ट्रेंडिंग:

>> अखिल (क्रान्तिकारी) को २३ औँ राष्ट्रिय सम्मेलन असोज १० देखि काठमाडौँमा >> मानव अधिकारको पक्षमा शान्ति समाजको भूमिका महत्वपूर्ण >> अवैध ठेला नियन्त्रण गर्दै बाणगंगा >> पशु सेवा केन्द्र संचालनमा ल्याउ >> ३६औं झरना रनिङ शिल्ड फुटबल प्रतियोगिता लाहुरेको दसैं खेल हुदै ‘झरनाकप’ >> प्रधानमन्त्री ओली आज न्यूयोर्क प्रस्थान गर्ने, यस्तो छ भ्रमण तालिका >> एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित >> क्षयरोगका कारण राउटे युवकको मृत्यु >> सशस्त्र प्रहरीद्वारा १२ लाख बराबरको अवैध लत्ता कपडा बरामद >> राष्ट्रिय शिक्षा दिवसमा विद्यार्थीहरुलाई सम्मान >> कपिलबस्तु—११ अन्तिम आठमा >> अन्नपूर्ण न्यूरोलाई हानीकारक फोहर व्यवस्थापन अवस्था सुधार गर्न ७ दिनको अल्टिमेटम >> झम्टा संरक्षणमा थारु समुदाय >> बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन >> लेबनानको विमानस्थलमा पेजर र वाकीटकी प्रतिबन्ध >> भक्तपुरमा अत्याधुनिक र सुविधा सम्पन वीर अस्पताल निर्माणको प्रकृया अघि बढाइने >> संविधानको विरोध गर्ने एक जना पक्राउ >> १६ देशका राजदूतको नाम समितिबाट अनुमोदन, योग्यता नपुगेपछि अस्वीकृत भए भट्टराई >> असोज ७ देखि मुगुमा सुपथ मूल्य पसल सञ्चालन हुने >> युजि बुटवलको रक्तदानमा १६२ युनिट रगत संकलन >> अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ >> संविधान दिवसमा फुलबारीमा राष्ट्रिय झण्डा झण्डात्तोलन >> जसपा नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक सुरु >> देवदहका शिक्षकहरुका लागि शिक्षामा स्वजागरण प्रशिक्षण >> प्रधानन्यायाधीशमा सिफारिस राउत र दुई राजदूतविरुद्ध उजुरी आह्वान >> रोहिणीमा विभिन्न कार्यक्रम गरी मनाइयो राष्ट्रिय शिक्षा दिवस >> दाङमा मोटरसाईकल दुर्घटना, दुई युवाको मृत्यु >> संविधान संशोधनमा सबै दलको सहमतिको अधिकतम प्रयास गरिनेछ- प्रधानमन्त्री ओली >> सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ? >> भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण >> बाणगंगाका मुख्य बजार अनुगमन >> आजदेखि धरहरा खुला, नि: शुल्क चढ्न पाइने >> सिसासमा नयाँ नेतृत्व >> वडा कार्यालयमै उपभोक्ता समितिको खाता >> सिंचाई सुबिधा बढाउन डीप बोरिङ्ग >> नागरिकको तीब्र आकांक्षालाई सम्वोधन गर्न दरिलो एकता चाहिन्छः मुख्यमन्त्री आचार्य >> एघारौ परिवार योजना दिवस सम्पन्न >> प्राचिन ककरपत्तनगरमा क्यानेडियन प्रतिनिधि >> संविधान कार्यान्वयनको आधारः बलियो प्रदेश सरकार >> मौलिक हक कार्यान्वयनका प्रश्न >> संविधानमा नागरिकका मुद्दाको सम्बोधन ? >> बहसमा संविधान संसोधनः आवश्यकता, चुनौति र संभावना >> सिकलसेल रोगले सम्पत्ती गुमाउँदै थारु समुदाय >> संविधान दिवस तथा राष्ट्रिय दिवस हर्षोल्लासका साथ मनाइँदै >> गुल्सनको शानदार प्रदर्शनका बाबजुद नेपाल १ विकेटले पराजित >> सुनवलले संचालनमा ल्याएन डेढ करोडको पशु सेवा केन्द्र >> जव दिलबहादुर काठको कोसी बोकेर मुख्यमन्त्रीलाई भेट्न आइपुगे… >> विश्वविद्यालयका समस्या समाधानमा शिक्षा समितिले निर्देशन दिने >> कार्यदलले बुझायो सरकारका न्यूनतम साझा कार्यक्रमको प्रतिवेदन >> रास्वपाको प्रथम महाधिवेशन वैशाखमा हुने

