ट्रेंडिंग:

>> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने >> एमाले महाधिवेशन : च्यासलमा राखियो नमुना भोटिङ मेसिन >> जनार्दनसँग जोडिएको २८ दिनमै फर्किए बलम्पाकी र दाहाल, प्रचण्डलाई भेटेर भने : हामी यतै फर्कियौँ >> आज शपथ लिन लागेका ४ नयाँ मन्त्रीको पृष्ठभूमि >> अण्डाको लागत मूल्य बढेर १९ रुपैयाँ नाघ्यो >> झापाबाट महामन्त्री शर्मासहित कांग्रेसका ६६ उम्मेदवार सिफारिस >> राप्तिको डम्पिङ साइडमा आगलागी >> विदेशमा रहेका नेपालीको मतदानको ग्यारेन्टी सरकारले गर्नुपर्छ : जेनजी युवा >> पाल्पामा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ८ घाइते

अलपत्र कन्चनिया पुल : करोडौ लगानी, नागरिकलाई सास्ती

सम्झौताको ५ बर्ष बितिसक्दा समेत भएन पूरा
२ श्रावण २०८१, बुधबार
२ श्रावण २०८१, बुधबार

चन्द्रौटा(कपिलवस्तु), २ साउन ।

कपिलवस्तुको सितलापुर–लालपुर जोडने कन्चनिया पुल निर्माण कार्य अलपत्र परेको छ । शिवराज नगरपालिका वडा नम्बर–१० मा पर्ने कन्चनिया खोलामा विगत ५ बर्षदेखि पुल निर्माण कार्य अलपत्र परेको हो । सरकारकले करोडौँ लगानी गरेपनि ठेकेदारको लापरवाहीका कारण निर्माण कार्य अलपत्र परेपछि स्थानीय नागरिकलाई सास्ती हुने गरेको अस्लम मनिहारले गुनासो गरे ।

उनले भने, “मेरो घर सितलापुर हो, लालपुर कार्यालय हेल्थपोष्ट छ । त्यहाँको सेवा सुविधा लगायत हात बजार जान बर्षातको मौसमा समस्या हुने गरेको छ ।” ठेकेदारको लापरवाहीले समयमा काम हुन नसक्दा नागरिकलाई समस्या हुने गरेको स्थानीय बताउँछन् । अर्की स्थानीय ईन्द्रवती कुर्मीले खोलामा पुल निमार्ण नहुँदा आवतजावत गर्न सास्ती भएको बताईन् । यस्तै विद्यार्थी अमृत यादवले खोलामा पुल निमार्ण कार्य समयमै सम्पन्न नभएपछि आफूहरुलाई विद्यालय वारपार गर्न असहज भएको जनाए ।

स्थानीय अगुवा नेता रविदत्त मिश्रले बर्षाैदेखि अलिपत्र पुल यथाशीघ्र बन्नुपर्ने बताए । विजयनगर गाउँपालिकादेखि बुद्धभूमि नगरपालिका जोड्ने पुलको निर्माण कार्यमा ढिलासुस्ती हुनु विडम्बना भएको उनले जनाए । ठेकेदारले समयमै काम नगर्दा नागरिकलाई असहजता भएको बताउँदै निर्माण कार्य सञ्चालन गरेमा स्थानीयले समेत सहयोग गर्ने उनको भनाई छ । दिनहुँ हजारौं यात्री सायौँको सवारी साधन गुड्ने खोलामा समयमै निर्माण कार्य सम्पन्न नभए पछि आवतजावतमा समस्या भएको शिवराज नगरपालिका वडा नम्बर १० कि वडा अध्यक्ष मञ्जु मिश्रले बताइन् ।

हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुका ईन्जिनियर पवित्रमणी आचार्यले समयमै काम गर्ने ठेकेदारलाई प्रोत्साहन गर्दै निर्माण कम्पनीलाई समयमै काम सकाउन गर्न समेत आग्रह गरे । सम्झौता अनुसार निर्माण कार्य सम्पन्न नगरेको खण्डमा निर्माण व्यवसायीलाई कानुनी दायरामा ल्याइ ठेक्का रद्द गर्ने बताए । पुलको निमार्ण कार्य २०७६ फागुन १८ गते सम्झौता भएर २०७९ भदौ १६ गते सम्पन्न गर्ने गरी ८ करोड ९८ लाख १६ हजारमा सिरुवा कन्स्ट्रक्सन प्रा.लि.ले जिम्मा पाएको थियो । पुलको लम्बाई ४१ मिटर, ११ मिटर चौडाई रहेको हुलाकी कार्यालयले जनाएको छ ।

यता कन्स्ट्रक्सन प्रा.लि.का सञ्चालक सन्तोष ढुंंगानाले सम्झौता अनुसार निर्माण काम गर्न नसकेको स्वीकार गरे । काम सुरु भएको बेला कोभिड, आर्थिक मन्दी, मेट्रियल, लगायत अभाव, सरकारी भुक्तानी जस्ता समस्याका कारण समयमै काम गर्न नसकेको उनी बताउँछन् । पुनः कार्य सुरु भइ सकेको बताउँदै समयमै काम सम्पन्न गर्ने प्रतिबद्धता जनाए । सार्वजनिक खरिद ऐन १३औँ नियमावली संशोधन अनुसार २०८१ माघ १६ गते पुनः सम्झौता भइ निमार्ण कार्य सुरु भएको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?