनाले उचित तरिकाबाट उचित स्थानमा बिसर्जन गर्नुपर्छ । हेरचाह गर्ने व्यक्तिले बिरामीसँग सम्पर्कमा आएको लगत्तै राम्रोसँग हात धुनुपर्छ । कसै–कसैमा ज्वरो निको भइसकेपछि पनि रोगका जीवाणु रहिरहने र दिसापिसाबबाट आइरहने हुनाले ज्वरो निको भइसकेका व्यक्तिले पनि व्यक्तिगत सरसफाइ, खानेकुराको संसर्ग र दिसापिसाब परीक्षण गराई रोगवाहक भए–नभएको कुरामा ढुक्क भएपछि मात्र पारिवारिक तथा सार्वजनिक जीवन सुरु गर्नुपर्छ ।
रोकथामका लागि खोप अभियानः
बर्षामासमा नेपालमा अझैपनि टाइफाइड रोगको उच्च सङ्क्रमण र जोखिम रहेकाले तथा अस्पताल भर्ना हुने कारणमा चौथोमा देखिएकाले र पानीजन्य रोगमा तेस्रो रहेकाले सरकारले गत बर्ष १५ महिनादेखि १५ वर्षसम्मका करिब ७५ लाखलाई खोप दिएको थियो । यो खोपको प्रभावकारिता ९६.९६ प्रतिशत रहेको टाइफाइड कन्जुगेट खोप हाल अभियानका रूपमा सञ्चालित छ । त्यसपछि राष्ट्रिय खोप कार्यक्रममा दक्षिण एसियामै पहिलो राष्ट्र हँुदै १३ औँ खोपका रूपमा नियमित खोपमार्फत १५ महिनाका बालबालिकालाई निरन्तर दिने घोषणा छ । अभियानमा १० हजार स्वास्थ्यकर्मी र एक लाख १२ हजार आठ सय ५८ स्वयंसेवक परिचालित छन । टाइफाइडजस्ता रोगबाट बच्न सधैँ स्वच्छ र शुद्ध उमालेको पानी पिउनुपर्छ, सडकछेउमा पाइने खाद्य तथा पेय पदार्थ, काँचो सागसब्जी र नताछिएका फल खानुहुँदैन । जोखिमयुक्त खानपान, व्यवहार तथा जीवनशैलीबाट बच्ने र टाइफाइडविरुद्धको खोप लिने नै रोकथाम हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0% 0% 0% 0%