पहिलो चौमासिकभित्रै विकासका कामको ठेक्का लगाउन बुटवल नगर प्रमुखको निर्देशन

२ श्रावण २०८१, बुधबार
२ श्रावण २०८१, बुधबार

बुटवल ।

बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले निर्माणका कामको ठेक्का प्रक्रिया पहिलो चौमासिकमै शुरु गर्न कर्मचारीलाई निर्देशन दिएका छन् ।

बुधबार महाशाखा, शाखा प्रमुख र वडासचिवहरुसहितको बैठकमा पाण्डेयले भौतिक पूर्वाधार विकासतर्फका कामको टेण्डर पहिलो चौमासिकमा सक्ने र तेश्रो चौमासिक शुरुमै पूरा गर्ने गरी काम अगाडि बढाउन निर्देशन दिए ।

उनले अन्तिम चौमासिकमा काम गर्ने र स्तरीय काम नहुने परिपाटीको अन्त्य गर्नुपर्ने बताए। ’गत आर्थिक वर्षमा केही सुधार भएको छ, उनले भने–यसलाई चालु आर्थिक वर्षमा पूर्ण रुपमा सुधार गर्नुपर्छ ।’

उनले सेवाग्राहीको काममा ढिलासुस्ती गर्ने र आलटाल गर्ने जस्ता गुनासा आउने गरेको भन्दै सेवाग्राहीको काम सकेसम्म छिटो र सरल प्रक्रियाबाट गर्न निर्देशन दिए। उनले सेवा प्रवाहमा गुनासो नआउने गरी काम गर्न र त्यसअनुसार सूचना र प्रविधिको व्यवस्थापन गर्न निर्देशन दिए ।

’कुनै पनि शाखा महाशाखा र वडाबाट सेवाग्राहीले काम भएन र आलटाल गरियो भन्ने गुनासो गर्नुभएन–उनले भने–त्यसअनुसार सबै कर्मचारीले काम गर्नुस्, हामीले सेवा दिनका लागि कुनै कमजोरी गर्नुहुन्न ।’

उनले सेवाप्रवाहका क्रममा संघ, प्रदेश र स्थानीय सरकारका कानुनहरुलाई ध्यानमा राख्न र त्यसअनुसार काम गर्न आग्रह गरे।

’जुनसुकै काम गर्दा संघका कानुन, प्रदेशका कानुन र हामीले नगरसभाबाट पास गरेका र कार्यपालिका बैठकबाट पास गरेका कानुन र कार्यविधिहरु राम्रोसँग हेरेर बुझेर काम गर्नुस्–उनले कर्मचारीलाई भने–काम गरेकै आधारमा कसैले पनि जोखिम बेहोर्नुहुँदैन ।’

उनले कार्यसम्पादनका आधारमा कर्मचारीलाई पुरस्कृत र दण्डित गरिने भन्दै सेवाग्राहीलाई पहिलो प्राथमिकतामा राख्न आग्रह गरे।

’काम नगरिदिने र प्रमुख, उपप्रमुख र जनप्रतिनिधिलाई दोषी देखाउने वा तर्किने काम नगर्नुहोला, उनले कर्मचारीलाई सचेत बनाउँदै भने–काम गर्ने विधि, तरिका र कानुनबारे थाहा नभए आफुभन्दा माथिल्लो अधिकारीलाई सोध्नुस्, तालिम लिनुस्।’

कार्यक्रममा उपप्रमुख सावित्रादेवी अर्यालले सेवाप्रवाहलाई स्तरीय बनाउदै बुटवलको गौरव बढ्ने गरी काम गर्न आग्रह गरिन्। उनले विकासका काममा विशेष चासो दिएर स्तरीय काम गर्न र गराउनुपर्ने बताइन्।

प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनालले गुनासो नआउने गरी सेवाप्रवाह गर्न र विकासका कामलाई छिटो र स्तरीय ढंगबाट सम्पन्न गर्नका लागि खटिन कर्मचारीहरुलाई आग्रह गरे।

यस्तै, बुधबार नै बुटवल उपमहानगरपालिकामा कार्यरत सरसफाईकर्मीलाई बुटवल नगरलाई सफा र सुन्दर बनाउने गरी काम गर्न नगर प्रमुख खेलराज पाण्डेयले निर्देशन दिएका छन्।

सरसफाइकर्मीसँगको छलफलका क्रममा पाण्डेयले बुटवललाई सफा र सुन्दर राख्न सरसफाइकर्मीको भूमिका प्रमुख हुने बताए। उनले सरसफाइकर्मीका समस्याहरुको समाधानमा कार्यालयले तत्काल चासो दिन प्रमुख प्रशासकीय अधिकृत मित्रमणि खनाललाई निर्देशन दिए। उनले सरसफाइकर्मी फिल्डमा खटिँदा कार्यालयले दिएको पोशाक र सावधानीका उपाय अपनाउन आग्रह गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?